Dictionary

All Word

81901 वार्तावाहक ना. सन्देशवाहक; समाचार पुर्‍याउने दू।
81902 वार्त्तिक ना. कुनै विषयवस्तुको उक्त अनुक्त र दुरुक्तबारे अर्थ स्पष्ट गर्ने भाष्य वा पूरक शास्त्र; (पाणिनिको 'अष्टाध्यायी' व्याकरणमाथि कात्यायनले वार्तिक-ग्रन्थको रचना गरेका हुन् )।
81903 वार्त्तिक ना. २. खेती गर्ने व्यक्ति किसान 3. व्यापारी बनियाँ।
81904 वार्त्तिक ना. ४. जासुस।
81905 वार्त्तिक ना. वि. ५. वार्त्तासम्बन्धी खेती वा उद्योगसँग सम्बन्धि।
81906 वार्द्धक ना. बुढ्याई, बुढौली वृद्धत्ता।
81907 वार्द्धक ना. २. वृद्धताका कारणले निर्धो भएको व्यक्ति।
81908 वार्द्धक ना. ३. वृद्धहरूको समुदाय वा मण्डली।
81909 वार्द्धक्य ना. वृद्ध हुनाको भाव वा स्थिति, वृद्धावस्था, बुढ्याई, बुढ्यौली।
81910 वार्द्धक्य ना. २. बढ्ती;वृद्धि।
81911 वार्षिक वि. सालको कुनै विशिष्ट तिथि, गते वा पर्वसँग सम्बन्धित वर्षवर्षको।
81912 वार्षिक वि. २. हरेक साल हुने वा गरिने।
81913 वार्षिक श्राद्ध पितृको मृत्युतिथिमा प्रतिवर्ष गरिने एकोद्दिष्ट श्राद्ध।
81914 वार्षिक श्राद्ध २. मृत व्यक्तिको वर्ष दिन पुगेपछि आशौचमुक्त हुन छोराहरूबाट गरिने वार्षिक श्राद्ध; बर्खी।
81915 वार्षिक परीक्षा ना. विद्यालयहरूबाट वार्षिक सत्रको अन्तमा हरेक वर्ष लिइने परीक्षा।
81916 वार्षिक प्रतिवेदन ना. सरकारी वा गैरसरकारी कार्यालय र संस्थाहरूले वर्ष दिनसम्म भएगरेको कामकुराको जाहेरी, हरेक सालको अन्तमा दिइने विवरण।
81917 वार्षिक रिपोर्ट ना. वार्षिक प्रतिवेदन।
81918 वार्षिक विवरण ना. वर्षभरि गरिएका कामकारवाईको बेहोरा वा नालीबेली।
81919 वार्षिक सभा ना. हरेक वर्ष निश्चित दिनमा गरिने बैठक।
81920 वार्षिक हरहिसाब ना. कुनै संस्था वा कार्यालय आदिको सालभरिको आम्दानी खर्चको हिसाबकिताब।
81921 वार्षिकी ना. हरेक साल नियमित रूपले गरिने वा गर्नुपर्ने काम।
81922 वार्षिकी ना. (कुनै स्मारक कार्य, श्राद्ध आदि)।
81923 वार्षिकी ना. २. बर्सेनि हुने कुनै प्रकाशन।
81924 वार्षिकी ना. वि. ३. वर्षा ऋतुको; वर्षा ऋतुसँग सम्बन्धि।
81925 वार्षिकोत्सव ना. कुनै सङ्घसंस्था, विद्यालय आदिले स्थापित मिति पारेर प्रतिवर्ष गर्ने उत्सव।
81926 वार्षिकोत्सव ना. २. जन्मेको तिथि पारेर हरेक वर्ष गरिने उत्सव।
81927 वार्हस्पत्य वि. वृहस्पतिसँग सम्बन्धित वृहस्पतिको।
81928 वार्हस्पत्य वि. ना. २. वृहस्पतिको नाउँमा गरिने यज्ञविशेष।
81929 वाल ना. पुच्छरको रौं।
81930 वाल ना. बार बाँध्ने घोचो वा किलो।
81931 वाल प्रत्य. वालो कुनै खास शब्दहरूसँग पछाडि गाँसिएर रहेको, भएको, काम गर्ने, युक्त आदि अर्थ बुझाउने प्रत्यय वाला।
81932 वाल प्रत्य. (जस्तो- खेतीवाल, जिम्मावाल आदि)।
81933 वाल ना. एक जातको माछो।
81934 वालक ना. ठुलो टाउको र साना पखेटा हुने एक जातको लामो माछो।
81935 वालक ना. २. हात्ती, घोडा आदि जनावरको पुच्छर।
81936 वालरस ना. उत्तरी ध्रुवमा पाइने, तेह फिट लम्बाइ र दुई टन वजनसम्म पुग्ने, तीन फिटजति लामा दाहा निस्केको, बाक्लो तर रौं नभएको, गह्रागह्रा परेको छाला हुने स्तनपायी जन्तु; स्तनधारी समूहमा पर्ने एक जनावर।
81937 वालरस ना. ( इस्किमो भनिने, हिउँमा बस्ने मानिसले सिकार खेलेर यसको मासु खाने गर्छन्)।
81938 वालव ना. ज्योतिषशास्त्रअनुसार एक करण।
81939 वाला प्रत्य. कुनै खास, शब्दसँग जोडिएर भएको रहेको वा कुनै काम गर्ने आदि अर्थ बुझाउने तद्धितप्रत्यय, वाल।
81940 वाला प्रत्य. (जस्तो- बहालवाला, हकवाला, साबिकवाला आदि)।
81941 वालाग्र ना. वास्तुकला वा मूर्तिकलामा प्रयुक्त हुने रौंको टुप्पो बराबरको नापो; आठ रथधूलि बराबरको परिमाण।
81942 वालि ना. रामायणग्रन्थका अनुसार किष्किन्धा देशका प्रसिद्ध वानरराज, वानरका राजा।
81943 वालुका ना. प्रायः नदीका दुवै किनारमा पाइने, पानीले पखालिएको ढुङ्गा आदिको ससाना बालुवा; रे।
81944 वालुका ना. २. धुलो; चूर्ण।
81945 वाल्मीक / वाल्मीकि ना. संस्कृत भाषाको आदि महाकाव्य 'रामायण' - ग्रन्थका रचनाकार प्रसिद्ध ऋष; संस्कृत साहित्यका आदिकवि।
81946 वाल्मीकीय वि. वाल्मीकिसँग सम्बन्धित; वाल्मीकिले रचना गरेको।
81947 वाल्ल क्रि.वि. काम-कुरो चाल नपाउँदा वा चिनजान नहुँदा जिल्लिएर, बिलखबन्दमा परी जिल्ल।
81948 वाल्ल क्रि.वि. २. रल्लिने चालमा; अलमल्ल।
81949 वाशिष्ठ वि. वशिष्ठ ऋषिसँग सम्बन्धित; वशिष्ठको।
81950 वाशिष्ठी वि. वशिष्ठले रचना गरेको (कर्मकाण्डपद्धति);वशिष्ठसँग सम्बन्धि।