Dictionary

All Word

83151 विभा ना. कान्ति, दीप्ति, प्रभा, चमक।
83152 विभा ना. २. किरण, प्रकाश, तेज।
83153 विभा ना. ३. सौन्दर्य।
83154 विभाकर ना. सूर्य, घाम।
83155 विभाकर ना. २. आगो, अग्नि।
83156 विभाग ना. एकएक गरी अलग्ग्याउने वा बाँड्ने काम, विभाजन।
83157 विभाग ना. २. अंश, भाग, हिस्सा।
83158 विभाग ना. ३. पुस्तकको उपशीर्षक वा प्रकरण अध्याय, परिच्छेद।
83159 विभाग ना. ४. छुट्ट्याउने वा अलगअलग पार्ने काम, पृथक्करण।
83160 विभाग ना. ५. शिक्षणसंस्थामा सुविधाका लागि तर्जुमा गरिएको विषयगत कार्यक्षेत्र (जस्तो नेपाली विभाग, अङ्ग्रेजी विभाग आदि); मन्त्रालय वा अड्डाअदालतमा कामको बाँडफाँडका लागि अलग्ग्याइएको क्षेत्र (जस्तो शिक्षा विभाग, सूचना - विभाग इ.)।
83161 विभागाध्यक्ष ना. कुनै विभागको प्रमुख अधिकारी, विभागीय प्रमुख।
83162 विभागीय वि. विभागको, विभागसम्बन्धी।
83163 विभागीय अधिकृत ना. कुनै विभागको प्रशासक वा हाकिम।
83164 विभागीय आदेश ना. कुनै कामकारबाईका विषयमा विभागले दिएको आदेश।
83165 विभागीय कारबाई ना. कर्मचारीमाथि विभागीय प्रमुखमा रहेको अधिकारअनुसार गरिने सजायसम्बन्धी कारबाई।
83166 विभागीय कारबाई ना. २. सम्बन्धित विभागबाट नै टुङ्गो लाग्ने कामकुरो।
83167 विभागीय प्रमुख ना. कुनै विभागको अध्यक्ष वा प्रधान अधिकारी,विभागाध्यक्ष।
83168 विभाजक वि. बाँडफाँड गर्ने, बाँड्ने वा विभाजन गर्ने।
83169 विभाजक वि. २. टुक्रा पार्ने, अलगअलग गराउने।
83170 विभाजक वि. ३. फुटाउने, बेमेल गराउने।
83171 विभाजन वि. बाँड्ने काम भाग लाग्ने काम, बाँडचुँड।
83172 विभाजन वि. २. विभागविभागको कार्य निर्धारण गर्ने काम।
83173 विभाजन घण्टी ना. विधायिका सभामा प्रस्तुत कुनै प्रस्तावबारे विवाद सकिएपछि सभाको मत जान्न भिन्नभिन्न समूहमा विभक्त आआफ्नो स्थान ग्रहण गर्न सूचना दिने घण्टी।
83174 विभाजित वि. विभाजन गरिएको, बाँडिएको, विभक्।
83175 विभाजित वि. २. अलग्याइएको, छुट्ट्याइएको।
83176 विभाज्य वि. बाँडफाँड गर्न सुहाउँदो, भाग लगाउन योग्य।
83177 विभाज्य वि. २. अलग्याउनुपर्ने, छुट्ट्याउनुपर्ने।
83178 विभाव ना. कारण, निदान।
83179 विभाव ना. २. रसनिष्पत्तिका क्रममा रति, शोक आदि स्थायी भावको उद्दीपक वा आधारका रूपमा रहेका संवेदनशील भाव, रसपरिपाकमा कारणकोटिका भाव (आलम्बनविभाव वा उद्दीपनविभाव )।
83180 विभावना ना. अनुगामी वा प्रतिगामी अनुभूतिहरूको शृङ्खला, कल्पना, सोचाइ २. आशय, विवेक विचार।
83181 विभावना ना. ३. वादविवाद, पक्षविपक्षबारे उठेको तर्क।
83182 विभावना ना. ४. मनन, चिन्तन।
83183 विभावना ना. ५. कारणविना पनि कार्यको वर्णन गरिने एक अर्थालङ्कार।
83184 विभावरी ना. रात्रि, रा।
83185 विभावरी ना. २. तारा चम्केको रा।
83186 विभावरी ना. ३. वेश्या, कुलटा।
83187 विभावरी ना. ४. मुखाले स्त्री, कुटिल नारी।
83188 विभावित वि. देखाइएको, प्रकट गरिएको, व्यक्।
83189 विभावित वि. २. जानेबुझेको, थाहा पाएको, विज्ञा।
83190 विभावित वि. ३. सोचिएको।
83191 विभाषा ना. कुनै दुई पक्षमध्ये एक विकल्प, अथवा।
83192 विभाषा ना. २. छान्ने वा रोज्ने काम छनोट, चयन।
83193 विभाषा ना. ३. अतिरिक्त भाषा एक प्रकारको प्राकृत भाषा।
83194 विभाषी वि. बेग्लै मातृभाषा भएको, अर्कै भाषा बोल्ने, विमातृभाषी।
83195 विभास ना. चमक, प्रकाश, कान्ति।
83196 विभास ना. २. बिहानीपख गाइने एक प्रार्थनागीत, प्रभाती गी।
83197 विभास ना. ३. मारुनीनाच अन्तर्गत गाइने एकथरी राग।
83198 विभिन्न वि. किसिमकिसिमको, धेरै प्रकारको, थरीथरी।
83199 विभिन्न वि. २. अलग, भिन्न, पृथक्।
83200 विभिन्न वि. ३. मिसिएको मिसौटो मिश्रि।