Dictionary

All Word

15851 कालिन्चोक ना. दोलखा बजारदेखि झन्डै ६ माइल टाढा ३,८४२ मिटर अग्लाइमा स्थित एक स्थान।
15852 कालिन्चोक माई ना. सोही ठाउँकी एक प्रसिद्ध देवी तथा शिवजी, गणेश र सरस्वतीका मूर्तिहरूका साथै एउटा कुण्ड पनि भएको एक तीर्थस्थल।
15853 कालिन्दी ना. १. कलिन्द पहाडबाट निस्केकी यमुना नदी; कृष्णा।
15854 कालिन्दी ना. २. कृष्णका प्रमुख आठ पटरानीमध्ये एक।
15855 कालिमा ना. १. कालो हुनुको भाव वा स्थिति; कालोपन।
15856 कालिमा ना. २. कलङ्क; दाग; दोष।
15857 कालिमा ना. ३. लाञ्छना, अपवाद।
15858 काली ना. १. कालिका देवी, दुर्गा, चण्डी।
15859 काली ना. २. सोह विद्यादेवीमध्ये एक।
15860 काली ना. ३. पार्वतीको एक नाम वा उपाधि।
15861 काली ना. ४. कालिमा।
15862 काली ना. ५. अग्निका सात जिह्वामध्ये एक।
15863 काली ना. ६. रा।
15864 काली ना. ७. काला बादलको पङ्क्ति।
15865 काली ना. ८. हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी, शालिग्राम पाइने नदी, काली वा कृष्णागण्डकी, सप्तगण्डकीमध्ये एक (उदा.- कालीपार, कालीवार)।
15866 काली, वि. १. कालो अनुहार वा वर्ण भएकी, कालो पोतेकी (स्त्री)।
15867 काली, वि. ना. २. 'कालो' शब्दको स्त्रीलिङ्गी रूप मायाले वा गालीले कुनै नारीलाई भनिने शब्द।
15868 काली, वि. ना ३. जुत्तामा लाउने कालो पालिस वा रोगन।
15869 काली आँप ना. मिठो स्वाद भएको असल जातको एक आँप; बोक्रामा कालो कालो टीका बसेको, सानो कोयो हुने र झुत्रो नहुने मह जस्तै स्वादिलो एक आँप, लङ्गडा आँप।
15870 काली ऐँसेलु ना. लहरामा फल्ने र राता टोप्रा हुने एक जातको ऐँसेलु।
15871 कालीकाठ ना. चिल्ला बाक्ला पात, सेता टीका टीका परेको कालो बोक्रा र तितो स्वादको हुने तथा दतिउनको काम लिइने ससानो रुखको पोथ्रो वा त्यसकै काठ।
15872 कालीकुच्ची ना. ज्यादै कालो वर्णकी स्त्रीलाई गाली गर्दा अथवा कुनै पनि आइमाईलाई खिज्याउँदा भनिने अपमानबोधक शब्द।
15873 कालीकुत्तिम वि. १. ज्यादा कालो, गाढा कालो।
15874 कालीकुत्तिम वि. २. ज्यादै मैलो, थोत्रोपुरानो।
15875 कालीकोट ना. नेपालको कर्णाली अञ्चलमा रहेको एक जिल्ला।
15876 कालीकोची ना. कालो वर्ण, गहिरा आँखा र घोप्टे हेराइ भएकी आइमाईलाई गाली गर्दा प्रयोग गरिने शब्द।
15877 कालीखोले ना. १. काली खोलावरपरका बासिन्दा।
15878 कालीखोले ना. २. खोलाको छेउछाउ बसेर मिठा स्वरले गाउने एक प्रकारको चरो।
15879 काली ज्यामिर ना. गाढा पहेँलो तथा रातो बोक्रा हुने एक जातको अमिलो फल।
15880 काली ढकायो ना. डाँठको टुप्पामा प्रायः तीनवटा पात हुने, घोगा रूपमा पहेँलो फूल फुल्ने र बाँकोको जस्तो कन्द हुने एक बुटी वा त्यसैको कन्द।
15881 काली तोप ना. प्राचीन कालको एक प्रसिद्ध तोपको नाम।
15882 कालीदह ना. १. ज्यादै गहिरो हुनाको कारणले पानी कालो देखिने दह; भयङ्करको दह, काली रह।
15883 कालीदह ना. वि. २. असाध्यै मौलाएको; सप्रिएको।
15884 कालीदह ना. (उदा.- यो साल बारीमा कालीदह मकै भएको छ। )।
15885 कालीन वि. १. कुनै काल वा समयसँग सम्बन्धित; खास समयको कालिक (महाभारतकालीन, राणाकालीन इ.)।
15886 कालीन वि. २. ऋतु वा यामअनुकूल।
15887 कालीन वि. (उदा. - शरत्कालीन आकाश स्वच्छ र निर्मल देखिन्छ)।
15888 कालीनाग्रो ना. मङ्सिरमा पाक्ने, कालो नाथ्रो भएको एक प्रकारको धान, पहेँलो मार्सी; कालो काठे।
15889 काली निउरो ना. कालो, मोटो र कमलो डाँठ हुने र तरकारी खाइने एक जातको निउरो।
15890 कालीपोके ना. अन्नपातलाई नै कालो तुल्याइदिने, बालीबिरुवामा लाग्ने एक रोग; गहुँ आदिका डाँठपात र बालामा अँगारको धुलोजस्तो काला काला पोका लाग्ने रोगविशेष।
15891 कालीबम्बई ना. बम्बई आँपको एक प्रकार; असल जातको आँप।
15892 कालीबिराली ना. ओखतीमुलोका निम्ति प्रयोग गरिने कालो रङको बिरालो।
15893 कालीबुढी ना. हुकुमको मिस्सी आफ्नो तासले खाएमा कालीबुढी बोकिन्छ भन्ने गरी चार जना मिलेर खेलिने तासको खेल।
15894 कालीबोक्सी ना. काली र नजाती स्वास्नीमान्छेलाई गाली गर्दा प्रयोग गरिने अपमानबोधक शब्द।
15895 कालीभीर ना. माथिबाट हेर्दा रिँगटा वा अत्यास लाग्ने डरलाग्दो भीर, कहालीलाग्दो भीर।
15896 कालीमकै ना. केराको बुंगाजस्तो छोटो घोगा लाग्ने, दानाभित्र कालो पिठोजस्तो पदार्थ हुने एक जातको मकै।
15897 कालीमाटी ना. १. जमिनमनि रहेको कालो, नरम र मलिलो माटो, खेतीमा मलका रूपमा प्रयोग गरिने माटो।
15898 कालीमाटी ना. २. काठमाडौँ उपत्यकाको टेकुदोभाननजिक रहेको एक ठाउँ।
15899 कालीमाल ना. परदेश वा प्रवास; परदेश जाँदा बाटामा पर्ने वास।
15900 कालीमुन्टे ना. १. खेततिर पाइने, टुप्पामा कालो एक प्रकारको घाँस, कालीमुन्टो वनमारा।