Dictionary

All Word

82601 वित्तसचिव ना. अर्थसचिव।
82602 वित्तसाधन ना. राज्य वा संस्था आदिले नगद धन प्राप्त गर्ने भौतिक वस्तु।
82603 वित्तीय वि. वित्तसम्बन्धी, आर्थिक।
82604 वित्तीय विवरण ना. अर्थसम्बन्धी कारोबारको लेखाजोखा, वित्तसम्बन्धी विवरण।
82605 विद् वि. ज्ञाता; जान्ने; जानिफकार।
82606 विद् वि. २. विद्वान् पण्डि।
82607 विद् वि. ३. शब्दको पछाडि गाँसिएर जान्ने; विज्ञ' आदि अर्थ बुझाउने शब्द ( जस्तो- नीतिविद, शास्त्रविद, शिक्षाविद् आदि)।
82608 विद् वि. ना ४. ज्ञान; बुद्धि।
82609 विद् वि. ५. बुधग्रह।
82610 विदग्ध वि. ज्यादै डढेको; पोलिएको।
82611 विदग्ध वि. २ पकाइएको; पक्व।
82612 विदग्ध वि. ३. खाएर पचाइसकिएको; हजम पारिएको।
82613 विदग्ध वि. ४. उद्भट; विद्वान् पण्डि।
82614 विदग्ध वि. ५. रसरङ्गमा भुल्ने रसिक;रसज्ञ।
82615 विदग्ध वि. ६. सिपालु;चतुर; निपुण।
82616 विदग्धता ना. विदग्ध हुनाको भाव वा स्थिति; पण्डित्याइँ; चातुर्य।
82617 विदग्धा ना. हावभावद्वारा आकर्षण गर्न बिछट्ट सिपालु स्त्री;भावभङ्गीले परपुरुषलाई आकर्षित पार्ने नायिका।
82618 विदर्भ ना. भारतको दक्षिण-पश्चिम राज्यमा पर्ने एक प्राचीन राज्य (अहिलेको बरारक्षेत्र)।
82619 विदल वि. चिराचिरा पारिएको; चिरिएको।
82620 विदल वि. २. पात नभएको; दलहीन।
82621 विदल वि. ३. फुलेको, प्रफुल्ल।
82622 विदल वि. ना. ४. बाँसको चोयाको टोकरी, बास्केट।
82623 विदल वि. ५. हाँगो।
82624 विदल वि. ६ .टुक्रो।
82625 विदल वि. ७. माड्ने वा दल्ने काम।
82626 विदलन ना. बेसरी माड्ने वा दल्ने काम।
82627 विदलन ना. २. चिर्ने वा फार्ने काम।
82628 विदलित वि. फारिएको; चिरा पारिएको।
82629 विदलित वि. २. फुलेको; फक्रेको।
82630 विदलित वि. ३. बेसरी माडिएको वा दलिएको।
82631 विदारक वि. काठका मुढा आदिलाई बन्चरो वा त्यस्तै साधनले टुक्र्याउने, चिरा पार्ने, चिर्ने।
82632 विदारक वि. २. ढुङ्गा आदि फोर्ने।
82633 विदारक वि. ३. कष्ट दिने; भित्रभित्रै सताउने ( जस्तो - हृदयविदारक)।
82634 विदारण ना. काठका दाउरा, मुढा आदि टुक्र्याउने काम;चिरा पार्ने वा चिर्ने काम।
82635 विदारण ना. २ ढुङ्गा आदि कडा वस्तु टुक्र्याउने काम; फोराइ।
82636 विदारण ना. ३. दुःख वा कष्ट पुर्‍याउने व्यवहार; सताउने काम।
82637 विदारण ना. ४. हत्या; मारण; वध।
82638 विदारण ना. ५. लडाईं; युद्ध।
82639 विदारित वि. बन्चरो, करौती आदिले टुक्र्याइएको;फोरिएको (दाउरा, मुढा आदि)।
82640 विदारित वि. २. घन आदिले फोरिएको (ढुङ्गा आदि)।
82641 विदारित वि. ३. दुःख वा कष्ट पुर्‍याइएको, सताइएको।
82642 विदारी ना. भुइँमा लत्रिएर फल्ने कुभिन्डो; भुइँकुभिन्डो।
82643 विदारी ना. २. शालपर्णी नाम गरेका रुख।
82644 विदारी ना. ३. लहराको जोर्नीजोर्नीमा फल्ने एक प्रकारको फल; गिठो।
82645 विदारी ना. ४. वाराहीकन्द।
82646 विदारीकन्द ना. कर्कलाका जस्ता पात हुने लहराका फेदमा फल्ने, रछायो रङ्गको, झुस हुने एक प्रकारको फल; भुइँकुभिन्डो।
82647 विदिक् ना. दुई दिशाको बिचको कुनो; विदिशा; उपदिशा।
82648 विदित वि. थाहा पाइएको; जानिएको; ज्ञात ;अवग।
82649 विदित वि. २. नाम चलेको; प्रसिद्ध; प्रख्या।
82650 विदित वि. ३. जनाइएको; सूचना दिइएको; सूचि।