Dictionary

All Word

92701 सुसम्पन्नता ना. सुसम्पन्न हुनाको अवस्था वा स्थिति; धनीपना; पुगीसरी; समृद्धि।
92702 सुसाइ ना. हावा हुरी, पानी आदि सुसाउने भाव, क्रिया वा प्रक्रिया।
92703 सुसाइनु अ.क्रि. सुसाउने काम होइनु।
92704 सुसाउनु अ.क्रि. हुरी बतास, पानी आदिको वेगबाट घर्षण पैदा भई 'सुसु' शब्द उत्पन्न हुनु।
92705 सुसाङ्ख्य ना. हिसाब गरेर निष्कर्ष निकाल्ने स्वचालित यन्त्र, क्यालकुलेटर।
92706 सुसाध्य वि. विनाप्रयास पनि सिद्ध गर्न सकिने, सजिलै सफल हुने।
92707 सुसाध्य वि. २. एकदम सरल सजिलो।
92708 सुसार ना. बस्तुभाउ, खेतीपाती, केटाकेटी, बिरामी आदिलाई गरिने सेवा वा टहल, सह्यारसम्भार।
92709 सुसारे वि. सुसार गर्ने काममा खटिएको; सुसार गर्ने।
92710 सुसारे वि. २. परिचारिकाको काममा खटिएको।
92711 सुसारे वि. ना ३. सेविका; धाई; नर्स।
92712 सुसिक ना. लिम्बूजातिका संस्कारअनुसार गर्भिणी आइमाईको गर्भ तुहाउने भू।
92713 सुसिक ना. २. अगति परेको आत्मा, दुरात्मा।
92714 सुसिद्धि ना. कुनै कुरामा राम्रो साधना; प्रवीणता; कुशलता।
92715 सुसु वि. अत्यन्त दुब्लो वा पातलो, कमजोर।
92716 सुसु वि. ना. २. जाडो हुँदा मुखबाट प्रकट हुने शब्द।
92717 सुसु वि. ३. पिसाब (बालबोली)।
92718 सुसुपाल वि. दुब्लाएर हाड र छाला मात्र बाँकी रहेको अत्यन्त दुब्लो।
92719 सुसुर्को/ सुसुल्को ना. सह्यारसम्भार; सुसार।
92720 सुसुर्को/ सुसुल्को ना. २. घरको सानोतिनो र अलमल्याउने कामकाज; सुसेधन्दा; कोठेधन्दा।
92721 सुसे वि. अत्यन्त दुब्लो वा पातलो; फुकिढल; सुकुटे; सिकटे; सिकुटे।
92722 सुसे वि. २. तुच्छ; साधारण।
92723 सुसे धन्दा ना. घरको ओसारपसार, थान्कोमुन्को, राखनधरन आदि सामान्य काम; सुसुल्को।
92724 सुसे पाथी ना. छाप नलागेको पाथी।
92725 सुसे पाथी ना. २. कच्ची पाथी बराबरको नाप।
92726 सुसे माना ना. छाप नलागेको कच्ची मानु।
92727 सुसे माना ना. २. कच्ची माना बराबरको नाप।
92728 सुसेल्नु स.क्रि मुखबाट कुनै धुन आउने हिसाबले हावा निकाली सुसु पार्नु; सुसेलो निकाल्नु।
92729 सुसेलपारा वि. सुसेल्ने स्वभावको (व्यक्ति)।
92730 सुसेलपारा वि. ना. २. सुसेलोको धुन वा शैली।
92731 सुसेलपारे वि. सुसेलपाराको झैं शैलीको।
92732 सुसेलाइ ना. सुसेल्ने क्रिया वा प्रक्रिया।
92733 सुसेलाइनु क.क्रि. सुसेल्न लगाइनु।
92734 सुसेलाउनु प्रे. क्रि. सुसेल्न लगाउनु।
92735 सुसेलाहट ना. सुसेलाइ।
92736 सुसेलिनु क.क्रि. सुसेल्ने काम गरिनु।
92737 सुसेलिनु क.क्रि. अ.क्रि. २. सुसेल्ने हुनु।
92738 सुसेली ना. ओठ खुम्च्याएर सास भित्रबाहिर फुक्त निकालिने एक किसिमको आवाज।
92739 सुसेली ना. २ सल्ला, हावा, आदि सुसाउँदाको आवाज।
92740 सुसेली ना. ३. सुसेलो (गीत, लोकगीत, कविता आदिमा प्रचलित अर्थ )।
92741 सुसेलो ना. ओठ गोलो बनाएर पौन खिच्दै वा सास फेर्दै निकालिने झन्डै बाँसुरी आदिको जस्तो मधुर ध्वनि।
92742 सुसेलो ना. २. सुस्केरा।
92743 सुसेलो ना. ३. हावा वेगले चल्दाको सुईसुइँ ध्वनि।
92744 सुसेलो ना. ४. सल्ला आदिका पात हावामा बज्दाको सरसर ध्वनि।
92745 सुसेलो ना. ५. खोलो, नदी आदि बग्दाको स्वाँस्वाँ ध्वनि।
92746 सुसेलो ना. ६ गीत वा सङ्गीत (व्यङ्ग्यार्थमा)।
92747 सुस्केरा ना. कुनै मानसिक पीडा वा भौतिक दुःख पर्दा मान्छेका मुखबाट निस्किने लामो उच्छ्वास, सुस्केरो।
92748 सुस्केरा ना. २. ओठ बज्ने गरी नसुसेली जिब्रो र ओठको घर्षणबाट श्रम, दिग्दारी वा खेद प्रकट गर्ने उद्देश्यले निकालिने खुइय्य ध्वनिको सुसेलो।
92749 सुस्केरा ना. ३. हावा, पानी आदि सुसाएको आवाज।
92750 सुस्केरा ना. ४. सर्प आदिको स्याँकस्याँक ध्वनि।