Dictionary

All Word

77951 लकिर ना. लट्ठीजस्तो सोझो ठाडो धर्को; रेखा; धर्सो।
77952 लकुना ना. तल्लापट्टि दाँत फर्केकी ढोई।
77953 लकुवा ना. हे. लकवा।
77954 लक्कर ना. १. लकडी; काठ।
77955 लक्कर ना. २. पुरुषको जननेन्द्रिय; शिश्न।
77956 लक्का ना. १. पुच्छर फिँजारिएको एक जातको परेवा; भाले परेवा।
77957 लक्का ना. २. बाज पक्षीको भाले।
77958 लक्का ना. वि. ३. मस्त जवान; तरुनो; लायक ठिटो।
77959 लक्का जवान ना. लाठे वा मस्त युवक; बैँसदार तन्नेरी।
77960 लक्कु ना. खप्ट्याएर हातभरि हुने गरी वा त्यसै राखिएको रुपियाँपैसा आदिको तङ्गी; बिन्डी; क्याँट।
77961 लक्कु ना. लक्कुविनाको धक्कु, मसलाविनाको पक्कु ( उखान )।
77962 लक्खन्/लक्खाँ वि. कैयन् लाख; लाखन्; लाखौँ; लक्खौँ।
77963 लक्खु ना. अम्तर्नु।
77964 लक्ष ना. १. सय हजारको सङ्ख्या; लाख।
77965 लक्ष ना. २. निसान; चिह्न।
77966 लक्ष ना. वि. ३. सय हजार; लाख।
77967 लक्षण ना. १. कुनै वस्तु चिन्ने वा थाहा पाउने विशेष चिह्न वा गुण; परिचायक चिह्न; लच्छिन।
77968 लक्षण ना. २. परिभाषा।
77969 लक्षण ना. ३. सामुद्रिक शास्त्रअनुसार शुभअशुभ बताउने शरीरका विशेष चिह्न।
77970 लक्षण ना. ४. कुनै घटना, रोग आदि हुनुभन्दा पहिले हुने सङ्के।
77971 लक्षण ना. ५. उत्तम वा राम्रो गुण।
77972 लक्षण ना. ६. ढाँचा; छाँट; चाला।
77973 लक्षणा ना. साहित्यमा सामान्य अर्थदेखि भिन्न सम्बन्ध वा अभिप्रायलाई लिई अर्को अर्थ प्रकट गर्ने शब्दको शक्ति; अभिधेयार्थमा बाधा परेमा रूढि वा प्रयोजनका आधारमा अर्थ प्रतीत गराउने शब्दशक्ति; शब्दशक्तिका तीन भेद-अभिधा, लक्षणा र व्यञ्जनामध्ये एक।
77974 लक्षित वि. १. देखिएको; तोकिएको; चिन्हि।
77975 लक्षित वि. २. बताइएको ; कथित; टड्कालो।
77976 लक्षित वि. ३. शब्दको लक्षणाशक्तिद्वारा बोध हुने।
77977 लक्षितार्थ ना. शब्दको लक्षणाशक्तिद्वारा बोध हुने अर्थ; लक्ष्यार्।
77978 लक्ष्मण ना. राजा दशरथकी कान्छी रानी सुमित्रापट्टिका जेठा पुत्र; शत्रुघ्नका दाजु।
77979 लक्ष्मणकन्द ना. अँडिरका जस्ता पात हुने, सेता फूल फुल्ने, हरियो र सेतो रङ्ग मिसिएका लाम्चा फल फल्ने एक जातको लहरो वा त्यसैको ध्वाँसे रङ्गको ठुलो कन्द।
77980 लक्ष्मी ना. १. धनकी अधिष्ठात्री देवी वा विष्णुकी पत्नीको नाम; कमला; रमा।
77981 लक्ष्मी ना. २. श्रीसम्पत्ति; समृद्धि।
77982 लक्ष्मी ना. ३. लच्छिन; शोभा; सौभाग्य।
77983 लक्ष्मी ना. ४. सफलता; विजय।
77984 लक्ष्मी ना. ५. घरकी मालिक्नी; गृहस्वामिनी।
77985 लक्ष्मीको वास ना. सबै कुराको पौल; प्रशस्त धनप्राप्ति।
77986 लक्ष्मीधूप ना. पञ्च सुगन्धधूपमा लक्ष्मीफूल र गोकुलधूप मिलाई बनाइएको विशेषतः लक्ष्मीलाई प्रसन्न गराउन बालिने धूप।
77987 लक्ष्मीनारायण ना. १. विष्णु र लक्ष्मी।
77988 लक्ष्मीनारायण ना. २. भित्रपट्टि दुई वा चार चक्र हुने शालिग्राम।
77989 लक्ष्मीपति ना. १. नारायण; विष्णु।
77990 लक्ष्मीपति ना. २. राजा।
77991 लक्ष्मीपति ना. ३. धनको मालिक; धनवान् व्यक्ति।
77992 लक्ष्मीपुत्र ना. १. धनाढ्य व्यक्ति (लक्ष्मीका पुत्र नभएका हुँदा)।
77993 लक्ष्मीपुत्र ना. २. कामदेव।
77994 लक्ष्मीपूजा ना. १. कार्तिक कृष्ण औँसीका दिन बिहान गरिने गाईको पूजा र राती घरघरमा दीपावलीको उत्सव मनाई गरिने लक्ष्मीको पूजा; गाई र धनको पूजा।
77995 लक्ष्मीपूजा ना. २. दीपावली।
77996 लक्ष्मीफूल ना. बर्खायाममा झाँगिने, मसिना लाम्चा पात हुने एक प्रकारको लहरो र त्यसैमा फुल्ने राता सेता आदि फूल; जयन्ती।
77997 लक्ष्मीवान् १. लक्ष्मीले युक्त भएको; धनवान्।
77998 लक्ष्मीवान् २. सौभाग्यशाली।
77999 लक्ष्मीविलास ना. श्रीसम्पत्तिले पूर्ण आमोदप्रमोद।
78000 लक्ष्य ना. १. हेर्नु, चिन्नु, जान्नु र गर्नुपर्ने कुनै पनि कामकुराको खास चिह्न वा निसाना; तारो।