Dictionary

All Word

8101 खौल्याउनु प्रे.क्रि. खौलामा पार्नु, भड्खारामा जाक्नु।
8102 खौवा वि. धेरै खाने, खन्चुवा; खवैया।
8103 ख्याँच्नु स.क्रि. १. कुनै बाजीमा प्रतियोगीलाई पछार्नु; प्रतियोगितामा जित्नु।
8104 ख्याँच्नु स.क्रि. २. दबाउनु; सताउनु।
8105 ख्याँचिनु क.क्रि. ख्याँच्ने काम गरिनु।
8106 ख्याइनु क.क्रि. १. नदीमा डुङ्गा, नाउ आदि चलाइनु; खियाइनु।
8107 ख्याइनु क.क्रि. २. खिइने पारिनु; खियाइनु।
8108 ख्याउनु स.क्रि. डुङ्गा आदि चलाउनु; खियाउनु।
8109 ख्याउनु प्रे.क्रि. खिइने पार्नु, खियाउनु।
8110 ख्याउटी वि. पातलो शरीरकी; दुब्ली ; सिकटी।
8111 ख्याउटे वि. दुब्लो र पातलो शरीर भएको; गाला भित्र पसेको; सिकटो; सिकटे; ख्याउटो।
8112 ख्याउटो वि. पातलो र दुब्लो शरीर भएको; सिकटे।
8113 ख्याक ना. १. प्रायः सहरका पुराना ठुला घरका अँध्यारो कुनामा बस्ने र तर्साउने भनिएको भू।
8114 ख्याक ना. वि. २. साह्रै दुब्लो र बुढो।
8115 ख्याकख्याक ना. १. खोक्ता घाँटीबाट निस्कने आवाज।
8116 ख्याकख्याक ना. क्रि.वि. २. ख्याकख्याक आवाज आउने गरी।
8117 ख्याकख्याके ना. ख्याकख्याक गरेर कराउने, स्यालजस्तो र स्यालकै जातको जङ्गली जन्तु; हाप्सिलो।
8118 ख्यात वि. ख्याति कमाएको; नाउँ चलेको; विख्यात; प्रसिद्ध।
8119 ख्यातनामा वि. नाम चलेको; यश वा कीर्ति फैलिएको।
8120 ख्याति ना. नाउँ चल्ने क्रिया वा अवस्था; सिद्धि।
8121 ख्याप्टो वि. पातलो र दुब्लो शरीर भएको; सिकटे।
8122 ख्याप्लाक्क क्रि.वि. हाडछाला किङ्ग्रिङ देखिने गरी (दुब्लाउने किसिम)।
8123 ख्याम्सो वि. १. निर्धो; लुलो।
8124 ख्याम्सो वि. २. दुब्लो, पातलो।
8125 ख्याल ना. १. विचार, विवेक, सोचाइ।
8126 ख्याल ना. २. सम्झना; समझ।
8127 ख्याल ना. १. गम्भीरतासाथ नलिइने वा जिस्किने र रमाइने कुरो ठट्टा; हँसीदिल्लगी।
8128 ख्याल ना. २ खेलबाड; खेलाँची; हेलचेक्य्राइँ।
8129 ख्याल ना. ३. ज्यादै तन्काइएको लयमा गाइने प्रणाली।
8130 ख्यालठट्टा ना. हँसीदिल्लगी; ठट्टा; ख्याल।
8131 ख्याली ना. १. विशेष चाडपर्वमा वा पूजाआजामा खैँजडी, मजुरा आदि बजाउँदै गाइने लोकगीत ; चुड्का।
8132 ख्याली ना. २. तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी |
8133 ख्याली ना. वि. ३. खुब ख्यालठट्टा गर्ने स्वभावको; ठट्यौलो।
8134 ख्यासख्यास क्रि.वि. १. छिटोछिटोसँग वा मन नलगाई (कुनै कुरा लेख्ने किसिम )।
8135 ख्यासख्यास क्रि.वि. २. घाँटीमा सकसक लाग्ने गरी।
8136 ख्यासख्यास क्रि.वि. ३. मनै नदिई (कुनै वस्तु रगड्ने किसिम)।
8137 ख्यास्स क्रि.वि. १. बेवास्ता झल्कने गरी (नरम वस्तुमा कुनै तिखो, साह्रो वस्तु घुसार्ने किसिम )।
8138 ख्यास्स क्रि.वि. २. रगड्ने चालले।
8139 ख्यास्सिनु अ.क्रि. तलतिर लाग्नु, उँधो झर्नु, लछारपाटो लाउनु।
8140 ख्रिस्टीय वि. १. ख्रिस्टसँग सम्बन्धित; इसासम्बन्धी।
8141 ख्रिस्टीय वि. २. क्राइस्टको जन्मदिनदेखि गणना गरिएको।
8142 ख्वाँट्टा वि. १. आलोपालो गरी खेलिने खेलमा सबैभन्दा पछि पालो आउने।
8143 ख्वाँट्टा वि. ना. २. सबभन्दा पछिल्लो खेलाडी।
8144 ख्वाकख्वाक क्रि.वि. १. घाँटीबाट लगातार खोकेको जस्तो धोत्रो आवाज निस्कने गरी; ख्याकख्याक।
8145 ख्वाकख्वाक क्रि.वि. २. लगातार आवाज आउने गरी (खोक्ने किसिम)।
8146 ख्याक्क क्रि.वि. खोक्ता घाँटीबाट धोत्रो, कम्पित, तिखो आवाज आउने गरी।
8147 ख्वाट्ट क्रि.वि. केही नगरीकन; अनायासमै (कुनै काम हुने किसिम)।
8148 ख्वातख्वात क्रि.वि. कुनै लेदो वस्तु खस्ता आवाज आउने गरी।
8149 ख्वातख्वाती क्रि.वि. अझै चड्कासित ख्वात ख्वात हुने गरी।
8150 ख्वात्त क्रि.वि. सबै रित्तिने गरी (कुनै पन्यालो पदार्थ खसाउने वा खन्याउने किसिम)।