Dictionary

All Word

83301 विमल वि. ३. विशुद्ध, पवित्र।
83302 विमल वि. ४. दाग नभएको, निष्कलङ्क निर्दोष।
83303 विमल वि. ५. राम्र, सुन्दर।
83304 विमल वि. ना. ६. चाँदीको मुलम्मा।
83305 विमल वि. ७. अभ्रख।
83306 विमला ना. बौद्ध धर्मको महायान र वज्रयानको दशभूमि त्रयोदश भूमिको दोस्रो भूमि।
83307 विमला ना. २. सरस्वती।
83308 विमला ना. वि. ३. मल नभएकी।
83309 विम्ब ना. हे. बिम्ब।
83310 विम्बित वि. बिम्बि।
83311 विमाता ना. सौतेनी आमा, अर्की आमा।
83312 विमातृ ना. विमाता।
83313 विमातृभाषी वि. आफ्नो मातृभाषाबाहेक कुनै अर्को भाषाको व्यवहार गर्ने अन्य भाषा बोल्ने, विभाषी।
83314 विमान ना. आकाशमार्गबाट जाने सवारी, व्योमयान, हवाईजहाज, वायुयान।
83315 विमान ना. २. मुर्दा बोक्ने खट, अर्थी।
83316 विमान ना. ३. साततले दरबार धेरै तला भएको महल।
83317 विमान ना. ४. अपमान, हेला, अनादर।
83318 विमान अपहरण ना. कुनै प्रतिकारात्मक भावना वा ठुलो मागको पूर्तिका निम्ति हवाईजहाजका चालकलाई धम्काएर आफ्नो अनुकूल परेको विमानस्थलमा सो जहाज उतार्न लगाउने काम विमानलाई अपहरण गर्ने काम।
83319 विमानघाट ना. हवाईजहाज बस्न र उड्न मिल्ने गरी बनाइएको ठाउँ; विमानस्थल।
83320 विमान झ्याल सानो झ्याल, सन्भयाल।
83321 विमान परिचारिका ना. हवाईजहाजका यात्रीहरूको रेखदेख गर्ने नारी।
83322 विमानभेदी वि. उडिरहेको विमानलाई खसाल्न सक्ने (अस्त्र, तोप आदि)।
83323 विमानस्थल / स्थान ना. हवाईजहाज उडाउने र बसाउने ठाउँ, विमानघाट, हवाईमैदान।
83324 विमानित वि. मानहानि गरिएको हेला गरिएको, अपमानित,उपेक्षि।
83325 विमार्ग ना. खराब बाटो, कुमार्ग अबाटो।
83326 विमार्जन ना. धुने वा पखाल्ने काम, सफा गर्ने काम।
83327 विमार्जन ना. २. पवित्र पार्ने काम, विशोधन।
83328 विमार्जन ना. ३. बढार्ने काम।
83329 विमुक्त वि. राम्रोसँग मुक्त भएको, निर्मुक्।
83330 विमुक्त वि. २. स्वेच्छाचारी, स्वतन्त्र स्वच्छन्द।
83331 विमुक्त वि. ३. छाडिएको, परित्यक्।
83332 विमुक्त वि. ४. फ्याँकिएको, मिल्किएको।
83333 विमुक्ति ना. छुटकारा, कैदबाट मुक्ति, रिहाइ।
83334 विमुक्ति ना. २. जीवात्माले सांसारिक बन्धनबाट छुटकारा पाउने काम, निर्वाण, मुक्ति, मोक्ष।
83335 विमुख वि. विपरीत दिशातर्फ मुख भएको, पछिल्तिर मुख मोडेको पराङ्मुख।
83336 विमुख वि. २. निराश, हताश।
83337 विमुख वि. ३. उदासीन, विरक्।
83338 विमुख वि. ४. उल्टो प्रतिकूल।
83339 विमुख वि. ५. बेखुस अप्रसन्न ६ मुख नभएको।
83340 विमुग्ध वि. ज्यादै मोहित, लट्ठ।
83341 विमुग्ध वि. २. भ्रममा परेको, भ्रान्।
83342 विमुग्ध वि. ३. आत्तिएको, अतालिएको।
83343 विमुग्ध वि. ४. केही नजान्ने मूढ।
83344 विमुद्रीकरण ना. मुद्राको वैधता खतम गर्ने काम, विशेष स्थितिमा कुनै मुद्रा वा नोटको प्रचलन अवैध गर्ने काम।
83345 विमुद्रीकृत वि. सरकारी आदेशबाट कुनै मुद्रा नचल्ने गराइएको, खोटो तुल्याइएको।
83346 विमूढ वि. मोहमा फसेको, ज्यादै मोहि।
83347 विमूढ वि. २. मन्द बुद्धि भएको, अबुझ , मुर्ख।
83348 विमोक्ष ना. सांसारिक मायाबन्धनबाट छुटकारा पाउने काम,मोक्ष, मुक्ति।
83349 विमोक्षण ना. मोक्ष, मुक्ति।
83350 विमोक्षण ना. २. अस्त्र आदि छाड्ने काम।