Dictionary

All Word

81801 वायुवाद ना. इच्छाअनुकूल शारीरिक प्रयत्नबाट सञ्चालित वायु नै मुखका अङ्ग अङ्गमा ठक्कर खाई वर्णका रूपमा परिणत हुन्छ भन्ने वैयाकरण म।
81802 वायुविकार ना. पेट, आन्द्रा आदिमा वायु वा ग्याँस भरिने रोग।
81803 वायुविङङ्ग ना. ससाना सेता फूल र मरिचका जस्ता दाना फल्ने, आयुर्वेदमा कृमिनाशक औषधीका रूपमा लिइएको एक रुख वा त्यसकै फल विङङ्ग।
81804 वायुविद्या ना. मौसमी शास्त्र; वायुमण्डलीय विज्ञान।
81805 वायुवेग ना. हावाको जस्तो छिटो चाल; वायुगति।
81806 वायुशूल ना. हाडका जोर्नी, काखी, काप आदिमा वायुविकारबाट निस्कने गोला, वायुको खराबीबाट शरीरमा हुने कष्ट।
81807 वायुसेना हवाईसेना, रकेट, मिसाइलबाट शत्रुको देशमा आक्रमण गर्ने फौज।
81808 वायुस्नायु ना. हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा कुण्डलिनीमा जम्मा हुने ईडा; पिङ्गला; सुषुम्णा आदि बहत्तर हजार नाडीको सङ्गमस्थल, स्नायुकेन्द्र।
81809 वार ना. प्रवेश गर्न नपाउने गरी लगाइएको रोक,रोकावट, प्रतिबन्ध।
81810 वार ना. २. भवन वा हाताको भित्र-बाहिर गर्दा उघारिने र लगाइने खापा, द्वार।
81811 वार ना. ३. ढक्कन, बिर्को।
81812 वार ना. ४. सप्ताहका दिनका नामको अन्तमा लाग्ने कालावधिक सूचक शब्द।
81813 वार ना. (जस्तो- आदित्यवार, सोमवार आदि) दिन दिवस।
81814 वार ना. ५. अवसर मौका।
81815 वार ना. ६. आफू रहेतर्फका नदीको किनार, वल्लो किनार, वारि।
81816 वार ना. ७. पटक, पल्ट चोटि।
81817 वार ना. ८. रास थुप्रो, समुदाय शिव, महादेव।
81818 वार ना. १०. मदिराको भाँडो।
81819 वार प.स. शब्दका पछिल्तिर गाँसिएर समानता र तुल्यता वा कुनै काम गर्ने अर्थ बुझाउने प्रत्यय ( जस्तो छेकवार, रखवार, घटवार आदि)।
81820 वार प.स. ना. २. आक्रमण, हमला।
81821 वार प.स. ३. प्रहार; झटारो।
81822 वारदात ना. आकस्मिक दुर्घटना; भयावह स्थिति।
81823 वारदात ना. २. हिंसापूर्ण घटना; मारपिट।
81824 वारदात ना. ३. हुलदङ्गा।
81825 वारपार ना. नदी वा सडक आदिका दुवैतर्फका किनार, वारि र पारि।
81826 वारपार ना. २. बालेका कामको सफल वा असफल परिणाम, कामकुराको टुङ्गो।
81827 वारपार ना. क्रि.वि. ३. वल्लो किनारादेखि पल्लो किनातक।
81828 वारपार ना. ४. एकातिरबाट अर्कोतिरसम्म।
81829 वारपार ना. ५. एक छेउदेखि अर्को छेउसम्म।
81830 वारब्यार ना. लेनदेनसँग सम्बन्धित व्यवहार, बरबेबहार।
81831 वारब्यार ना. २ आवतजावत, मेलमिलाप।
81832 वारवनिता ना. परपुरुषसँग अनैतिक सम्पर्क राख्ने स्त्री; वेश्या।
81833 वारवार क्रि.वि. धेरै पल्ट; अनेक पटक; धेरै चोटि; बारम्बार।
81834 वारस्त्री ना. वेश्या।
81835 वाराङ्गना ना. वारस्त्री; वेश्या।
81836 वाराणसी ना. वरुणा र असी नदीका माझमा रहेको र गङ्गाका तटमा स्थित भारतको एक नगरी; बनारस; काशी।
81837 वाराणसेय वि. वाराणसीसँग सम्बन्धित, वाराणसीको।
81838 वारासिङ्गोली ना. साधारण उचाइका र कपुरका जस्ता वासनायुक्त पात हुने, झुप्पामा फूल फुल्ने, पश्चिम नेपालको पनि प्रायः हिमाली भेगमा पाइने एक रुख।
81839 वाराह ना. वराह; बनेल।
81840 वाराह ना. २. विष्णुका दश अवतारमध्ये तेस्रो अवतार।
81841 वाराह ना. वि. ३. वराहसम्बन्धी; वराहको।
81842 वाराहकन्द ना. वनमा पाइने कन्दमूलविशेष (गिठो, भ्यागुर, वाराहीकन्द)।
81843 वाराहकल्प ना. तिस कल्पमध्ये एक कल्प; वर्तमान कल्प।
81844 वाराहक्षेत्र ना. सुनसरी जिल्लामा अवस्थित ऐतिहासिक तीर्थस्थल।
81845 वाराहपुराण अठार महापुराणमध्ये वराह अवतारको वर्णन गरिएको एक पुराण।
81846 वाराही ना. पोथी बनेल; भुनी।
81847 वाराही ना. २. वराहरूप लिने विष्णुको शक्ति।
81848 वाराही ना. 3. पृथ्वी।
81849 वाराहकन्द ना. हे. वाराहकन्द।
81850 वारि ना. यो. नदी, सडक आदिको आफू भएतर्फको किनारमा नदी आदिको वल्लो तीरमा।