Dictionary

All Word

7951 खोऱ्याइनु क.क्रि. खोऱ्याउने काम गरिनु, केरिनु, खेरिनु।
7952 खोऱ्याउनु स.क्रि. कुनै कुराको पत्तो लगाउन दोहऱ्याईतेहऱ्याई सोध्नु, कुनै अभियुक्तबाट उसले गरेको कसुरबारे यथावत् र विस्तृत जानकारी लिनाका लागि नाना तरहले सोधपुछ गर्नु, केर्नु; खेर्नु।
7953 खोर्सानी ना. तिहुन, तरकारी, अचार आदिमा हालिने र मसलाका रूपमा समेत लिइने लाम्चो, कोसाका आकारको, पिरो प्रसिद्ध फल।
7954 खोल्नु स.क्रि. १. बन्द भएको अवस्थाबाट खुला पार्नु, उघार्नु।
7955 खोल्नु स.क्रि. २. बन्धनबाट मुक्त पार्नु, फुक्का गर्नु वा छाडा गर्नु।
7956 खोल्नु स.क्रि. ३. नयाँ पसल, कारखाना, विद्यालय आदिको स्थापना गर्नु, उद्घाटन गर्नु।
7957 खोल्नु स.क्रि. ४. बन्द भएको कामकुरो फेरि सुरु गराउनु वा चलनमा ल्याउनु।
7958 खोल्नु स.क्रि. ५. निकाल्नु; आविष्कार गर्नु।
7959 खोल्नु स.क्रि. ६. दाम्लो, खोर आदिबाट फुक्का गर्नु, छाड्नु।
7960 खोल्नु स.क्रि. ७. कविता आदि वा कुनै शास्त्रीय विषयको स्पष्ट नभएको अर्थ स्पष्ट गराउनु; व्याख्या गर्नु।
7961 खोल्नु स.क्रि. ८. अनावृत गराउनु।
7962 खोल्नु स.क्रि. ९. दौडाउनु; कुदाउनु।
7963 खोल ना. कुनै वस्तुको बचाउ वा ढाकछोपका लागि तयार गरिने त्यसै आकारको कपडा, कागत आदिको थैलो।
7964 खोल ना. काठ कपेर ऐना वा फल्याक जड्न बनाइएको खोल्सो।
7965 खोलखाल ना. खोल्ने वा उघार्ने काम; उदाङ्गो पार्ने काम।
7966 खोले ठाकुर ना. धिमालजातिका ग्रामदेवता; थानपति देवता।
7967 खोलपाटो ना. खोलको एकापट्टिको भाग वा खण्ड; भित्र रुवा नपाँजिँदैका अवस्थाको खोल।
7968 खोलपाटो पर्नु टु. पटक्कै नमिल्नु, अमिल्दो हुनु।
7969 खोला ना. रक्सी खानका लागि प्रयोगमा ल्याइने सानो खालको कटौरा।
7970 खोला ना. १. सानोतिनो नदी, झन्डै नदीजस्तो सानो जलप्रवाह।
7971 खोला ना. २. खोलाको नजिक रहेको सानो बस्ती; नदीका नजिकको गाउँघर।
7972 खोलाइ ना. खोल्ने क्रिया वा प्रक्रिया।
7973 खोलाइनु क.क्रि. खोल्न वा उघार्न लाइनु।
7974 खोलाउनु प्रे. क्रि. खुला पार्न वा खोल्न लाउनु।
7975 खोलाखोली ना. सानाठुला धेरै खोला; सानाठुला खोलाहरूको समूह।
7976 खोलाटोला ना. खोलाको छेउछाउमा रहेको गाउँले बस्ती; पानीघाट र चरन एउटै भएको गाउँठाउँ।
7977 खोलाधोबी ना. खोलाटोलामा हुने एक किसिमको धोबीचरो।
7978 खोलानाला ना. नदी र नालाहरूको समूह; सानाठुला धेरै खोला; नदीनाला; खोलाखोली।
7979 खोली ना. १. खोपाएका रोगीलाई अरूका संसर्गमा आउन नदिई छुट्टै राख्न बनाइएको अस्थायी छाप्रो, खोपाउने वैद्यको थर्पु।
7980 खोली ना. २. सानो खोलो।
7981 खोली बाँसुरी ना. केही बाँकी नरहेका कुरा भएभरका जम्मै कुरा; सिरीखुरी।
7982 खोले ना. १. गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पिठो पकाइएको बाक्लो झोल ; कुँडो।
7983 खोले ना. २. प्रायः गरिबहरूले खाने, मकैको पिठो, कनिका, सागपात आदि मिसाएर पकाइएको लेदो खाद्य पदार्थ; फाँडो।
7984 खोले ना. वि. ३. सभ्यता नजानेको; अशिष्ट; गँवार (मानिस)।
7985 खोले ना. ४. कष्टले जीवननिर्वाह गर्ने, दुःखी।
7986 खोले खेत ना. खोलाको छेउछाउमा रहेको वा खोलाको पानी लाग्ने खेत; खोलाले छाडेको जमिन बिराएर बनाइएको खे।
7987 खोले फाँडो ना. पिठो, कनिका आदिमा साग सिस्नु मिसाई पकाइएको लेदो खाद्य पदार्थ, गरिबगुरुवाहरूको निम्न स्तरको भोजन।
7988 खोले भूत ना. लोकविश्वासअनुसार खोलानालामा हिँडडुल गर्ने एक किसिमको भू।
7989 खोलेस ना. कुखुरा आदिको ओथारो बस्ने ठाउँ।
7990 खोलो ना. १. सानोतिनो नदी, झन्डै नदीजस्तो सानो जलप्रवाह।
7991 खोलो ना. २. खोलाको नजिक रहेको सानो बस्ती; नदीका नजिकको गाउँघर।
7992 खोलो पैह्रो ना. वर्षा वा भल- बाढी आदिले गर्दा जग्गाजमिनलाई नोक्सान पुऱ्याउने किसिमको खोला र पहिरो; बाढीपैहो।
7993 खोल्मा ना. १. माथिल्लो तलामा खेतीपातीका सरसामान राख्न र तल्लो तलामा गाईभैँसी आदि बाँध्न हुने गरी घरआँगनछेउ बनाइएको सानो झुप्रो; तला भएको गोठ।
7994 खोल्मा ना. २. पाखाबाली राख्ने ठाउँ; खल्मा; उरिम |
7995 खोल्मे वि. खोल्माजस्तो; खोल्माका आकारको।
7996 खोल्याँसो ना. खेतका गरामा लागेको बेसी पानी निकाल्न गरैपिच्छे कुनै ठाउँ आलीको डिल काटेर बनाइएको निकास वा त्यस्तो पानी जाने ठाउँ; खोलिएको समाहा।
7997 खोल्याङ ना. एउटाभन्दा अर्को ससानो गरा हुँदै गएको खे।
7998 खोल्साखोल्सी ना. सानाठुला धेरै खोल्सा, खोल्साहरूको समूह।
7999 खोल्सिनु अ.क्रि. १. खोल्सो पर्नु, कुलेसो पर्नु।
8000 खोल्सिनु अ.क्रि. २. शरीरको अत्तरछाला वा रुखपातको बाहिरी पातलो बोक्रा उप्कनु।