Dictionary

All Word

7751 खैराँते वि. ४. लेनदेन आदिको व्यवहारमा नमिल्ने।
7752 खैरा ना. १. खयरको ठेक्का लिने व्यक्ति।
7753 खैरा ना. वि. २. खयरसम्बन्धी; खयरको (जङ्गल)।
7754 खैरे वि. १. खैरो रङको (कुकुर आदि)।
7755 खैरे वि. २. काम नलाग्ने; बेकम्मा।
7756 खैरेनी ना. १. खयरको वन; प्रशस्त खयर भएको वन; खयरघारी।
7757 खैरेनी ना. २. स्थानको नाम।
7758 खैरो वि. १. खयरको जस्तो रङको; फुस्रो रङ्गको; फुस्रो।
7759 खैरो वि. २. फुस्रो रङ।
7760 खैरो पानी ना. जाँड-रक्सी।
7761 खैरो बेत ना. धाप नभएका वनजङ्गलमा उम्रने, डाँठ र पातमा कोप्रिएका काँडा हुने, बलियो र चाम्रो, सुकेपछि तेर्सो र चिराचिरा पर्ने एक प्रकारको पानीबे।
7762 खैलाबैला ना. खलबल; हल्लाखल्ला; कोकोहोलो।
7763 खाेँच ना. १. दुई पहाडका बिचको गहिरो र साँघुरो ठाउँ, खोच्याप्रो ठाउँ; खाँच।
7764 खाेँच ना. २. पहाडी ढालमा पानी बगेर गहिरिएको जमिन।
7765 खाेँच ना. ३. कुयँत्रो।
7766 खोइ निपा. कुनै काम-कुरो वा अग्रसरता बुझाउने र विस्मय, बेवास्ता आदि जनाउने विस्मयात्मक तथा प्रश्नात्मक अव्यय; खै।
7767 खोइ निपा. (उदा.- राम खोइ कता गयो ? खोइ दाइ ! म अगि जान्छु)।
7768 खोइरे वि. खोइरो लागेको; खुइलिएको; खुइले।
7769 खोइरो ना. १. मानिसका टाउकोका रौँ खुइलिने वा मुडुलो हुने एक रोग।
7770 खोइरो ना. २. पशु आदिका आङको रौँ झर्ने रोग।
7771 खोइरो ना. १. केरा, पिँडालु आदिका कन्द वा गानामा लाग्ने एक जातको किरो।
7772 खोइरो ना. २. खेदो; अहिरो।
7773 खोइलो ना. उखु, दारिम, कागती आदि पेलेर रस झिकिसकेपछि बचेको छोक्रा; खोस्टो; टुखल |
7774 खोक्नु स.क्रि. घाँटीको कफ निकाल्न वा सकसकी मेट्न ख्वाकख्वाक शब्द निकाल्नु; ख्वाकख्वाक शब्दका साथ श्वासनलीबाट वेगसहित वायु निकाल्नु।
7775 खोक ना. १. कुनु परेको ठाउँ, ससानो खोच।
7776 खोक ना. २. खेतको हिलो सम्म्याउने काठ; लिँडुल्के; हेँगा।
7777 खोकल्नु स.क्रि. मुखमा पानी हालेर कुलुकुलु आवाज आउने गरी सफा गर्नु; कुल्ला गर्नु; खकाल्नु।
7778 खोकलाइ ना. खोकल्ने भाव, क्रिया वा प्रक्रिया।
7779 खोकलिनु क.क्रि. खोकल्ने काम गरिनु, कुल्ला गरिनु।
7780 खोकाइ ना. खोक्ने भाव, क्रिया वा प्रक्रिया |
7781 खोकाइनु क.क्रि. खोक्न लाइनु; ख्वाकख्वाक गराइनु।
7782 खोकाउनु प्रे.क्रि. खोक्न लाउनु; ख्वाकख्वाक गराउनु।
7783 खोकार ना. खेतमा गरिने रोपाइँमा खोक वा साठा चलाउने हली।
7784 खोकिनु क.क्रि. ख्वाकख्वाक गरिनु, खोक्ने काम गरिनु।
7785 खोकिम ना. राता डाँठ, खस्रा, खैरा पात र खैरै फूल हुने, डाँठको तरकारी वा अचार बनाइने र जरा पिँधी हाड भाँचिएका ठाउँमा औषधीका रूपमा लगाइने एक बोट।
7786 खोकिलो ना. १. बाहुलावाल लुगाको काखीको भाग।
7787 खोकिलो ना. २. मान्छेको शरीरको काखीलगायत त्यसले स्पर्श गर्ने करङ आदिको भाग।
7788 खोकी ना. घाँटीमा खसखस लागेर निस्कने आवाज; खोक्ने रोग; काँसो।
7789 खोक्पा ना. जङ्गली जनावरले आधा खाई बाँकी छाडेको सिकार।
7790 खोक्रिनु अ.क्रि. १. भित्री गुदी वा सार नभएको हुनु; खोक्रो हुनु।
7791 खोक्रिनु अ.क्रि. २. खाली हुनु, रित्तो हुनु, रित्तिनु।
7792 खोक्रिनु अ.क्रि. ३. शक्ति वा सम्पत्ति नभएको हुनु।
7793 खोक्रे वि. रित्तिएको; खोक्रिएको; खोक्रो।
7794 खोक्रे सिमी ना. सेता फूल र लामालामा पुष्ट कोसा हुने सिमीको लहरो वा त्यसैका कोसाभित्रको दाना।
7795 खोक्रो वि. भित्रपट्टि खाली भएको; भित्र केही नभएको; रित्तो।
7796 खोक्य्राइ ना. खोक्रिने भाव, क्रिया वा प्रक्रिया।
7797 खोक्य्राइनु क.क्रि. खाली पारिनु, रित्याइनु, खोक्रो पारिनु।
7798 खोक्य्राउनु प्रे.क्रि. भित्र खाली पार्नु, रित्त्याउनु, खोक्रो पार्नु।
7799 खोखा ना. गोलीको खोल।
7800 खोङ्गी ना. कुखुरा हालिने चोयाको कोक्रो; फुर्लुङ।