Dictionary

All Word

79551 लाहा ना. पहेँलो किराले रुखमा बनाउने, आगोमा पगाल्न हुने छाप लगाउने, टाल्ने आदि काममा प्रयोग गरिने एक पदार्थ; लाक्षा।
79552 लाहाछाप ना. पगालेको लाहामा लगाइने औँठी आदिको छाप; लाहामा लगाइने चिह्न।
79553 लाहामसी ना. १. लाहापानीमा रङ मिसाई बनाएको मसी।
79554 लाहामसी ना. २. लाल र कालो रङ वा ध्वाँसो मिसाई बनाइएको एक प्रकारको पाको, टिकाउ मसी।
79555 लाहास ना. ठुलो मुख्य घरमा जोडेर बनाइएको सानो घर; लाफो।
79556 लाही ना. तोरी।
79557 लाहुर ना. १. अचेल पाकिस्तानमा परेको पन्जाबको राजधानी; लाहौर।
79558 लाहुर ना. २. सुन्दर नगर।
79559 लाहुरी वि. १. राम्रो; लोभलाग्दो; अगढङ्ग चट्ट मिलेको।
79560 लाहुरी वि. ना. २. असल जातको भैँसी।
79561 लाहुरी भैँसी ना. असल जातको भैँसी।
79562 लाहुरी नेपाल ना. मकवानी राज्यको चितलाङ भेक।
79563 लाहुरे ना. १. भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान।
79564 लाहुरे ना. २. रिकुटे।
79565 लाहुरे ना. ३. एक प्रकारको बर्खे फूल।
79566 लाहुरे ना. ४. असल जातको भैँसी; लाहुरी।
79567 लाहुरे फुल ना. लामा टुप्पा हुने पात र सखरखण्डका जस्ता कन्द हुने, रङ्गीचङ्गी रङ्ग हुने तर बास्ना नआउने एक जातको फूल।
79568 लाहुरे फुली ना. चोसाचोसा परेको झम्के फुली।
79569 लाहुरे माया ना. अस्थायी मायाप्रीति; क्षणिक प्रेमव्यापार।
79570 लिँड ना. १. डोलो लामो आकारको विष्ठा।
79571 लिँड ना. २. मुसाको विष्ठा।
79572 लिँड ना. ३. रुपियाँपैसाको लक्कु; बिन्डी।
79573 लिँडिक ना. आपसी लेनदेनको व्यवहार।
79574 लिँडुके वि. लिँडुल्को भएको; लिँडे।
79575 लिँडुल्को ना. १. काठको सानो छोटो ठेउको; गिँड; लिडुको; ट्वाकल।
79576 लिँडुल्को ना. २. जोतेको डल्ला फोर्ने र सम्म पार्ने काठको लाम्चो गिँड।
79577 लिँडुल्को ना. ३. गोटा परेका अवस्थामा बिस्ट्याउने सानासाना आकारका लिँड।
79578 लिँडुल्को ना. वि. ४. पुच्छर वा हातखुट्टा नभएको; लिँडो।
79579 लिँडे वि. पुच्छर नभएको; ठुटे।
79580 लिँडे वि. २. एकोहोरे; हठी; जिद्दीवाल।
79581 लिँडे वि. ३. गाली गर्दा प्रयोग गरिने शब्द।
79582 लिँडे कुचो ना. बढार्दाबिढार्दा बुच्चो भएको पुरानो कुचो।
79583 लिँडे ढिपी ना. एकोहोरो ढिपी; हठ; जिद्दी।
79584 लिँडो वि. १. पुच्छर काटिएको; ठुटे; लिँडे; लिन्डो।
79585 लिँडो वि. २. छोटो।
79586 लिँडो वि. ३. जिद्दीवाल; हठी; एकोहोरे।
79587 लिँड्को ना. १. काठको सानो बिर्को।
79588 लिँड्को ना. २. पाखाबालीमा डल्ला फुटाउन लगाइने दाँदेका छाँटको एक कृषि - औजार।
79589 लिँड्याइ ना. लिँड्याउने भाव, क्रिया वा प्रक्रिया।
79590 लिँड्याइनु क.क्रि. १. लिँड त्याग गरिनु।
79591 लिँड्याइनु क.क्रि. २. टुक्रा पारिनु; बिन्डी पारिनु।
79592 लिँड्याउनु स.क्रि. १. लिँड पार्नु; लिन्डा हग्नु; मलत्याग गर्नु।
79593 लिँड्याउनु स.क्रि. २. ठुटो पार्नु; छोट्ट्याउनु; टुक्रा पार्नु।
79594 लिँड्याउनु स.क्रि. ३. पैसाको लक्कु पार्नु; बिन्डी पार्नु।
79595 लिँड्याउनु स.क्रि. ४. सोहोर्नु।
79596 लिनु स.क्रि. १. अरूको अधिकारमा रहेको कने वस्तु आफ्नो अधीन गर्नु; प्राप्त गर्नु ; ग्रहण गर्नु।
79597 लिनु स.क्रि. २. धारण गर्नु।
79598 लिनु स.क्रि. ३. समात्नु; समाउनु।
79599 लिनु स.क्रि. ४. स्वीकार गर्नु; मान्नु।
79600 लिनु स.क्रि. ५. आक्रमण गरेर विजय गर्नु; जित्नु।