Dictionary

All Word

82501 विज्ञानमय वि. २. प्रज्ञामय;ज्ञानी।
82502 विज्ञानमय कोश ना. वेदान्तशास्त्रका अनुसार बुद्धि र ज्ञानेन्द्रियहरूको समुदाय।
82503 विज्ञानवाद ना. भौतिक ज्ञान वा विज्ञानलाई मात्र सर्वाधिक महत्त्व भएको मान्ने मत वा सिद्धान्।
82504 विज्ञानवाद ना. २. वस्तुलाई सत्ता नमानी ज्ञानलाई मात्र मुख्य सत्ता मान्ने बौद्ध दर्शनको सिद्धान्।
82505 विज्ञानवादी वि. विज्ञानवादको अनुयायी; विज्ञानवादमा विश्वास राख्ने।
82506 विज्ञानी वि. विज्ञानमा पोख्त; विज्ञानवेत्ता;वैज्ञानिक।
82507 विज्ञानी वि. २. कुनै विषयका बारेमा विशेष ज्ञान राख्ने।
82508 विज्ञानी वि. ३. आत्मा र परमात्मास्वरूपको तत्त्वज्ञान जान्ने।
82509 विज्ञापक वि. जनाउ दिने; विज्ञापन गर्ने प्रचारक।
82510 विज्ञापक वि. २. बताउने, सूचना दिने, थाहा दिने।
82511 विज्ञापक वि. ३. प्रचारसाधनहरूमा विज्ञप्ति दिने।
82512 विज्ञापन ना. सरकारी वा गैरसरकारी स्तरमा सेवाआयोगका माध्यमले वा अन्य रूपमा कुनै कामकुरा, सेवाप्रवेश वा पदपूर्तिका निम्ति आवेदनपत्रको आह्वान आदि गर्न सर्वसाधारण जनतालाई जानकारी हुने गरी प्रचार गरिएको विशेष सूचना।
82513 विज्ञापन ना. २. बताउने काम जनाउ दिने काम।
82514 विज्ञापन ना. ३. विक्रीयोग्य मालहरूको प्रचारप्रसारका लागि रेडियो, अखबार आदिबाट दिइने जानकारी।
82515 विज्ञापनदाता ना. पत्रिका, चित्र आदिमा विज्ञापन छपाउन दिने व्यक्ति, विज्ञापनको काममा खटिएको व्यक्ति।
82516 विज्ञापन सेवा ना. रेडियोबाट फर्मायसी वा अन्य गीतहरूको गुञ्जनका साथै बिचबिचमा विज्ञापनको कामसमेत गर्ने सेवा।
82517 विज्ञापनीय वि. विज्ञापनयोग्य प्रचार गर्न लायक।
82518 विज्ञापित वि. विज्ञापन गरिएको; प्रचार गरिएको।
82519 विज्ञाप्य वि. विज्ञापन गर्न योग्य; विज्ञापनीय।
82520 विज्ञाप्य वि. २. प्रार्थना;निवेदन।
82521 विज्ञेय वि. राम्रोसँग जान्नुपर्ने; जानकारी राख्नुपर्ने; जान्न योग्य।
82522 विट वि. भोगविलासमा ज्यादै संलग्न; कामुक; लम्पट।
82523 विट वि. २. धूर्त; चलाक।
82524 विट वि. ३. भएको धनसम्पत्ति रन्डीबाजीमा उडाइसकेको व्यक्ति।
82525 विट वि. ४. नाटकको एक हास्यपात्र।
82526 विटप ना. रुख, वृक्ष।
82527 विटप ना. २. हाँगो, शाखा।
82528 विटपी ना. रुख, बोट, वृक्ष।
82529 विडम्बन ना. विडम्बना।
82530 विडम्बन ना. २. छद्मवेश।
82531 विडम्बन ना. 3. क्लेश।
82532 विडम्बन ना. ४. जालसाजी।
82533 विडम्बन ना. ५. उपहास।
82534 विडम्बन ना. ६. नक्कल।
82535 विडम्बना ना. देखासिकी, नक्कल, अनुकरण।
82536 विडम्बना ना. २. गिज्याउने वा होच्याउने काम खिसीटिउरी।
82537 विडम्बना ना. ३. धोखा, छलकपट।
82538 विडम्बना ना. ४. दुःख, कष्ट, पीडा।
82539 विडम्बना ना. ५. उपहास, ठट्टा।
82540 विडम्बना काव्य ना. व्यक्तिविशेषको चरित्रलाई उपहासका रूपमा लिएर लेखिएको काव्य, उपहासकाव्य।
82541 विडम्बना काव्य ना. २. उस्तै पात्र र उस्तै अभिनय राखी त्यसमा केही उपहासकारक वस्तु जोडी पूर्वकाव्यको हँसी उडाउन बनाइएको काव्य; एक प्रकारको काव्यशैली।
82542 विडम्बनीय वि. अनुकरण गर्न लायक।
82543 विडम्बनीय वि. २. उपहासयोग्य; गिज्याउन सुहाउने।
82544 विडम्बी वि. विडम्बना गर्न योग्य; विडम्बनीय।
82545 विडाल ना. बिरालो।
82546 विड्वराह ना. सुँगुर।
82547 वितण्डा ना. अरूका कुरा नसुनेर आफ्नो मात्रै कुरा माथि पार्ने गलत प्रयत्न।
82548 वितण्डा ना. २. निरर्थक तर्क वा कुरो; बकवाद।
82549 वितण्डा ना. ३. विनाकारणको झैझगडा; व्यर्थको बाझाबाझ।
82550 वितण्डावाद ना. आफूले जित्नका लागि प्रतिक्रियावादी रूपमै भए पनि निरर्थक र अमिल्दा तर्क पेस गर्ने सिद्धान्त; निरर्थक उक्ति; प्रत्युक्ति;कुप्रचार।