Dictionary

All Word

7901 खोपाइनु क.क्रि. खोपाउने काम गरिनु।
7902 खोपाउनु प्रे.क्रि. खोप्ने काम गराउनु; खोप्न लाउनु।
7903 खोपिनु क.क्रि. खोप्ने काम गरिनु, प्वाल पारिनु।
7904 खोपिल्टो ना. सानो खोपो; साँघुरिएको प्वाल।
7905 खोपी ना. १. पैसा बच्चेर खेल्नका लागि भुइँमा पारिने सानो, बाटुलो प्वाल वा चिनो।
7906 खोपी ना. २. त्यस्तो प्वालमा पैसा वा अरू कुनै कुरो बच्चेर वा भलेर खेलिने खेल।
7907 खोपी ना. ३. डन्डीबियोका खेलमा बियो हुच्चन बनाइएको खोपिल्टो।
7908 खोपी ना. ४. सानो कोठा।
7909 खोपी ना. ५. आइमाईहरू बस्ने गुप्ती खण्ड; रनिबास।
7910 खोपे वि. १. खोपो परेको; गहिरो।
7911 खोपे वि. २. आँखाका गह भासिएको (व्यक्ति)।
7912 खोपो ना. १. राखनधरनका लागि भित्री गाह्रोमा बनाइएको सानो खण्ड।
7913 खोपो ना. २. गाह्रो लगाउँदा डकर्मीहरू उभिनका लागि भार बनाउन बाँस वा काठ तेर्स्याइने प्वाल; खटप्वाल |
7914 खोप्राखोप्री ना. साना-ठुला खोप्राहरूको समुदाय।
7915 खोप्री ना. सानो खोप्रो।
7916 खोप्रे वि. १. खोप्रामा बस्ने।
7917 खोप्रे वि. २. खोप्राको; खोप्रोसँग सम्बन्धि।
7918 खोप्रे नैनी ना. बुकुवा, तेल आदि लाउने वा नङ पालिस आदि गरी मालिक्नीको सुसार गर्ने स्त्री।
7919 खोप्रे बुढी ना. १. जिउको गर्दनका बिचमा परेको खोपिल्टो; बुढीखोप्री; खोप्ले।
7920 खोप्रे बुढी ना. २. खोप्रामा बस्ने नारी; बुढी कमारी |
7921 खोप्रे बुढी ना. वि. ३. ज्यादै बुढी; खुम्रे बुढी।
7922 खोप्रो ना. १. करिया अमलेख हुनुभन्दा अगाडि कमाराकमारी बस्ने सानो घर वा खण्ड।
7923 खोप्रो ना. २. छाप्रो; कुप्रो; खोल्मा।
7924 खोप्ले ना. गर्दनका बिचमा परेको खोपिल्टो।
7925 खोप्लो ना. सानो खाल्टो; खोपिल्टो।
7926 खोयाबिर्के ना. पारम्परिक प्रविधिबाट घरमा तयार पारी बोतलमा हालेर मकैको खोयाको बिर्को लगाईकन राखिएको रक्सी |
7927 खोयो ना. १. मकैका घोगामा गेडाहरू अडिने खोप्लाखोप्ला परेको कोयो; मकैको भित्री डाँठ।
7928 खोयो ना. २. आँप आदि फलभित्र रहने ठुलो बीजकोष ; फलको भित्री डल्लो वा साह्रो भाग।
7929 खोर ना. १. जीवजन्तु पाल्न वा थुन्न बनाइएको साँघुरो कोठो।
7930 खोर ना. २. बाघभालु आदिलाई झुक्क्याई समात्नाका लागि थापिने पिँजडा वा त्यस प्रयोजनका लागि प्रयोग गरिने कटेरो वा कोठोजस्तो वस्तु।
7931 खोर ना. ३. थुनुवालाई थुन्ने साँघुरो कोठो; थुनाघर; थुनुवाघर।
7932 खोर वि. कुनै संज्ञाका पछिल्तिर जोडिई सूक्ष्म व्यङ्ग्यसहित 'ज्यादै खाने' भन्ने अर्थ व्यक्त गर्ने प्रत्ययधर्मी उत्तरपद वा उपपद (हावाखोर, गोताखोर आदि)।
7933 खोरन्डो वि. खुट्टा खोच्याएर हिँड्ने; लँगडो।
7934 खोरबारी ना. १. पशुपक्षी आदिलाई अल्झाउन बनाइएको खोर रहेको सुनसान बारी।
7935 खोरबारी ना. २. फूलबारी।
7936 खोरिया ना. १. बाली लगाउनाका लागि रुख, बुटा आदि काटी, फाँडी प्रायः डढेलोसमेत लगाएर बिराएको जमिन ; पाखाभित्ताको बाँझो जग्गा; भस्मे, लोहोसे।
7937 खोरिया ना. २. आली, कान्ला आदि भत्केर बिग्रेको जग्गा।
7938 खोरियानी ना. १. खोरिया फाँड्ने काम।
7939 खोरियानी ना. २. खोरिया फाँडिएको जग्गा वा ठाउँ।
7940 खोरी ना. गुलेलीको मट्याङ्ग्रा अड्काउने रबडका बिचको भाग।
7941 खोरी ना. १. सानो दुनु।
7942 खोरी ना. २. चन्दन आदि राखिने सानो पात्र वा भाँडो (चन्दनखोरी)।
7943 खोरी वि. कुनै संज्ञाका पछिल्तिर जोडिई खाने भाव वा क्रियाको अर्थ जनाउने प्रत्ययधर्मी उत्तरपद वा उपपद (हावाखोरी, गोताखोरी आदि)।
7944 खोरेँत ना. गाईबस्तुको खुर र मुखभित्र खटिरा आउने एक प्रकारको रोग; खोरेँत; खोरे।
7945 खोरो ना. पैतला, कुर्कुच्चा आदि फुट्ने रोग; हरिनास; हर्नाठ; खोरे।
7946 खोरो ना. १.[फा. खूर] सानो, पातलो, रद्दी किसिमको भाँडो।
7947 खोरो ना. २. सानो दुनु।
7948 खोर्ना ना. पैतालामा प्वालैप्वालको दाग हुने एक प्रकारको रोग।
7949 खोऱ्याँत ना. गाईबस्तुको खुर र मुखभित्र खटिरा आउने एक प्रकारको रोग; खोरेँत; खोरे।
7950 खोऱ्याइ ना. खोऱ्याउने क्रिया वा प्रक्रिया।