Dictionary

All Word

81001 वफा ना. आफूले दिएको कुनै वचन पूरा गर्ने काम।
81002 वफा ना. २. कर्तव्यपालन, कर्तव्य।
81003 वफादार वि. आफ्नो वचन पूरा गर्ने; कर्तव्यपरायण।
81004 वफादार वि. ना. २. राजभक्त; स्वामिभक्।
81005 वफादारी ना. बफादार हुने काम, कर्तव्यपरायणता।
81006 वमन ना. छाद्ने काम; बान्ता;उल्टी।
81007 वमित वि. वमन गरिएको; छादिएको; उल्टी भएको।
81008 वयःसन्धि ना. बाल्यकाल र तरुण अवस्थाका बिचको अवस्था।
81009 वयःस्थ वि. तन्नेरी; तरुनो; जवान।
81010 वयःस्थ वि. २. बलिष्ठ; बलियो।
81011 वयःस्थ वि. ३. प्रौढ।
81012 वयःस्थ वि. ना ४. वयमिल्दो साथी; दौंतरी।
81013 वय ना. जीवनको बितेको समय; उमेर; अवस्था।
81014 वय ना. २. यौवन; जवानी।
81015 वयस् ना. बितेको जीवनकाल; आयु।
81016 वयस्क वि. वयप्राप्त; उमेर पुगेको।
81017 वयस्क वि. २. कुनै देशको संविधानअनुसार व्यवहारमा मानिने उमेर पूरा भएको; बालिग।
81018 वयस्क मताधिकार ना. उमेर पुगेका सबै नागरिकले विनाभेदभाव मत दिन र प्रतिनिधि छान्न पाउने अधिकार; बालिग मताधिकार।
81019 वयोवृद्ध वि. बुढ्याइँमा पुगेको; उमेर ढल्केको; सबैले मान्ने वृद्ध।
81020 वर ना. देवता, गुरुजन आदिसँग मागिने र उनीहरू प्रसन्न भएर दिने फल वा मनोरथसिद्धिको आशिष।
81021 वर ना. २. कन्यासँग विवाह गर्न पक्का भएको केटो, दुलहा, बेहुलो।
81022 वर ना. ३. शब्दका गाँसिएर श्रेष्ठताको भाव बुझाउने शब्द (जस्तै- गुरुवर, कविवर, प्रियवर, मान्यवर इ. )।
81023 वर ना. ४. उत्तम; श्रेष्ठ;गतिलो।
81024 वर प. स. कुनै काम सकेर अर्को काम गर्न अहाउँदा क्रियापदमा द्वित्व झैं भएर जोरिने शब्द (उदा. तिमी घरैमा बसवर, खाऊवर र केटाकेटीको विचार गरवर )।
81025 वर क्रि.वि. आफूतिर; आफ्ना छेउमा; नजिक।
81026 वरको वि. आफ्ना छेउ वा नजिकको; आफन्त; नाताकुटुम्बभित्र पर्ने।
81027 वरको वि. (उदा.- यत्रो कार्यमा वरकोलाई छोडेर परको बोलाउनु पनि त भएन)।
81028 वरण ना. कुनै मङ्गलकार्य गर्दा जजमानले पुरोहितलाई आसन, वस्त्र आदि दिई टीका लगाउने काम।
81029 वरण ना. २. विवाहमा दुलहालाई गरिने आदरपूर्ण स्वागतसत्कार।
81030 वरण ना. ३. कन्याले वर रोज्ने वा स्वीकार गर्ने काम।
81031 वरण ना. ४. रोजाइ; छनोट; मनोनयन।
81032 वरण स्वतन्त्रता/स्वातन्त्र्य ना. कसैलाई आफूखुसी वरण गर्ने वा छान्नचुन्न पाउने अधिकार।
81033 वरणी ना. विवाहमा जन्ती आइपुग्नेबित्तिकै घरमा नलगी दुलहीका बाबुले दुलहालाई षोडशोपचारले गर्ने पूजाविशेष।
81034 वरणीय वि. वरण गर्न योग्य; रोज्न वा छान्न लायक।
81035 वरणीय वि. २. ग्रहण गर्न योग्य; लिनुपर्ने।
81036 वरत्र क्रि.वि. यस लोकमा, यस लोकका निम्ति, यस जगत्मा।
81037 वरत्र क्रि.वि. (उदा.- परत्रको मृगतृष्णामा वरत्र बिगार्नु ठिक हुँदैन।
81038 वरद वि. वर दिने; वरदाता; आशीर्वाद दिने।
81039 वरदान ना. देवता वा गुरुजन आदिले प्रसन्न भएर अभीष्टसिद्धिका निम्ति दिने आशीर्वाद, इच्छित वस्तुको प्राप्ति, वर।
81040 वरदायक वि. वर दिने; वरदाता।
81041 वरन् संयो. त्यसो भन्दा; बरु; तर।
81042 वरपक्ष ना. बिहेबटुलोमा दुलहातर्फका निम्तालु वा दुलहासँगै जाने मानिस बरियाँ;जन्ती।
81043 वरपर क्रि.वि. नजिकपुँडो; चारैतिर; यताउति।
81044 वरपर क्रि.वि. ना. २. छरछिमेक।
81045 वरपीपल ना. वर र पीपलको रुख।
81046 वरपीपल ना. २. पुण्यसञ्चयका निम्ति छहारी नभएका बाटाका छेउछाउमा रोपिने विष्णुलक्ष्मीका औतार मानिएका प्रसिद्ध दुई जातका रुख।
81047 वरपीपल ना. (विष्णुलक्ष्मी सम्झेर प्रतिष्ठा गर्दा वरपीपलको बिहे गरिदिने नेपालीहरूको धार्मिक चलन छ)।
81048 वरमाला ना. स्वयंवरमा वा विवाहका समयमा दुलहालाई दुलहीले लगाइदिने माला।
81049 वरयात्रा ना. उत्सवपूर्वक वरलाई साथमा लिएर जाने व्यक्तिहरूको लर्को; बरियाँत; जन्।
81050 वरयात्री ना. जन्तीमा जाने व्यक्तिहरूको समूह; बरियाँ।