Dictionary

All Word

82951 विनिमेय वि. २. दरपीठ वा सुम्पुवा गरी हस्तान्तरण गर्नसकिने।
82952 विनिमेय पत्र ना. विनिमयसम्बन्धी कार्यको उल्लेख भएको कागजा।
82953 विनिमेय पत्र ना. २. दरपीठ वा सुम्पुवा गरिएको व्यक्तिलाई लेखिएबमोजिमको रकम प्राप्त गर्न सक्ने गरी दिइएको अधिकारपत्र।
82954 विनियम ना. मूल ऐन वा कानुनको परिधिभित्र रही बनाइएको उपनियम कुनै सङ्घ, संस्था वा सङ्गठनको सञ्चालनका लागि मूल ऐनको उद्देश्यअनुकूल तयार गरिएको नियम।
82955 विनियमन ना. ऐनको व्याख्याका रूपमा नियम बनाई कार्यप्रणालीलाई छिटोछरितो र सुविधायुक्त बनाउने काम।
82956 विनियमन ना. २. कुनै गति वा विस्तार आदिलाई धेरै बढ्न नदिने काम नियन्त्रण।
82957 विनियमन ना. ३. वाहनको गति आदिलाई आवश्यकताअनुसार बढाउने, घटाउने वा ठिक पार्ने काम।
82958 विनियुक्त वि. काममा खटाइएको; विनियोजि।
82959 विनियोग ना. कुनै काममा लगाउने वा खटाउने काम, उपयोग, प्रयोग।
82960 विनियोग ना. २. कहीं पठाउने काम, प्रेषण।
82961 विनियोग ना. ३. छाड्ने काम,परित्याग।
82962 विनियोग ना. ४. छुट्ट्याउने वा अलग्याउने काम पृथक्करण।
82963 विनियोग ना. ५. यज्ञ आदिमा वैदिक मन्त्र पढ्नुभन्दा पहिले मन्त्रद्रष्टा ऋषि देवता र उद्देश्य बताई गरिने सङ्कल्प।
82964 विनियोग विधेयक ना. राजस्वको के-कति अंश कुनकुन शीर्षकमा खर्च गर्ने भन्ने विषय रहेको, विधायिकामा प्रस्तुत गरिने आर्थिक विधेयक वा प्रारूप, विनियोजन विधेयक।
82965 विनियोजक वि. काममा खटाउने प्रयोग वा उपयोग गर्ने।
82966 विनियोजक वि. २. कुनै योजना वा उद्योगव्यवसाय आदिमा पुँजीको लगानी गर्ने, लगानीकर्ता।
82967 विनियोजन ना. काममा खटाउने काम, उपयोग, प्रयोग।
82968 विनियोजन ना. २. कुनै काममा पुँजी लगाउने काम, राजस्वको परिचालन।
82969 विनियोजन विधेयक ना. विधायिका सभामा पारित गर्नाका लागि प्रस्तुत गरिने, कुन शीर्षकमा केकति राजस्व खर्च गर्ने भन्ने आर्थिक मस्यौदा विधायिकामा प्रस्तुत गरिने आर्थिक विधेयक।
82970 विनियोजन शीर्षक ना. मन्त्रालय, विभाग आदिमा गरिने तलब, भत्ता, प्रकाशन, इन्धन, घरभाडा आदिको खर्चगत विभाजन।
82971 विनियोजित वि. विनियोजन गरिएको, काममा खटाइएको प्रयुक्त, नियुक्।
82972 विनियोजित वि. २. चढाइएको, अर्पण गरिएको, अर्पि।
82973 विनियोज्य वि. काममा लगाउन लायक, उपयोग गर्न योग्य।
82974 विनिर्गत वि. बाहिर गएको, निस्केको।
82975 विनिर्गत वि. २. बन्धनबाट छुटेको, मुक्।
82976 विनिर्गम ना. बाहिर जाने वा निस्कने काम, बाहिरिने क्रिया।
82977 विनिर्मुक्त वि. बन्धनबाट छुटकारा पाएको, मुक्।
82978 विनिर्मुक्त वि. २. निस्केको, फुत्केको।
82979 विनिवारण ना. कडाइका साथ रोक्ने काम, रोकावट, प्रतिबन्ध।
82980 विनीत वि. ज्यादै नुहेको वा झुकेको, नम्र, विनयी।
82981 विनीत वि. २. सज्जन, सुशील, भद्र, शिष्ट।
82982 विनीत वि. ३. लगिएको, पुयाइएको।
82983 विनीत वि. ४. टुप्पोदेखि नुहेको ,झुकेको।
82984 विनीत वि. ५. इन्द्रिय जित्ने, जितेन्द्रिय, संयमी।
82985 विनीत वि. ६. मिल्काइएको, हटाइएको।
82986 विनोद ना. मन बहलाउने काम, आनन्ददायी क्रियाकलाप, मनोरञ्जन।
82987 विनोद ना. २ खेलकुद, क्रीडा।
82988 विनोद ना. ३. खेलाँची, ख्यालठट्टा, परिहास।
82989 विनोदी वि. ख्यालठट्टा गर्ने स्वभावको, लहडबाज।
82990 विन्दु ना. लम्बाइ, चौडाइ, उचाइ कुनै नभएको, ज्यादै सानो चिह्न, थोप्लो बिन्दु।
82991 विन्दु ना. वि. २. चलाक, बुद्धिमान्।
82992 विन्दु ना. ३. उदार,दयालु।
82993 विन्दुपथ ना. एउटा चलायमान विन्दुले लम्बाइ वा चौडाइतर्फ लिने बाटो, बिन्दु, तन्काउने मार्ग।
82994 विन्ध्य ना. भारतको मध्यभागमा पर्ने, पूर्वपश्चिम भएर रहेको एक प्रसिद्ध पर्वत, विन्ध्याचल।
82995 विन्ध्यवासिनी ना. विन्ध्याचल पर्वतकी अधिष्ठात्री देवी।
82996 विन्ध्यवासिनी ना. २. पश्चिम नेपालको कास्की जिल्लाअन्तर्गत पोखरामा रहेकी एक प्रसिद्ध देवी, तिनै देवीको मन्दिर (उहिले राजाबाट कास्कीकोटमा स्थापना गर्न विन्ध्याचलबाट ल्याइएकी यी देवीलाई पोखरामा बिसाइएको र त्यहाँबाट उचाल्न नसकी बिसाइएकै ठाउँमा स्थापित गरिएको हो भन्ने किंवदन्ती छ)।
82997 विन्ध्याचल ना. मध्य भारतमा रहेको एक प्रसिद्ध पर्वत, विन्ध्यपर्व।
82998 विन्यस्त वि. राखिएको, स्थापना गरिएको।
82999 विन्यस्त वि. २. सुरक्षाका लागि पछि फिर्ता हुने गरी दिइएको (नासो, धरौटी आदि)।
83000 विन्यास ना. राख्ने काम, स्थापना।