Dictionary

All Word

87701 सतराज ना. एक जातको धानविशेष।
87702 सतर्क वि. तर्कपूर्ण वा युक्तियुक्त; तर्क गर्नमा सिपालु।
87703 सतर्क वि. २. जोगिएर रहने; सचेत; सावधान।
87704 सतर्कता ना. सतर्क हुनाको भाव, गुण वा अवस्था; सावधानी।
87705 सतसट्ठिऔँ / सतसट्ठियौँ वि. सतसट्ठी सङ्ख्यामा पर्ने; सतसट्ठी सङ्ख्याको।
87706 सतसट्ठी ना. छयसट्ठीपछिको सङ्ख्या वा गन्ती; ६७-को अङ्क।
87707 सतसट्ठी ना. वि. २. साठी र सात जोड्दा हुने सङ्ख्याको।
87708 सतसट्ठीऔं / सतसट्ठीयौं वि. हे. सतसट्ठिऔँ।
87709 सतह ना. कुनै वस्तुको माथिल्लो तहसम्म भएको भाग; माथिल्लो तह।
87710 सतह डाँक ना. जमिनबाट ल्याइने, लगिने वा ओसारपसार गरिने चिठीपत्र आदि हुलाक।
87711 सतहत्तर ना. छयहत्तरपछिको सङ्ख्या वा गन्ती; ७७-को अङ्क।
87712 सतहत्तर ना. वि. २. सत्तरी र सात जोड्दा हुने सङ्ख्याको।
87713 सतहत्तरौँ वि. सतहत्तर सङ्ख्यामा पर्ने; सतहत्तर सङ्ख्याको।
87714 सतही वि. सतहको; सतहसम्बन्धी।
87715 सतही भूक्षय ना. सतहको जमिन खिइँदै वा नासिँदै जाने काम।
87716 सताइ ना. सताउने भाव, क्रिया वा प्रक्रिया।
87717 सताइनु क.क्रि. सताउने काम गरिनु।
87718 सताउनु स.क्रि. अरूलाई कारण वा अकारण दुःख दिनु; सासना दिनु।
87719 सताउनु स.क्रि. २. पिरोल्ने काम गर्नु; हैरान पार्नु।
87720 सतार ना. विशेष गरेर नेपालको पूर्वी तराई झापा जिल्लामा बस्ने एक जाति।
87721 सतार वि. अग्लो र मोटोघाटो; खुब सप्रेको।
87722 सतार वि. २. लाज नभएको; नकच्चरो।
87723 सतार वि. ३. कसैलाई नटेर्ने; उन्मत्त ।
87724 सतार वि. ना. ४. एक गाउँको नाम।
87725 सतार्नी ना. फौजदारी अड्डामा बापतीलाई केर्ने स्त्री (नुवाकोट जिल्लाको तामे सतार गाउँकी गङ्गी खड्किनी फौजदारी अड्डामा सर्वप्रथम त्यस्तो काम गर्ने सिपाहीको पदमा भर्ना भएकीले त्यसै सन्दर्भअनुसार)।
87726 सतार्नी ना. वि. २. लाज नभएकी; निर्लज्ज; बेसरम (स्त्री)।
87727 सतास ना. नदीले बगाई खेतमा फ्याँकेको काठकसिङ्गर; घाँसफुस आदि वस्तु।
87728 सतास ना. वि. २. खुब सप्रेको वा बढेको (बाली)।
87729 सतासिनु अ.क्रि. बाली खुबसित सप्रनु; हल्कनु वा बढ्नु।
87730 सतासिऔँ / सतासियौँ वि. सतासी सङ्ख्यामा पर्ने; सतासी सङ्ख्याको।
87731 सतासी ना. छयासीपछिको सङ्ख्या वा गन्ती; ८७-को अङ्क।
87732 सतासी ना. वि. २. असी र सात जोड्दा हुने वा त्यति सङ्ख्याको।
87733 सतासीऔँ/ सतासीयौँ वि. हे. सतासिऔँ।
87734 सतास्याइ ना. सतासिने भाव, क्रिया वा प्रक्रिया।
87735 सतिबयर ना. भेट्नैपिच्छे तीनतीनवटा पात लाग्ने, पहेँला वा राता फूल फुल्ने, मसिना अमिला दाना फल्ने एक जातको बोट वा त्यसैको फल।
87736 सतिसाल ना. मसिना बाटुलिएका पात हुने, कोसारूपमा लाम्चा फल फल्ने, चुरो खुब बलियो हुने एक जातको रुख; तमाल।
87737 सती ना. आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी।
87738 सती ना. २. पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री।
87739 सती ना. ३. दक्षप्रजापतिकी कन्याको नाम; महादेवकी जेठी पत्नी।
87740 सती ना. ४. दुर्गा।
87741 सतीत्व ना. सती स्त्रीमा रहने गुण; पातिव्रत्य।
87742 सतीत्व प्रथा ना. विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने प्रथा (यो प्रथा नेपालमा १९७७ सालको असार २५ गतेदेखि ऐनद्वारा निषेध गरी बन्द भएको छ)।
87743 सतुवा ना. सातु; सत्तू।
87744 सतुवा ना. तलादार पात र रछायाँ भावको डाँठ हुने, भेट्नु भएका फूल फुल्ने र फूलका बिचमा पहेँलो हरियो हुने एक जातको बोट वा बुटी।
87745 सतृष्ण वि. तृष्णाले युक्त; चाहना भएको।
87746 सतृष्ण वि. २. तिर्खाएको; तिर्खालु।
87747 सतृष्ण वि. ३. साह्रै इच्छुक।
87748 सतेहास ना. थारूजातिका स्त्रीहरूले गलादेखि छातीसम्म लटकिने गरी लगाउने एक प्रकारको गहना।
87749 सतोसत क्रि.वि. किरिया हाल्दा सत्यताको प्रण गर्दा जोड दिएर भनिने शब्द; सत्ते; धरोधर्म (उदा. -बिनसित्ति किन दोष लगाउनुहुन्छ ? सतोसत तपाईंलाई मैले केही भनेको छैन !)।
87750 सत्कर्ता वि. सत्कार वा मानमिजास गर्ने; आदरभाउ राख्ने।