Dictionary

All Word

68951 भेश/ भेष ना. पहिरन वा लवाइ; परिधान; आकृति; रूप।
68952 भेषज ना. १. औषधी; ओखती।
68953 भेषज ना. २. उपचार।
68954 भेषज ना. ३. पानी; जल।
68955 भेषधारी वि. वेशभूषा धारण गर्ने; वेशधारी।
68956 भेषी वि. १. भेष भएको; भेषधारी।
68957 भेषी वि. २. भेष बनाउने (जस्तो- छद्मभेषी)।
68958 भेस ना. १. लुगाफाटो; वस्त्र।
68959 भेस ना. २. पहिरन; लवाइ; बाना।
68960 भेस ना. ३. अरूले आफूलाई चिन्न नसकून् भन्नाका निम्ति लगाएको वस्त्र; बनावटी वेश।
68961 भेस ना. ४. नाचमा कसैको अनुकरण गर्न बनाइएको कृत्रिम रूप।
68962 भेस ना. ५. साधुसन्न्यासीको पोसाक।
68963 भेसी वि. भेस लिएको; भेस धारण गर्ने।
68964 भैँ ना. भुईं; भूमि।
68965 भैँऐँसेलु ना. भुईऐँसेलु।
68966 भैँकटहर भुईंकटर।
68967 भैँकाफल ना. भुईंकाफल।
68968 भैँकुभिन्डो भुइँकुभिन्डो।
68969 भैँखुट्टे वि. भुईंखुट्टे।
68970 भैँचम्पा ना. भुईंचम्पा।
68971 भैँचरी ना. भुईंचरी।
68972 भैँचालो ना. ज्वालामुखी - विस्फोटन आदिका कारणले पृथ्वीको गतिमा असन्तुलन आई सतह हल्लिने काम; भूकम्प; भुईंचालो।
68973 भैँजुरेली ना. भुईंजुरेली।
68974 भैँझार ना. भुइँझार।
68975 भैँफुट्टा ना. भुइँफुट्टा।
68976 भैँमाल ना. उच्च ठाउँमा रहेको समथर जमिन; दुईतिर नदी भई बिचमा रहेको अग्लो र समथऱ्याइलो जग्गा; टार।
68977 भैँसालो ना. भैँसी पाल्ने गोठालो; भैँसीपाला।
68978 भैँसी ना. दुध, दही, घिउ आदिका लागि घरमा पालिने, प्रसिद्ध चौपाया पाल्तु जनावर; राँगाको पोथी।
68979 भैँसे वि. भैँसीजस्तो भैँसीसँग सम्बन्धित; भैँसीको।
68980 भैँसे चरी ना. भैँसीलाई बोलाउँदा प्रयोग हुने 'हेइ-हेइ' शब्द झैँ गरी कराउने एक जातको चरो।
68981 भैँसे च्याउ ना. रुखमा उम्रने र तरकारी खान हुने, बाक्लो खालको च्याउविशेष।
68982 भैँसे तरुल ना. जङ्गलमा हुने तरुलको एक जात; एक प्रकारको वनतरुल।
68983 भैँसे तिल ना. अररो बोट र ठुलठुला खस्रो गेडा हुने एक जातको तिल।
68984 भैँसे दाद ना. भैँसी बस्ने आहालको हिलो पानीका सम्पर्कबाट शरीरमा उछिने एक प्रकारको दाद।
68985 भैँसे पाहा ना. फोहोर पानी जम्ने पोखरी वा भैँसी बस्ने आहालमा हुने एक जातको ठुलो खालको भ्यागुतो।
68986 भैँसे लहरो ना. प्रसिद्ध सोमलता बुटीको एक भेद।
68987 भैँसे लुतो ना. शरीरभरि ठुलठुला फोका उठेर फुट्तै, पाक्तै गर्ने रक्तविकार वा चर्मसम्बन्धी रोग।
68988 भैया ना. १. भाइ।
68989 भैया ना. २. भैयाद।
68990 भैयात/भैयाद ना. भाइ, भतिजा आदि बन्धुवर्ग; दाजुभाइ; कुलकुटुम्ब।
68991 भैरव वि. १. भयानक; डरलाग्दो; भयङ्कर।
68992 भैरव वि. ना. २. शिवजीको प्रथमादि गणमध्ये एक।
68993 भैरव वि. ३. गीतसूत्रका सप्तस्वरमध्ये ऋषभ र धैवत कोमल हुने, बाँकी स्वर सामान्य हुने, विशेष गरी शरद् ऋतुका प्रथम प्रहरमा गाइने एक राग; सङ्गीतका ६ मध्ये एक।
68994 भैरव वि. ४. भय; त्रास।
68995 भैरवपाती ना. हे. भैरुम्पाती।
68996 भैरवी ना. १. दुर्गा; भवानी; देवी।
68997 भैरवी ना. २. दश महाविद्यामध्ये एक।
68998 भैरवी ना. ३. सङ्गीतका रागिनीहरूमध्ये एक।
68999 भैरवी चक्र ना. पञ्च मकारका विधिअनुसार भैरवी देवीको पूजा गर्न चक्राकार रूपमा बसेका वाममार्गी तान्त्रिकहरूको मण्डली।
69000 भैरवीय वि. भैरवसम्बन्धी; भैरवको।