Dictionary

All Word

87801 सत्त्व ना. ६. स्वभाव; प्रकृति।
87802 सत्त्व ना. ७. जल, वायु, तेज आदि पदार्थ; मूल तत्त्व।
87803 सत्त्व ना. ८. सहज स्वभाव; यथार्थ अवस्था।
87804 सत्त्व ना. मृत आत्मा; भू।
87805 सत्त्वगुण ना. चिर अस्तित्वका लागि आवश्यक वा राम्रो काममा प्रवृत्त तुल्याउने गुण; प्रकृतिका तीन गुणमध्ये उत्तम गुण।
87806 सत्त्वगुणी वि. सत्त्वगुणले युक्त; सत्त्वगुण भएको।
87807 सत्त्वगुणी वि. २. उत्तम प्रकृतिको; साधु तथा विवेकी।
87808 सत्पथ ना. असल बाटो; सन्मार्ग; सदाचार।
87809 सत्पात्र ना. कुनै वस्तु अर्पन वा विश्वास गर्न योग्य पात्र; असल व्यक्ति; सज्जन।
87810 सत्पुरुष ना. राम्रो बाटोमा लागेको असल मानिस; सत्पात्र; सज्जन; भलादमी।
87811 सत्यं शिवं सुन्दरम् ना. ज्ञानका क्षेत्रमा मानवताको उत्कृष्ट आदर्श व्यक्त गर्ने सत्य प्रतिष्ठापूर्ण, शिव कल्याणमय र सुन्दर सौन्दर्यप्रिय हुनाको अर्थ द्योतित भएको र चिन्तनमा सत्य, कर्ममा शिवत्व र प्रत्यक्षमा सौन्दर्यको तत्त्वबोध हुने एक सूत्र।
87812 सत्य वि. जस्तो हुनुपर्छ त्यस्तै वा सन्देह नभएको; साँचो; सच्चा; वास्तविक; यथार्।
87813 सत्य वि. २. पत्याउन सकिने; विश्वस्त; इमान्दार।
87814 सत्य वि. ३. सद्गुणसम्पन्न; धर्मात्मा।
87815 सत्य वि. ना. ४. सत्य, त्रेता, द्वापर र कलि चार युगमध्ये पहिलो युग।
87816 सत्य वि. ५. पुराणअनुसार पृथ्वीउँभोको सात लोकमध्ये सबभन्दा माथिल्लो लोक।
87817 सत्य वि. ६. वास्तविक वा प्रामाणिक सिद्धान्।
87818 सत्य वि. ७. साँचो कुरो वा स्थिति; यथार्थता; साँचोपन।
87819 सत्य वि. ८. कुनै कुरो पूरा गर्न बोलिने वचन; कबुल; प्रतिज्ञा।
87820 सत्य वि. ९. कसैलाई विश्वस्त पार्न किरिया हाल्दा व्यक्त हुने शब्द; सत्ते।
87821 सत्यकाम वि. सत्य वा सत्य वस्तुको कामना गर्ने; सत्यको अन्वेषी; सत्यप्रेमी।
87822 सत्यता ना. साँचो हुनाको गुण वा स्थिति; साँचोपन; सच्चाइ।
87823 सत्यता ना. २. जस्तो हुनुपर्छ त्यस्तै हुने प्रक्रिया; वास्तविकता; यथार्थता।
87824 सत्यनारायण ना. सत्यबाट प्रसन्न हुने र सन्तुष्ट रहने भनी प्रसिद्ध विष्णुको एक नाम; सत्तेनारान ( कथ्य.)।
87825 सत्यनिष्ठ वि. सत्यमा रहेको; सत्यको पालना गर्ने; सत्यवान्।
87826 सत्यप्रतिज्ञ वि. आफूले बोलेको वा कबुलेको कुरो कुनै किसिमले पनि पुऱ्याइछोड्ने; वचनको पक्का।
87827 सत्ययुग ना. सत्य, त्रेता, द्वापर र कलि चार युगमध्ये पहिलो युग; कृतयुग।
87828 सत्यलोक ना. पुराणका अनुसार पृथ्वीउँभो रहेका सात लोकमध्ये सबभन्दा माथिल्लो लोक।
87829 सत्यवक्ता वि. साँचो बोल्ने; सत्यवादी।
87830 सत्यवती वि. सत्यमा अडिग रहने (स्त्री)।
87831 सत्यवती वि. ना. २. पराशर ऋषिद्वारा माझीपुत्री मत्स्यगन्धाको पहिलेको नाउँ फेरिएकी, महाभारत र पुराणका रचयिता व्यासकी आमा; भीष्मकी विमाता।
87832 सत्यवती ताल ना. नेपालको पाल्पा जिल्लामा तानसेनदेखि दक्षिणपश्चिम भागमा रहेको एक ताल।
87833 सत्यवादी वि. सधैँ साँचो बोल्ने; सत्यवक्ता।
87834 सत्यवादी वि. २. आफ्नो प्रतिज्ञामा दृढ रहने।
87835 सत्यवान् वि. सत्यको आचरण तथा पालना गर्ने; सत्यमा अडिग रहने।
87836 सत्यवान् वि. ना. २. पुराणप्रसिद्ध शाल्व देशका एक राजकुमार; सावित्रीका पति।
87837 सत्यव्रत ना. सत्यको पालन गर्ने नियम वा व्र।
87838 सत्यव्रत ना. २. पुराणप्रसिद्ध एक राजर्षिको नाम।
87839 सत्यव्रत ना. वि. ३ सधैँ साँचो व्यवहार गर्ने व्रत लिएको; सत्यनिष्ठ।
87840 सत्यव्रती सत्यव्रत ग्रहण गरेको; सत्यव्रतमा रहने।
87841 सत्यहाङमा ना. लिम्बूजातिको महात्मा पण्डित तपस्वी र आबाल ब्रह्मचारी फाल्गुनन्दले चलाएको धार्मिक पन्।
87842 सत्याग्रह ना. राजनीतिका क्षेत्रमा कुनै असल व्यवस्था वा न्याससङ्गत पक्षको स्थापनाका लागि सत्ताधिकारीसमक्ष असन्तोष, विरोध आदि प्रकट गर्ने वा आफ्ना मागको प्रभाव पार्ने गरी शान्तिपूर्वक अड्डी लिएर बस्ने काम; सत्य कुराको रक्षा वा पालनका निम्ति गरिने आग्रह।
87843 सत्याग्रही वि. सत्याग्रह गर्ने।
87844 सत्यानाश ना. मूलैदेखि नाश; सर्वनाश; ठुलो बरबादी; ध्वंस।
87845 सत्यानाशी वि. सत्यानाश पार्ने; सत्यानाश गर्ने।
87846 सत्यापन ना. कुनै भनाइको सत्यता प्रमाणित गर्ने काम;आवश्यक कुराको जाँचपडतालपछि पत्ता लगाइने सत्यता।
87847 सत्यापन ना. २. सत्यको पालना वा निर्वाह गर्ने काम।
87848 सत्र ना. सोह्रपछिको सङ्ख्या वा गन्ती; १७-को अङ्क।
87849 सत्र ना. २. तास, पासा आदि खेलको दाउविशेष।
87850 सत्र ना. ३. मनमाफिकको सन्जोग; राम्रो मौका; फलिफाप।