Dictionary

All Word

87851 सत्र ना. विद्यालयमहाविद्यालय आदिको पढाइ हुने समय वा कार्यावधि; शैक्षिक वर्ष ।
87852 सत्र ना. २. सभा, संस्था आदिको केही समयसम्म नियमित रूपले तथा निरन्तर हुने बैठक वा अधिवेशन।
87853 सत्र ना. ३. तेह्र दिनदेखि सय दिनभित्रमा समाप्त गरिने एक यज्ञ; होम।
87854 सत्र ना. ४. महात्मा, साधु वा असमर्थ गरिबहरूलाई नियमित रूपले भोजन दिइनेबाँडिने ठाउँ; सदावर्त; दानपुण्य।
87855 सत्र ना. ५. आश्रय लिइने ठाउँ; घर;गृह।
87856 सत्र न्यायालय ना. कुनै निश्चित अवधिभित्र हत्या आदिको अभियोगबारे विचार गर्ने न्यायसभा वा अदाल।
87857 सत्रान्त ना. चलिरहेको सत्रको आखिरी समय; सत्रको समाप्ति।
87858 सत्रान्त परीक्षा ना. सत्र वा शैक्षिक वर्षको अन्तमा लिइने परीक्षा; सत्रको आखिरी जाँच।
87859 सत्रावसान ना. कुनै सरकारको विधायिका अङ्गको हिउँदे वा वर्षे अधिवेशनको समाप्ति; सत्रान्।
87860 सत्सङ्ग ना. ज्ञानी-गुणीहरूसँग सहवास वा सज्जनहरूको सङ्ग।
87861 सत्सङ्ग ना. २. धर्म वा अध्यात्मज्ञानसम्बन्धी चर्चा, व्याख्या आदि हुने समाज।
87862 सत्सङ्गति ना. सत्सङ्ग।
87863 सत्सङ्गी वि. सज्जनको सङ्गतमा रहने; सत्सङ्गमा लाग्ने।
87864 सत्सङ्गी वि. २. धार्मिक वा आध्यात्मिक ज्ञानको समाजमा रहने।
87865 सद् अव्य. स्वरवर्ण, वर्गका तृतीय, चतुर्थ, पञ्चम, अन्तःस्थ र 'ह' वर्णका अगाडि आउँदा बन्ने 'सत्' शब्दको रूप (जस्तो- सत् + इच्छा = सदिच्छा, सत् + गुण= सद्गुण, सत् + धर्म = सद्धर्म इ.)।
87866 सदन ना. बस्ने ठाउँ; निवास; भवन; गृह; घर।
87867 सदन ना. २. यज्ञमण्डप; मन्दिर।
87868 सदन ना. ३. कुनै विषयको विचारविमर्श गर्ने र नियमविधान बनाउने व्यक्तिहरूको सभा वा सो सभा बस्ने ठाउँ।
87869 सदन ना. ४. कुनै देशको संविधानअनुसार रहने लोकसभा र महासभा वा प्रतिनिधिसभा र राजसभा।
87870 सदन नेता ना. सभामुख।
87871 सदन नेता ना. २. प्रतिनिधि सभाका अध्यक्ष।
87872 सदय वि. दया भएको; दयालु।
87873 सदर ना. प्रशासन; व्यापार आदिको प्रमुख स्थल वा जिल्ला, अञ्चल आदिको मुख्य मुकाम; केन्द्र।
87874 सदर ना. २. देशको केन्द्रीय स्थल; राजधानी।
87875 सदर ना. ३. स्रेस्ता विषयमा खास ठाउँ।
87876 सदर ना. ४. पेस गरिएको टिप्पणी, प्रस्ताव, राय आदिमा सम्बन्धित प्रमुख व्यक्तिले जनाउने समर्थन वा स्वीकृति।
87877 सदर ना. वि. ५. प्रधान; मुख्य; उचि।
87878 सदर अमिनी गोस्वारा ना. राणाशासनमा राजधानीमा रहेको साधक, रिपोट आदि हेर्ने अड्डा।
87879 सदरबदर ना. सदर वा बदर गर्ने काम; मन्जुरी र नामन्जुरी।
87880 सदरबदर ना. २. स्याहा ढपोटहरूमा खास ठाउँ।
87881 सदरमुकाम ना. जिल्ला, अञ्चल, विकासक्षेत्र आदिको मुख्य कार्यालय रहेको ठाउँ वा प्रशासनिक प्रमुख स्थान।
87882 सदरस्याहा ना. स्थिर रूपमा जम्मा हुने सरकारी रकम; सञ्चित कोष।
87883 सदरिया सदरमा बस्ने; सदरको; सहरिया।
87884 सदरिया २. राजधानीमा रहने।
87885 सदरिया ३. राम्रो रहनसहनमा पुगेको; सभ्य; शिष्ट।
87886 सदस्य ना. कुनै सङ्घसंस्था, सभा आदिमा नियमानुसार अधिकारपूर्ण रूपमा रहेको व्यक्ति; सभासद्; पार्षद।
87887 सदस्य ना. २. यज्ञकार्यमा ब्रह्मा वा सहायक ऋत्विक्; याजक।
87888 सदस्यता ना. सदस्यको पद, अधिकार, काम वा स्थिति।
87889 सदा क्रि.वि. पहिलेदेखि अहिलेसम्म; हिजो, आज, भोलि सबै दिन; सधैँ; नित्य।
87890 सदा क्रि.वि. २. एकनाससित; लगातार; निरन्तर।
87891 सदाचरण ना. असल वा उत्तम आचरण; राम्रो चालचलन।
87892 सदाचार ना. शास्त्रले बताएअनुसारको वा व्यवहारमा गर्नुपर्ने राम्रो आचरण; असल चालचलन; सद्व्यवहार।
87893 सदाचारिता ना. सदाचारमा रहने चाल; सदाचारी बन्नका निम्ति गरिने कार्य।
87894 सदाचारी वि. सदाचारमा रहने; असल चालचलन वा आचरण भएको।
87895 सदाबर्त ना. साधु, गरिबगुरुवा, अतिथि आदिलाई सधैँ भोजन वितरण हुने ठाउँ; सत्र ।
87896 सदाबर्त ना. २. साधु, गरिबगुरुवा आदिलाई दिइने अन्न, वस्त्र, सिधा आदिको दान।
87897 सदाबर्ती वि. सदाबर्तको; सदाबर्तसम्बन्धी; सधैँ दान भइरहने।
87898 सदाबहार वि. वसन्त ऋतुमा जस्तै सधैँ हराभरा रहने (रुख, बोट आदि)।
87899 सदाबहार वि. २. सधैँ प्रसन्न मुद्रामा रहने।
87900 सदाबहार वन ना. सधैँ हरिलोभरिलो भइरहने वन।