Dictionary

All Word

81501 वाक्स्वातन्त्र्य ना. वाक्स्वतन्त्रता।
81502 वागा ना. बागडोर; लगाम।
81503 वागीश ना. कवि।
81504 वागीश ना. २. ब्रह्मा।
81505 वागीश ना. ३. बृहस्पति।
81506 वागीश ना. वि. ४. राम्रो, मिठो बोल्ने।
81507 वागीश्वर ना. कवि।
81508 वागीश्वर ना. २. बृहस्पति।
81509 वागीश्वर ना. ३ मञ्जुघोष।
81510 वागीश्वरी ना. वाणीकी देवी; सरस्वती।
81511 वाग्जाल ना. कसैलाई अलमल्याउने वा छलछाममा पार्ने;घुमाउरो भनाइ।
81512 वाग्जाल ना. २. भाव साधारण भएको र बेसरी शब्द थोपरिएको लम्बे चौडे कुरा।
81513 वाग्दण्ड ना. कसैलाई वचनले सताउने काम हप्कीदप्की; खप्की; भर्त्सना।
81514 वाग्दण्ड ना. २. वचन वा बोलीको नियन्त्रण; मुख सँभालेर बोल्ने काम।
81515 वाग्दत्ता वि. कामकुरो छिनिएकी वा कसैसँग बिहे गर्न पक्का भइसकेकी केटी; वाग्दान गरिसकिएकी कन्या।
81516 वाग्दान ना. विवाहका निम्ति कसैलाई छोरी दिएँ भनी विधिपूर्वक बोल्ने काम; केटीको काम - कुरो छिन्ने काम।
81517 वाग्दान ना. २. वरणीमा दुलहालाई फल, द्रव्य आदिको भेटीसहित कन्या दिएको कुरा बोल्ने चलन वा विधि।
81518 वाग्दान ना. ३. कसैलाई कुनै वस्तु नफर्किने गरी दिने वचन।
81519 वाग्देवी ना. वाणीकी अधिष्ठात्री देवी सरस्वती।
81520 वाग्दोष ना. बोल्दा हुने त्रुटि वा बिराम; बोलीको दोष।
81521 वाग्दोष ना. २. वाक्यमा हुने व्याकरणसम्बन्धी भुल वा अशुद्धि।
81522 वाग्दोष ना. ३. तिरस्कार, निन्दा।
81523 वाग्मती ना. काठमाडौं उपत्यकाको पूर्वोत्तरमा पर्ने वाग्द्वारबाट निस्केर बग्ने एक प्रसिद्ध नदी।
81524 वाग्मिता / वाग्मित्व ना. विद्वत्ता; पाण्डित्य।
81525 वाग्मिता / वाग्मित्व ना. १. बोल्ने वा भाषण दिने कौशल, प्रवचनपटुता।
81526 वाग्मी वि. बोल्नमा वा भाषण दिनमा कुशल; प्रवचनपटु।
81527 वाग्मी वि. २. विद्वान्; पण्डि।
81528 वाग्मी वि. ३. बृहस्पति।
81529 वाग्वज्र ना. दुख्ने गरी लाग्ने बोली; कटुवाणी।
81530 वाग्वज्र ना. २. सराप्ने काम; श्राप,;सराप।
81531 वाग्वाण ना. बिझ्ने गरी भनिने बोली; वचनको प्रहार।
81532 वाग्विदग्ध वि. बोल्न वा कुरा गर्न सिपालु; वाक्पटु।
81533 वाग्विदग्ध वि. २. विद्वान पण्डि।
81534 वाग्विदग्धता ना. वाग्विदग्ध हुने स्थिति वा भाव; वाक्चातुर्य; पण्डित्याइँ।
81535 वाग्विलास ना. मन बहलाउका निम्ति गरिने ठट्टा-मस्करी;हँसीठट्टा।
81536 वाग्वीर वि. बोल्न सिपालु; वाक्पटु।
81537 वाग्वीर वि. २. भित्री आँट नभए पनि बाहिर कुराले हिम्मत देखाउने; फाइँफुट्टे।
81538 वाग्वैदग्ध्य ना. तर्कपूर्ण कुराकानी गर्ने वा भाषण दिने सिप;वाक्चातुर्य; वाग्विदग्धता।
81539 वाङ ना. गुल्टिने, पल्टिने वा जिल्लिने काम; विफलता; असफलता।
81540 वाङ ना. २. मर्ने काम; जिभ्रोटोकाइ।
81541 वाङ खानु टु. बिग्रनु।
81542 वाङ खानु टु. (उदा.- त्यसले यसपल्ट पनि जाँचमा वाङ खायो।)।
81543 वाङ्ग्रा ना. धान, कोदो आदिको हरियो बोट वा डाँठ; नलुवा; नल।
81544 वाङ्मधुर वि. भन्दा कसैलाई बिझ्ने (बोली)।
81545 वाङ्मधुर वि. २. मिठो बोलीवचन गर्ने; मधुरभाषी; मिष्ट भाषी।
81546 वाङ्मय ना. गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुवै प्रकारका समस्त भाषाबद्ध रचनाहरूको समूह; ग्रन्थ वि. २. शब्दहरूले युक्त वा वाणी र वचनसित सम्बन्धि।
81547 वाङ्मय ना. ३. वाक्यसम्बन्धी, वाक्यात्मक।
81548 वाङ्मयी ना. सरस्वती देवी।
81549 वाङ्लय ना. वाक्यको लय; प्रस्तार।
81550 वाचक वि. कुनै व्यक्ति वा वस्तुलाई निर्देश गर्ने वा जनाउने; वाची (जस्तै व्यक्तिवाचक, नामवाचक, सङ्ख्यावाचक आदि)।