Dictionary

All Word

77701 रोजनामचा ना. १.रोज-रोज भएका काम कुराको टिपोट; दैनिकी।
77702 रोजनामचा ना. २. दिनदिनैको हिसाब वा आम्दानीखर्च टिपिएको बही।
77703 रोजनामा वि. दिनदिनमा भएका कामकुरा वा तिनको टिपोट।
77704 रोजा वि. भएकामध्ये वा धेरैमा सबैभन्दा राम्रो; रोज्न लायक; उम्दा; बढिया।
77705 रोजा ना. मुसलमानहरूले रमजान नाउँको व्रत विधानअनुसार दिनभरि केही नखाई बस्ने उपवास वा व्र।
77706 रोजाइ ना. रोज्ने भाव, क्रिया वा प्रक्रिया।
77707 रोजाइनु क्रि.वि. रोज्न लाइनु।
77708 रोजाउनु प्रे. क्रि. रोज्न वा छान्न लाउनु।
77709 रोजाना वि. १.दिनदिनको; दैनिक।
77710 रोजाना वि. (उदा.- तपाईंको रोजाना खर्च कति छ ?) क्रि.वि. २. हररोज; प्रतिदिन; नित्य।
77711 रोजाना वि. ना. ३. दैनिक हिसाबले सधैँ पाइने वेतन वा पारिश्रमिक।
77712 रोजिनु क.क्रि. रोज्ने काम गरिनु; छानिनु।
77713 रोजिन्दा क्रि.वि. १.दिनका दिन; दिनहुँ।
77714 रोजिन्दा क्रि.वि. २. सधैँभरि; नित्य।
77715 रोजिन्दा क्रि.वि. (उदा.- शिव रोजिन्दा यहाँ आउने गर्छन्।)।
77716 रोजी ना. पेटपालो गर्ने साधन; जीविका।
77717 रोजी वि. १.आफूलाई मन परेको; रोजेबमोजिमको।
77718 रोजी वि. २. रोजेको; छानेको।
77719 रोजीछाडी ना. १.धेरैमा राम्रो- राम्रो वा मन परेको लिने र अरू छोड्ने काम; रोज्ने र छाड्ने काम।
77720 रोजीछाडी ना. वि. २. भनेजस्तो; मनग्गे।
77721 रोट ना. १.गोरखनाथ, भैरव, देवी आदिलाई भोग लगाइने विशेष प्रकारको ठुलो रोटी।
77722 रोट ना. २. ठुलो र बाक्लो खालको रोटी।
77723 रोटरी वि. रथको पाङ्ग्रो घुमे झैँ घुम्ने; रथको चक्का झैँ घुम्ने।
77724 रोटरी क्लब ना. १. घुमन्ते क्लब।
77725 रोटरी क्लब ना. २. रोटरी इन्टरन्यासनल नामक अन्तर्राष्ट्रिय संस्थाका मातहतमा व्यवसायी तथा व्यापारीहरूले सामाजिक सेवा सुधार्ने र राष्ट्र- राष्ट्रबिचको समझदारी बढाउने उद्देश्यले खोलेको संस्था।
77726 रोटरी प्रेस ना. समाचारपत्र छाप्ने, पट्याउने, कटिङ गर्ने र वितरणोपयोगीसमेत पार्ने भीमकाय मुद्रणयन्त्र।
77727 रोटा ना. हे. रोटो।
77728 रोटारोटी ना. सानाठुला रोटीको समूह; रोटो र रोटी (उदा.- खोइ, आफ्नो त रोटारोटी खाँदैमा दिन बित्ने भो ! )।
77729 रोटी ना. १.पिठो मुछी रयालेर वा बेलेर फुस्रै अथवा चिल्लोमा पकाइएको खानेकुरो।
77730 रोटी ना. २. सेलपुरी आदि मिठाई।
77731 रोटी ना. ३. जीवनवृत्ति; जीविका।
77732 रोटे वि. १.रोटोजस्तो; रोटाका किसिमको।
77733 रोटे वि. २. उँभो जाने वा घुम्ने।
77734 रोटे कमिलो ना. कडा चिल्ने, कम्मर सानो भएको एक प्रकारको रछाहा कमिलो।
77735 रोटे पिङ ना. दुई खाँबामा हालिएको, बलामा मानिस बस्ने बारसहितको फलैँचा हुने, अरूले तलमाथि फनफनी घुमाइदिएर मच्चिने तथा खेलिने पिङ, चर्खेपिङ; रोहोटेपिङ।
77736 रोटो ना. १.पातमा पिठो पथारेर पातैले छोपी तावा, ढुङ्गा, भुङ्ग्रो आदिमा हालेर वा तावा, ढुङ्गाहरूमै उक्काउनका निम्ति अलिअलि चिल्लो हालेर पिठो पथारी पकाइने खानेकुरो; बाक्लो ठुलो रोटी।
77737 रोटो ना. २. बाबर।
77738 रोटो ना. ३. रोटी जस्तै भएर जमेको कुनै वस्तु।
77739 रोडा ना. सडकमा बिछ्‌याउने वा घरढलान आदि काममा उपयोग गरिने कुटिएका इँटढुङ्गाका मसिना टुक्रा; कङ्क्रिट।
77740 रोड्याइँ ना. रोडा बिछ्‌याउने वा रोडालाई सिमेन्ट र बालुवामा घोलेर मिलाउने काम।
77741 रोदी ना. १.विशेषतः गुरुङजातिमा प्रचलित, राती निश्चित ठाउँमा टिठाठिटीहरू भेला भएर गीत गाउने, ख्यालठट्टा गर्ने आदि मनोरञ्जक कार्यक्रम।
77742 रोदी ना. २. धान काट्ने बेलामा नाचगान गरी मनाइने एक उत्सव।
77743 रोदी घर ना. रोदी बस्न वा उत्सव मनाउनका निम्ति तोकिएको घर वा थलो।
77744 रोधक वि. छेकथुन गर्ने; रोक्ने।
77745 रोधन ना. रोक्ने वा छेक्ने-थुन्ने काम, अवरोध; प्रतिबन्ध।
77746 रोप्नु स.क्रि. १.धान, कोदो आदिको बिउ ब्याडबाट उखेलेर खेत वा बारीमा लाउनु।
77747 रोप्नु स.क्रि. २. छरिने खालका सबै बिउ जमिनमा गाड्नु; बिउ छर्नु।
77748 रोप्नु स.क्रि. ३. कुनै ठाउँमा नयाँ बोटबिरुवा आदि लाउनु।
77749 रोप्नु स.क्रि. ४. शरीरमा तिखो हतियार घुसार्नु; रोप्नु; घोच्नु।
77750 रोप ना. १.बोटबिरुवा लाउने वा रोप्ने काम।