Dictionary

All Word

72301 मासिक वि. १. माससँग सम्बन्धित; मासको; महिनाको।
72302 मासिक वि. २. प्रत्येक महिनामा हुने; प्रतिमास हुने |
72303 मासिक वि. ३. महिनामा एक पटक निस्कने वा प्रकाशित हुने ( पत्रपत्रिका आदि)।
72304 मासिक वि. ना. ४. महिनावारी; तलब।
72305 मासिक वि. ५. मरेको वर्ष दिनसम्म वा बर्खी नफुकुन्जेल प्रतिमास मृत्युतिथिमा गरिने श्राद्ध।
72306 मासिक वि. ६. स्त्रीहरूको मासिक धर्म; रजस्वला।
72307 मासिक कट्टा ना. १. महिनैपिच्छे साउँमा यति कट्टी हुँदै जाने भन्ने बोली परेको कागज वा तमसुक।
72308 मासिक कट्टा ना. २. सोअनुसार महिनावारी कट्टी हुँदै जाने ऋण वा मूल धन; महिनावारी कट्टी।
72309 मासिक धर्म ना. स्त्रीहरूको महिनैपिच्छे हुने रजस्राव; रजस्वला; नछुने।
72310 मासिक पत्र ना. महिनामहिनामा प्रकाशित हुने पत्र।
72311 मासिक पत्रिका ना. महिनामा एक पटक प्रकाशित हुने पत्रिका |
72312 मासिक शुल्क ना. महिना महिनामा लाग्ने दस्तुर; फी।
72313 मासी ना. १. नलीहाडभित्र हुने गिलो पदार्थ; मज्जा।
72314 मासी ना. २. आउँ; आम।
72315 मासी ना. ३. खुबी; सामर्थ्य |
72316 मासु ना. १. प्राणीका शरीरमा हुने हाड, नसा र छालादेखि भिन्न रक्त वर्णको नरम पदार्थ; मांस।
72317 मासु ना. २. फलका बोक्रा र कोयाका बिचमा रहने पदार्।
72318 मासु ना. ३. पोसाकमा सिउनीभित्र रहने जगेडा कपडाको भाग।
72319 मास्केवारी ना. स्रेस्ताप्रणालीअनुसार महिनाभरि गरिएका कामको सङ्क्षिप्त फाँटवारी।
72320 मास्टर ना. १. शिक्षक; अध्यापक; गुरु।
72321 मास्टर ना. २. सुजीकारको मानबोधक शब्द।
72322 मास्टर ना. ३. सङ्गीत, वाद्य आदिका विशेषज्ञ।
72323 मास्टरी ना. मास्टरले गर्ने काम; मास्टरको पेसा वा काम; पढाउने वा सिकाउने इलम।
72324 मास्तिर क्रि.वि. माथिल्लो भागमा; उँभोतिर, माथितिर।
72325 माहात्म्य ना. १. महिमा; गुणानुवाद; गुणगान; बखान।
72326 माहात्म्य ना. २. कुनै इष्ट देव वा दिव्य विभूतिका महत्त्वको वर्णन।
72327 माहात्म्य ना. ३. महिमा, गुण आदिको वर्णन गरिएको ग्रन्।
72328 माहात्म्य ना. ४. गौरव; महत्त्व।
72329 माहारा ना. प्रेमी र प्रेमिकाको भेट गर्ने ठाउँ; मिलनस्थल।
72330 माहिली वि. १. दिदीबहिनीहरूमा जन्मका क्रमले दोस्री जेठी र साहिँलीका बिचकी; माइली।
72331 माहिली वि. २. माहिलाकी (स्त्री)।
72332 माहिली वि. ३. क्रम वा आकारमा पहिली वा ठुलीभन्दा पछिकी; दोस्री।
72333 माहिलो वि. १. दाजुभाइहरूमा जन्मका क्रमले दोस्रो; माइलो।
72334 माहिलो वि. २. माहिलीको (लोग्ने )।
72335 माहिलो वि. ३. दोस्रो स्तर वा श्रेणीको (जस्तो- माहिलो सुन )।
72336 माहिलो डोको ना. घाँसपात गर्दा बोकिने मझौला खालको डोको।
72337 माहिलो भटमास ना. कतै सेतो तथा कतै कैलो गेडा हुने एक जातको भटमास।
72338 माहुते ना. हात्ती हाँक्ने मानिस; हात्तीवान; माउते; फिलवान।
72339 माहुर १ ना. विवाहमा दुलहा तथा दुलहीले परस्परमा खुवाउने चिनी, घिउ र मह मिसाई तयार पारिएको पदार्थ; मधुपर्क |
72340 माहुर २ ना. विवाहमा पण्डित वा पुरोहितले वरवधूलाई दिइने आशीर्वादपत्र।
72341 माहुर ३ ना. सधवा स्त्रीहरूले हात, गोडा र नङमा लगाउने, लाहाका फूलबाट तयार पारिएको पदार्थ; नखराग; माउर।
72342 माहुरी ना. फूलका पराग र रस चुसेर मह तयार पार्ने, चार पखेटा हुने एक किरो; माउरी; मौरी |
72343 माहुरी घर ना. मह झिक्न सजिलो पर्ने गरी वैज्ञानिक ढङ्गबाट तयार गरिएको, माहुरी बस्ने घर; घार।
72344 माहुरे वि. माहुर अर्थात् मधुपर्कसम्बन्धी।
72345 माहुरे थाल ना. विवाहमा दुलहा दुलहीले माहुर खुवाउन राखिने थाल।
72346 माहेन्द्री ना. १. महेन्द्र अर्थात् इन्द्रको शक्ति।
72347 माहेन्द्री ना. २. पूर्व दिशा।
72348 माहेन्द्री ना. ३. गाई।
72349 माहेन्द्री ना. ४. इन्द्राणी |
72350 माहेश्वर वि. १. शिवको पूजा गर्ने; शैव।