Dictionary

All Word

79401 लाफो ना. ३. गाँसेर बिट नउठाएको पातको थाल; पत्तल; लपेस।
79402 लाफ्रे वि. लाफ्रो भएको; लाफे।
79403 लाफ्रो ना. हे. लाफो।
79404 लाब्रे/लाब्रो वि. १. कुरा बनाएर आफ्नो गराउन चाहने; भए- नभएको कुरा गाँस्ने।
79405 लाब्रे/लाब्रो वि. ना. २. झुसिल्कीरो।
79406 लाभ ना. १. कुनै वस्तु उपलब्ध हुने वा पाउने काम; प्राप्ति; उपलब्धि; फाइदा।
79407 लाभ ना. २. वाणिज्यव्यवसाय वा उत्पादनबाट लागत खर्च कटाई बढी हुने आम्दानी; मुनाफा; नाफा।
79408 लाभ ना. ३. उद्योगव्यवसायअन्तर्गत उद्योगपति वा उत्पादनका स्वामीहरूसँग एकत्रित हुने श्रमिकहरूको श्रमको मूल्य।
79409 लाभ ना. ४. प्रत्यक्ष ज्ञान; जानकारी।
79410 लाभ ना. ५. भलाइ; उपकार।
79411 लाभकर /कारी वि. लाभ वा फायदा हुने; लाभप्रद।
79412 लाभदायक वि. लाभ हुने; लाभकर।
79413 लाभप्रद वि. लाभ पुऱ्याउने; लाभकर।
79414 लाभहानि ना. लाभ र हानि; नाफा र नोक्सान।
79415 लाभांश ना. १. व्यापार वा संस्थान आदिको हिस्सेदारका रूपमा लगाइएको धनबाट भएको अतिरिक्त आम्दानी; लाभको अंश।
79416 लाभांश ना. २. सुविधाका लागि कम्पनीद्वारा भुक्तान गरिने प्रतिफल वा प्रिमियम।
79417 लाभांश ना. ३. कार्यक्षमता वा अतिरिक्त कार्यको उत्साहस्वरूप श्रमिक आदिलाई दिइने अतिरिक्त नगदी उपहार।
79418 लाभांश ना. ४. कम्पनी वा यस्तै कुनै संस्थाले बढी लाभ गरेपछि सेयरवालालाई निर्धारित रकमभन्दा बढी दिइने आनुपातिक रकम; बोनस।
79419 लाभान्वित वि. लाभको सुविधा पाएको; सुविधाभोगी।
79420 लाभालाभ ना. लाभ र हानि; नाफा र नोक्सान।
79421 लाभे ना. बट्टाईका जातिको एक प्रकारको पक्षी।
79422 लाभ्रे १ वि. बेसरोकारको कामकुरामा अघि सरी बोल्ने; मुखसारी; लाउके।
79423 लाभ्रे २ ना. अन्नमा लाग्ने सेतो र लामो किरो; चिलेसो।
79424 लाभ्रे किरो ना. ठुलो झुसिल्किरो।
79425 लाम् वि. लामो; लम्बा (समाससित शब्दमा प्रयुक्त हुँदा, जस्तै- लाम्किरो, लाम्खुट्टे, लाम्पाते इ.)।
79426 लाम ना. १. लहर; ताँती; हार; पङ्क्ति।
79427 लाम ना. २. पैदल, सवार र तोपखानासमेत हुने फौजको दल; ब्रिगेड।
79428 लाम ना. ३. रणभूमि।
79429 लाम्किरो ना. सर्प; साँप।
79430 लामखुट्टे ना. १. गर्मी याममा हुने, प्राणीको रगत चुस्ने, औलो आदि रोग लगाउने दुई पखेटा र लामा खुट्टा भएको; एक जातको किरो; मच्छर।
79431 लामखुट्टे ना. वि. २. लामा खुट्टा हुने।
79432 लामगरो ना. १. रणभूमि; युद्धस्थल।
79433 लामगरो ना. २. लामो आकारको खेतको गरो।
79434 लामघारे वि. रणभूमि; लामा खुट्टा हुने अग्लो र नसुहाउँदो खालको; लाम्टाङे (मानिस)।
79435 लामटाङ ना. १. नेपालको जनकपुर अञ्चलअन्तर्गत रोल्वालिङ हिमालशृङ्खलामा पर्ने तामाकोसी बगेर आएको घाटी।
79436 लामटाङ ना. २. सोही नाउँठाउँको २३,७५० फिट अग्लो हिमशिखर।
79437 लामपुछ्रे ना. १. पछिल्तिर पुच्छरजस्तो लामो ज्योति भएको तारा; धूमकेतु।
79438 लामपुछ्रे ना. २. ढुकुरजस्तो, फुस्रो रङ हुने र लामो पुच्छर हुने एक जातको चरो।
79439 लामपुछ्रे ना. ३. लामो पुच्छर हुने एक जातको भेडा।
79440 लामपुछ्रे ना. वि. ४. लामो पुच्छर भएको।
79441 लामबन्दी ना. सशस्त्र सेनाद्वारा लाम लागेर वा घेरा दिएर छेक्ने वा तम्तयार रहने काम।
79442 लामा १ ना. ऊँट जस्तै अग्लो तर जुरो नभएको, शरीरभरि लामा रौं हुने दक्षिण अमेरिकामा पाइने एक स्तनधारी जनावर।
79443 लामा २ ना. १. तिब्बतका बौद्ध धर्मका धर्मगुरु।
79444 लामा २ ना. २. सेर्पा, तामाङ आदि जातिका मूल पुरोहि।
79445 लामा २ ना. ३. भोटेजातिको मानबोधक शब्द।
79446 लामापाथी ना. बालीनालीमा असिना, पानी आदिको प्रकोप नपरोस् भनी धजासहितको बाँसको लिङ्गो गाडेर तन्त्रमन्त्र गरेबापत लामालाई दिइने पाथी धान आदिको दस्तुर।
79447 लामि ना. लामो (समास हुँदा पूर्वपदका रूपमा मात्र प्रयुक्त)।
79448 लामिछाने वि. १. लामो छाना भएको (घर)।
79449 लामिछाने वि. ना. २. नेपालीको एक थर।
79450 लामिडाँडा ना. १. लामो परेर फैलिएको डाँडो; लाम्चो पहाड।