Dictionary

All Word

51 ककुम ना. कक्कड - ना. [प्रा. कक्कर ] सानो चिलिममा भरेर धुवाँ तान्ने, सुर्तीको एक प्रकारको धुलो, तमाखु र सुर्ती मिलाएर धूम्रपानका लागि कुटेर तयार पारिएको केही ओसिलो चूर्ण |
52 कक्रनु अ.क्रि. कक्रक्क पर्नु, जाडोले गँगरिनु कठ्याङ्ग्रिनु।
53 कक्रक्क क्रि.वि. जाडो वा रोग आदिले अङ्ग, प्रत्यङ्ग नचल्ने किसिमले हल न चल हुने गरी कठाङ्ग्रिएर वा कठ्याङ्ग्रिने गरी।
54 कक्राइ ना. १. कक्रने काम वा प्रक्रिया |
55 कक्राइ ना. [कक्राउ + आइ] २. कक्राउने काम वा प्रक्रिया |
56 कक्राइनु क.क्रि. कक्रक्क पारिनु, कक्रन लाइनु।
57 कक्राउनु प्रे. क्रि. प्रे. क्रि. कक्रक्क पार्नु, कक्रने गराउनु।
58 कक्रिनु अ.क्रि. कक्रक्क होइनु वा परिनु; कक्रनु।
59 कक्रेजा ना. १. रातो भुइँमा सेतो वा सेतोमा रातो बुट्टा भएको कुनै वस्त्र वा जन्तु (घोडा आदि)।
60 कक्रेजा ना. वि. २. त्यस्तो रङ र बुट्टा भएको।
61 कक्ग्राक्क क्रि.वि. हल न चल हुने गरी; बेसरी अँठ्याउने किसिमले चल्न, चटपटाउन नसक्ने गरी।
62 कक्ग्राक्क क्रि.वि. द्वि. कक्र्याक्कुक्रुक्क।
63 कक्ष ना. १. काखी, कोखा।
64 कक्ष ना. २. धोतीको काछ।
65 कक्ष ना. ३. घरको कोठा।
66 कक्ष ना. ४. कछाड, देहा।
67 कक्ष ना. ५. काखीको खटिरो; कखौतो।
68 कक्ष ना. ६. एक वस्तुलाई केन्द्र तुल्याई त्यसको वरिपरि अर्को वस्तु घुम्दा त्यसले ग्रहण गर्ने प।
69 कक्षा ना. १. दर्जा, श्रेणी, स्तर।
70 कक्षा ना. २. घेरा, कक्ष।
71 कक्षा ना. ३. ग्रहहरू घुम्ने मार्ग कक्ष।
72 कक्षा ना. ४. पढाइ सञ्चालन गरिने कोठा (विद्यालयको )।
73 कक्षा ना. कक्षा सञ्चालन- ना. कक्षा चलाउने वा त्यसको प्रबन्ध मिलाउने कार्य।
74 कक्षोन्नति ना. १. बढी मेधावी छात्रलाई सामान्य स्थितिमा भन्दा कम्तीमा एक तह माथिल्लो कक्षामा प्रवेश दिइने कार्य।
75 कक्षोन्नति ना. २. पदोन्नति, बढुवा।
76 कखरा / कखहरा ना. १. कखदेखि हसम्मको नेपाली व्यञ्जनवर्णहरूको समुदाय नेपाली वर्णमालाको व्यञ्जन खण्ड।
77 कखरा / कखहरा ना. २. देवनागरी लिपिका वर्ण वा साउँ अक्षर, साक्षर हुन प्रयास गर्नेले पहिले चिन्नुपर्ने अक्षर, बाह्रखरी।
78 कखौतो ना. १. काखीको निश्चित स्थान |
79 कखौतो ना. २. काखीमा आउने एक प्रकारको खटिरा।
80 कग्राँटो ना. डढेका लुगाको पिरो धुवाँ, पोलिएका कपडाको खार।
81 कङ्क ना. मांसाहारी ठुलो जातको एक चरो जसको प्वाँख पहिले पहिले बाणको फेदमा लगाइन्थ्यो, सेतो चिल।
82 ककड ना. ढुङ्गाका ससाना टुक्रा, गिट्टी, गट्टी।
83 कङ्कण ना. प्रायः स्त्रीजातिले नाडीमा पहिरने, सुनचाँदी आदिको बाला, ककनी।
84 कङ्कला वि. कङ्कालको जस्तो आत्तिएको र उराठलाग्दो।
85 ककला शब्द ना. १. धेरै मानिस सामूहिक रूपबाट एकैचोटि रुँदाको उराठलाग्दो ध्वनि।
86 ककला शब्द ना. २. जनविश्वासअनुसार कङ्काल अथवा मसानहरू मध्यरातमा सामूहिक रूपमा रुँदाको आवाज।
87 कङ्कलासुर ना. १. लगातारको झर्को लाग्ने रुवाइ वा कराइ।
88 कङ्कलासुर ना. २. कङ्कला शब्द |
89 कङ्काल ना. प्राणीका शरीरका हाड मात्रको आकार, अस्थिपञ्जर, हाडखोर।
90 कङ्कालमाली वि. १. कङ्कालको कुनै अंशको माला उनेर लाउने।
91 कङ्कालमाली वि. ना. २. शिव, भैरव।
92 कङ्कालिनी ना. १. दुर्गा।
93 कङ्कालिनी ना. वि. २. दुब्ली र प्रचण्ड स्वभावकी (स्त्री)।
94 कङ्कालिनी ना. ३. कर्कशा अथवा राकस स्वभावकी (स्त्री)।
95 कङक्रिट ना. १. चुन, बालुवा, ईंटका टुक्रा आदि वा सिमेन्ट, बालुवा र पत्थरका टुक्रा मिलाई घोलेर बनाइएको ढलान गरिने मसला।
96 कङक्रिट ना. २. ईंट, पत्थरका ससाना टुक्रा।
97 कङ्गना ना. १. दुलहाको नाडीमा बाँध्ने डोरो।
98 कङ्गना ना. २. बाला।
99 कङ्गाल वि. धनसम्पत्ति केही नभएको, गरिब, निर्धन दरिद्र।
100 कङ्गाली वि. केही नभएको, दरिद्र, गरिब।