Dictionary

All Word

7801 खोच ना. १. दुई पहाडका बिचको गहिरो र साँघुरो ठाउँ, खोच्याप्रो ठाउँ; खाँच।
7802 खोच ना. २. पहाडी ढालमा पानी बगेर गहिरिएको जमिन।
7803 खोच ना. ३. कुयँत्रो।
7804 खोचा ना. मरेका व्यक्तिको किरिया गर्दा एघारौँ दिनका दिन घडाका प्रतीक मानेर बगाइने एकसरो पातका तीन सय पैंसठ्ठीवटा दुना।
7805 खोचिनु अ.क्रि. गोडामा घाउचोट लाग्नाले वा कुनै कारणवश गोडा लामोछोटो हुनाले लेच्याएर वा खोच्याएर हिँड्ने हुनु।
7806 खोचे ना. माछा मार्ने साधन; सुँगो; खोतो।
7807 खोचे ना. राम्रो कुरोलाई पनि बङ्ग्याएर नराम्रो अर्थ निकाल्ने काम; निहुँ; बिङठ्याइँ; अड्को; खोते।
7808 खोचो ना. एकसरो पातबाट बनाइएको दुनु।
7809 खोच्याइ ना. खोचिने क्रिया वा प्रक्रिया |
7810 खोच्याइनु क.क्रि. हिँडिनु, लँगडाइनु।
7811 खोच्याउनु स.क्रि. गोडामा घाउचोट लाग्नाले वा गोडा लामोछोटो हुनाले लेच्याएर वा खोच्याएर हिँड्नु।
7812 खोच्याङखोच्याङ क्रि.वि. खोच्याउने गरी (लँगडो मानिस हिँड्ने चाल )।
7813 खोच्याङ्ग्रो वि. खोच्याएर हिँड्ने; लँगडो।
7814 खोच्याप्रो वि. खोच परेको (ठाउँ)।
7815 खोज्नु स.क्रि. १. हराएको वा पत्ता नलागेको वस्तु पत्ता लगाउने कोसिस गर्नु, खोजी गर्नु; तलास गर्नु; खोजतलास गर्नु।
7816 खोज्नु स.क्रि. २. कुनै कुरा पाउने चेष्टा गर्नु, अन्वेषण गर्नु।
7817 खोज्नु स.क्रि. ३. चाहना गर्नु; इच्छा गर्नु।
7818 खोज ना. खोज गर्ने काम; खोजी; अन्वेषण।
7819 खोजखबर ना. खोजतलास; खबर।
7820 खोजखाज ना. खोज्नेवर्ने काम; खोजतलास।
7821 खोजतलास ना. खोजी; खोजखबर।
7822 खोजमेल ना. खोजखाज ; खोजी; खोज्ने काम।
7823 खोजी ना. खोज्ने काम; खोज।
7824 खोजनिती/निधी ना. १. कुनै कामकुरामा चासो लिएर गरिने खोजी।
7825 खोजनिती/निधी ना. २. कुनै विषयको यथार्थ सोधपुछ।
7826 खोट ना. १. कुनै नराम्रो आरोप वा आक्षेप; दोष।
7827 खोट ना. २. अवगुण; दुर्गुण।
7828 खोट ना. ३. अपजस।
7829 खोटाकिला ना. पहिरो थाम्न वा नदी आदिका किनार बचाउन ठोकिने काठ, बाँस आदिका कीला वा घोचा।
7830 खोटाङ ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने सगरमाथा अञ्चलको एक पहाडी जिल्ला।
7831 खोटाचलन ना. १. निर्धारित गुणस्तरअनुरूप नभई प्रचलित कानुनका दृष्टिमा दोषयुक्त मानिने मालसामानको व्यवहार।
7832 खोटाचलन ना. २. सरकारबाट अनुमति नलिई ढक, माना, पाथी, गज, मिटर आदिको आफूखुसी गरिएको चलन।
7833 खोटाटक ना. कुनै व्यक्ति वा संस्थाले बनाएको अवैध रुपियाँ, मोहर, पैसा आदि।
7834 खोटिनु अ.क्रि. १. दोषयुक्त हुनु, खोटो हुनु।
7835 खोटिनु अ.क्रि. २. खर्च भएर कम हुनु, घट्नु, मासिनु।
7836 खोटिनु अ.क्रि. ३. खति हुनु, नोक्सान हुनु।
7837 खोटी वि. १. खोट भएको; दोषी।
7838 खोटी वि. २. साह्रै छुच्चो; कन्जुस।
7839 खोटी वि. ३. छोटो चित्त भएको; कपटी |
7840 खोटी ना. घाउमा लगाइने खोटोबाट बनेको एक प्रकारको औषधी।
7841 खोटेत्रो ना. वृक्षका फल वा हाँगाबिंगामा खोटो लाग्ने वा जम्ने रोग।
7842 खोटे सल्लो ना. खोटो निस्कने एक थरी सल्लो; औलेसल्लो; दियालेसल्लो।
7843 खोटो ना. १. सल्ला आदिको रुखमा चोट लागेर वा नलागेरै निस्कने लेस्याइलो पदार्थ, सुकेको वा नसुकेको त्यस्तो चोप।
7844 खोटो ना. २. लैना गाई-भैंसी आदिको दुध पग्रनुभन्दा अगाडि आउने च्याटच्याटे पदार्।
7845 खोटो वि. १. व्यवहारमा नचल्ने; दाग लागेको; दागी (रुपियाँ, पैसा, टिकट आदि)।
7846 खोटो वि. २. खोट लागेको ; दोषी।
7847 खोटो वि. ३. काम नलाग्ने; खराब (मालमत्ता आदि)।
7848 खोट्याइ ना. खोट्याउने क्रिया वा प्रक्रिया।
7849 खोट्याइनु क.क्रि. मास्ने काम गरिनु; घटाइनु।
7850 खोट्याउनु स.क्रि. १. खर्च गर्नु, मास्तु।