Dictionary

All Word

87951 सद्व्रत ना. असल व्रत; उत्तम नियमनिष्ठा; सदाचार।
87952 सद्व्रत ना. वि. २. सद्व्रती।
87953 सद्व्रती वि. सद्व्रत ग्रहण गरेको; उत्तम व्रत लिएको; सदाचारी।
87954 सद्धर्मी वि. एउटै धर्म मान्ने; समान धर्म भएको; उही मत वा सम्प्रदायको।
87955 सधवा वि. पति जीवित भएकी; पोइ बाँचिरहेकी; सौभाग्यवती; सधुवा।
87956 सधवा वि. ना. २. त्यस्ती स्त्री।
87957 सधाइ ना. साध्ने भाव, क्रिया वा प्रक्रिया।
87958 सधाइ ना. [सधाउ + आइ] २. सघाउने भाव, क्रिया वा प्रक्रिया; आदेश वा आज्ञा लिने काम।
87959 सधाइनु क.क्रि. सधाउने काम गरिनु।
87960 सधाइनु क.क्रि. २. साध्न लाइनु।
87961 सधाइ सिकाइ ना. सधाउने र सिकाउने काम; शारीरिक तथा व्यावहारिक शिक्षा।
87962 सधाउनु स.क्रि. कुनै काममा तालिम गर्नु वा शिक्षा दिई त्यसैअनुसार काम गर्ने बनाउनु।
87963 सधाउनु स.क्रि. २. शिल्प आदि कार्यमा हात बसाउनु।
87964 सधाउनु स.क्रि. ३. घोडा, हात्ती, गोरु आदि पशुलाई आफूले चाहेअनुसार हिँड्ने वा काम गर्ने पार्नु।
87965 सधाउनु स.क्रि. ४. कुनै काममा लाग्न जिउलाई बानी पार्नु; सुधार्नु।
87966 सधाउनु स.क्रि. ५. पुरानो वा बिग्रेको वस्तुलाई नयाँ वा काम लाग्ने बनाउनु; सच्याउनु।
87967 सधाउनु स.क्रि. ६. लगानीमा गएको वा डुबेको धन उठाउनु।
87968 सधान वि. काममा लागेको वा लगाइएको; कायम भएको।
87969 सधान वि. २. साध्ने काम; सधाइ।
87970 सधिनु अ.क्रि. सधाउने काम हुनु; साधिनु।
87971 सधुक्कडी वि. सन्तसाधुका ढाँचाको वा उनीहरूले बोल्ने (भाषा, बोली इत्यादि)।
87972 सधुक्कडी भाषा ना. विभिन्न भाषाको मिश्रणले गर्दा कुनै भाषाको मूल रूपभन्दा भिन्न भएको, साधुहरूले बोल्ने भाषा।
87973 सधुवा / सधुवी ना. सधवा।
87974 सधूम वि. धुवाँसहितको; धुवाँयुक्त; धुवाँ उठेको।
87975 सधैँ वि. सदा; नित्य; लगातार।
87976 सधैँ वि. (उदा.- सधैँ खाने गरे विष पनि पच्छ।
87977 सधैँ वि. सधैँको स्याहार चोर आउँदा बिस्याहार- उखान।
87978 सधैँभरि क्रि.वि. अटुट रूपले; सदाकाल।
87979 सन् ना. इस्वी साल वा वर्ष; अङ्ग्रेजी संवत्।
87980 सन ना. खण्डाकार पात हुने र पहेँला, सेता वा निला फूल फुल्ने एक जातको लङ्गुरे बोट वा त्यसैका बोक्रा कुहाएर निकालिने राम्रो टल्कने पाट।
87981 सनई ना. विवाह, व्रतबन्ध आदि मङ्गल कार्य वा मुहूर्तमा फुकेर बजाइने सातवटा प्वाल भएको प्रसिद्ध बाजा; पञ्चैबाजा वा नौमती बाजाको मुख्य स्वरबाजा; सनही।
87982 सनक ना. रिसको आवेग; झोक।
87983 सनक ना. २. मनको एकोहोरो ताना; धुन।
87984 सनक ना. (उदा.- सनक चढाएर मात्र हुँदैन, बुद्धि पनि खियाउनुपर्छ)।
87985 सनक ना. ब्रह्माका सनकादि चार मानसपुत्रमध्ये एक।
87986 सनकादि ना. ब्रह्माका चार मानसपुत्रको नाम ( क्रमशः सनक, सनन्दन, सनातन र सनत्कुमार)।
87987 सनकी वि. सनक चढेको; सन्की।
87988 सनक्क क्रि.वि. एक्कासि मानसिक आवेग उठ्ने चालले; सन्कने गरेर।
87989 सनक्क क्रि.वि. २. सबै एकै खेप पिइसक्ने गरी।
87990 सनद ना. कुनै कामको निकासापुकासा वा बन्दोबस्तका बारेमा दिइने सरकारी आज्ञापत्र; राजाज्ञाको प्रमाण; रुक्का।
87991 सनदपत्र ना. सनदको कागत वा पुर्जी; राजाज्ञाको प्रमाणपत्र।
87992 सनदपुर्जी ना. राणाशासन-कालमा प्राइम मिनिस्टर वा मुख्तियारको छाप लागेको आडरपुर्जी वा बडापत्र।
87993 सनद सवाल ना. सनद र सवाल।
87994 सनपाट ना. सनका बोक्राबाट बनाइएको पाट।
87995 सनसन क्रि.वि. दुध, पानी आदि छिटोछिटो पिउने गरी।
87996 सनसन क्रि.वि. २. बाण, गोली आदि चल्दा शब्द निस्के झैँ गरेर।
87997 सनसन क्रि.वि. ३. हावा चल्दा शब्द आए झैँ गरी।
87998 सनसनती क्रि.वि. अझ छिटो सनसन हुने गरी।
87999 सनसनाहट ना. सनसन हुने चाल वा शब्द।
88000 सनसनी क्रि.वि. सनसनती।