Dictionary

All Word

83101 विप्रतिपन्न वि. ३. विवादग्रस्।
83102 विप्रलब्ध वि. धोका खाएको, ठगिएको, वञ्चि।
83103 विप्रलब्ध वि. २. वियोगले छटपटाएको, वियोगी, विरही।
83104 विप्रलब्धा वि. विप्रलब्ध शब्दको स्त्रीलिङ्गी रूप।
83105 विप्रलब्धा वि. २. ठगिएकी,वञ्चिता।
83106 विप्रलब्धा वि. ३. वियोगिनी, विरहिणी।
83107 विप्रलब्धा वि. ना ४. सङ्केतित समय र स्थानमा प्रियजनको भेट नपाई छटपटाएकी नायिका, विरहिणी।
83108 विप्रलम्भ ना. वियोग, विछोड (प्राय: प्रेमी र प्रेमिकाका बिच )।
83109 विप्रलम्भ ना. २. छलकपट, धोका।
83110 विप्रलम्भ ना. ३. कलह, झगडा, भनावैरी।
83111 विप्रलम्भ शृङ्गार ना. नायकनायिकाको विरहको वर्णन रहेको शृङ्गार रसको एक भेद, शृङ्गार।
83112 विप्रलाप ना. मतलब नभएको कुरो, बकवाद, नचाहिँदो गन्थन।
83113 विप्रलाप ना. २. बरबराउने काम प्रलाप।
83114 विप्रक्षेपण ना. चारैतिर रेखदेख गर्ने काम, चलाकीपूर्ण हेराइ।
83115 विप्रेषण ना. कुनै व्यक्तिका नाउँमा सञ्चारसाधनद्वारा रुपियाँपैसा र यस्तै अरू मालसामान पठाउने काम।
83116 विप्रेषण ना. २. टाढा पठाइने वस्तु वा रुपियाँपैसा।
83117 विप्लव ना. ठुलो आन्दोलन, विद्रोह, उग्र क्रान्ति भयङ्कर विरोध, दङ्गा।
83118 विप्लव ना. २ अशान्ति, उत्पात, उपद्रव ३ ठुलो परिवर्तन, उथल-पुथल।
83119 विप्लव ना. ४. सङ्कट आपत्ति, विपत्ति ५. महामारी, सर्वनाश, स्वाहा, विध्वंस।
83120 विप्लव ना. ६.पानीमाथि उत्रने काम पौडाइ।
83121 विप्लव ना. ७. विनाशकारी वर्षा बाढी।
83122 विप्लवकारी वि. आन्दोलन मच्चाउने, उपद्रव गर्ने क्रान्तिकारी।
83123 विप्लवी वि. विप्लवकारी।
83124 विफल वि. फल नलागेको, फलहीन, निष्फल।
83125 विफल वि. २. काम नलाग्ने व्यर्थ निरर्थक, निष्प्रयोजन।
83126 विफल वि. ३. काम पूरा नभएको,असफल।
83127 विफल वि. ना. ४. फल नलाग्ने रुख, फल नभएको वा झरेको रुख।
83128 विफलता ना. विफल हुनाको भाव वा अवस्था असफलता।
83129 विफलता ना. २. सुखद परिणामको अभाव।
83130 विबद्ध वि. डोरी आदिले बेसरी कसेर बाँधेको, मस्काएको।
83131 विबद्ध वि. २. कब्जियत भएको, गोटा परेको।
83132 विबुध ना. पण्डित, विद्वान्।
83133 विबुध ना. २. चतुर व्यक्ति, बुद्धिमान्।
83134 विबुध ना. ३. देवता।
83135 विबुध ना. ४. चन्द्रमा।
83136 विभक्त वि. अंशबन्डा भएको, दाजुभाइ छुट्टिएको।
83137 विभक्त वि. २. बाँडिएको भाग, लगाइएको विभाजि।
83138 विभक्त वि. ३ .अलग पारिएको, छुट्टयाइएको।
83139 विभक्त वि. ४. पृथक् गरिएको वा भएको।
83140 विभक्त वि. ५. एक्लो पारिएको।
83141 विभक्ति ना. अंशभाग, बाँडचुँड, विभाजन, विभाग।
83142 विभक्ति ना. २. अलग्याउने काम, पृथक्करण।
83143 विभक्ति ना. ३ अंश भाग हिस्सा।
83144 विभक्ति ना. ४. व्याकरणअनुसार कारकसँग क्रियाको सम्बन्ध बुझाउनका निम्ति शब्दका पछाडि लाग्ने 'ले, लाई, बाट' आदि प्रत्यय कारकसूचक प्रत्यय।
83145 विभव ना. चल-अचल सम्पत्ति, ऐश्वर्य, धन।
83146 विभव ना. २. ठुलो बन्ने भाव, महिमा।
83147 विभव ना. ३. सामर्थ्य, शक्ति, पराक्रम।
83148 विभव ना. ४. ऐसआरामको साधन भोगविलासको वस्तु।
83149 विभव ना. ५. साठी संवत्सरमध्ये एक संवत्सर।
83150 विभवशाली वि. ऐश्वर्यवान्; सम्पन्न।