Dictionary

All Word

92801 सूँड ना. हे. सुँड।
92802 सूकर ना. सुँगुर।
92803 सूक्त वि. ज्ञान र उपदेशयुक्।
92804 सूक्त वि. २ मिठो किसिमले भनिएको।
92805 सूक्त वि. ना. ३. वेदको मन्त्र वा तिनको समूह; कुनै विषयको आन्तरिक ज्ञानगरिमाले युक्त कथन; वैदिक स्तुति वा प्रार्थना।
92806 सूक्तकार ना. वैदिक सूक्तको रचयिता ऋषि।
92807 सूक्ति ना. मधुर वचन; मिठो बोली।
92808 सूक्ति ना. २. महान् वाणी; आप्तवचन।
92809 सूक्ति ना. ३. उल्लेखनीय वा उद्धरणीय पङ्क्ति।
92810 सूक्तिमाधुरी ना. सूक्तिको मधुरता; भनाइमा रहने मिठास।
92811 सूक्तिसङ्ग्रह ना. उपदेश वा नीतिसम्बन्धी सूक्तिहरूको सँगालो; सूक्तिसङ्कलन।
92812 सूक्तिसिन्धु ना. मध्यकालीन नेपाली साहित्यको शृङ्गाररसप्रधान कविताहरूको एक प्रसिद्ध सङ्ग्रह।
92813 सूक्तिसिन्धु काण्ड / सिन्धु पर्व ना. उक्त 'सूक्तिसिन्धु' ग्रन्थको परिणामस्वरूप नेपाली साहित्यसंसारमा उत्पन्न काण्ड।
92814 सूक्तिसुधा ना. सूक्तिरूपी अमृत, अमृततुल्य सूक्ति।
92815 सूक्तिसुधा ना. २. मृदुवचन, सूक्ति।
92816 सूक्ष्म वि. अत्यन्त सानो आँखाले ठम्याउन गाह्रो पर्ने।
92817 सूक्ष्म वि. २. अति गडेर विचार गरेर मात्र निर्णय गर्न सकिने, गूढ।
92818 सूक्ष्म वि. ना. ३. आध्यात्मिक दृष्टिले विचार गरिने तत्त्व।
92819 सूक्ष्म वि. ४. अलङ्कारशास्त्रअनुसार अर्थालङ्कारको एक भेद।
92820 सूक्ष्म जलवायु ना. जल र वायुसम्बन्धी सूक्ष्मतम तत्त्व सूक्ष्म अध्ययनको विषयका रूपमा लिइएको निकै सानो परिधिको जलवायु।
92821 सूक्ष्मता ना. मसिनो वा सूक्ष्म हुने विशेषता वा गुण, मसिनोपना।
92822 सूक्ष्मदर्शक यन्त्र ना. आँखाले देख्न नसकिने वस्तुहरूलाई देखाउने यन्त्र, आँखामा टाँसेर हेर्दा अत्यन्त सूक्ष्म कुरा ठुलो आकारको देखा पर्ने एक पारदर्शक साधन, आइग्लासको अत्यन्त शक्तिशाली प्रकार माइक्रोस्कोप; अणुवीक्षण- यन्त्र।
92823 सूक्ष्मदृष्टि ना. अत्यन्त मसिनो कुरा पनि देख्ने आँखा वा आँखाको शक्ति।
92824 सूक्ष्मदृष्टि ना. २. अत्यन्त गहिरा कुरा ठम्याउन र निर्णय दिन सक्ने बुद्धि, बलियो अन्तर्दृष्टि।
92825 सूक्ष्म परीक्षण ना. कुनै विषयवस्तुको मसिनो जाँच गर्ने काम, छानबिन।
92826 सूक्ष्म परीक्षण ना. २. सूक्ष्मदर्शक यन्त्रद्वारा गरिने रोगाणु आदिको परीक्षण।
92827 सूक्ष्मवीक्षण यन्त्र ना. सूक्ष्मदर्शक यन्त्र।
92828 सूक्ष्मशरीर ना. पाँच ज्ञानेन्द्रिय, पाँच प्राण, पाँच महाभूत एवं मन र बुद्धिसमेत सत्र तत्त्वको समूह।
92829 सूक्ष्मशरीर ना. २.मृत्युपछि उक्त सत्र तत्त्वहरूमा मिलेको अदृश्य शरीर।
92830 सूखा वि. हे. सुखा।
92831 सूचक वि. सूचना वा जनाउ दिने खबर गर्ने।
92832 सूचक वि. २. गोप्य कुरा भन्ने वा भेद खोल्ने।
92833 सूचक वि. ना ३. गुप्तचर विभागको प्रहरी; गुप्ती पुलिस।
92834 सूचक वि. ४. नाटकको सूत्रधार।
92835 सूचक वि. ५. सूचीकार।
92836 सूचकपत्ती ना. शैक्षणिक प्रयोजनका लागि अक्षर वा वर्ण, शब्द तथा शब्दावली लेखिएका उपयुक्त आकारका बाक्ला कागजका टुक्रा।
92837 सूचकपत्र ना. सूचना दिने उद्देश्यले लेखिएको वा प्रकाशित गरिएको कुनै पनि लिखत (सूचना, परिपत्र, इस्तिहार, विज्ञापन आदि)।
92838 सूचकाक्षर ना. सङ्क्षेपीकृत शब्द (जस्तो- पं. पण्डित, प्रा. प्राध्यापक इ.)।
92839 सूचकाङ्क ना. कुनै वस्तुको घटीबढी मूल्य बताउने लेखा वा तथ्याङ्क।
92840 सूचना ना. सम्बन्धित सबैलाई केही कुरो थाहा दिने काम।
92841 सूचना ना. २. थाहा दिनका निम्ति पठाइएको, टाँसिएको वा प्रकाशित गरिएको लिख।
92842 सूचना अधिकारी ना. विभिन्न तथ्यहरूको जानकारी दिने अधिकृत; सूचना विभागको अधिकृ।
92843 सूचना अधिकारी ना. २. समीक्षालयको अधिकृ।
92844 सूचना पत्र ना. सम्बन्धित व्यक्ति वा समुदायले थाहा पाऊन् भनी मुद्रित वा लिखित रूपमा दिइने जनाउ; सूचना।
92845 सूचना पाटी ना. कार्यालय, शिक्षालय आदिले आवश्यक सूचनाहरू टाँस्ने गरेको पाटी।
92846 सूचना मन्त्रालय ना. सूचना, तथ्याङ्क आदिसँग सम्बन्धित मन्त्रालय।
92847 सूचना मन्त्री ना. जनताका समस्या सरकारसमक्ष र सरकारका आँकडा जनतासमक्ष आदानप्रदान गर्ने मन्त्री; सूचनामन्त्रालयको मन्त्री।
92848 सूचनालय ना. राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहका जुनसुकै आवश्यक तथ्याङ्क, समाचार वा विज्ञप्तिहरू प्रसारित गर्ने र ती विषयसँग सम्बन्धित लेख, पुस्तक, पत्रपत्रिका आदिको प्रदर्शन, प्रकाशन एवं वितरण गर्ने सरकारी कार्यालय।
92849 सूचनीय वि. सूचित गर्न लायक, सूचना दिन योग्य।
92850 सूचि ना. सियो।