Dictionary

All Word

92751 सुस्केरी ना. सुस्केरा (गीत, लोकगीत र काव्यमा प्रचलित )।
92752 सुस्केरो ना. सुस्केरा।
92753 सुस्त वि. शारीरिक वा मानसिक रूपमा कमजोर, दुर्बल।
92754 सुस्त वि. २. ढिलो, जुम्सो।
92755 सुस्त वि. ३. उत्साह नभएको; अल्सी।
92756 सुस्त वि. क्रि.वि. ४. सुस्तरी; बिस्तारै; मन्द गतिले।
92757 सुस्तरी क्रि.वि. बिस्तारै; सुस्त हिसाबसँग; सुस्।
92758 सुस्तसँग क्रि.वि. बिस्तारै।
92759 सुस्तसुस्त क्रि.वि. लगातार सुस्तरी।
92760 सुस्ताइ ना. सुस्ताउने वा विश्राम लिने क्रिया वा प्रक्रिया।
92761 सुस्ताइ ना. २. ढिलोपन, जुम्सो चाल।
92762 सुस्ताइनु अ.क्रि. थकाइ मारिनु।
92763 सुस्ताइनु अ.क्रि. २. सुस्त होइनु।
92764 सुस्ताउनु अ.क्रि. थकाइ मार्नु, थरक मार्नु; श्रम शान्त गर्नु।
92765 सुस्ताउनु अ.क्रि. [सुस्त+आ+नु] २. ढिलो हुनु।
92766 सुस्ताउनु अ.क्रि. ३. अल्छी हुनु।
92767 सुस्ताहट ना. सुस्ताइ।
92768 सुस्ती ना. बल, गति आदिमा हुने दुर्बलता; कमजोरी।
92769 सुस्ती ना. २. ढिलोपन; ढिलासुस्ती; आलेटाले; अलमल।
92770 सुस्त्याइँ ना. सुस्त हुनाको भाव; सुस्तपन; सुस्ती।
92771 सुस्थ वि. स्वस्थ; सारसौंदो।
92772 सुस्थता ना. स्वस्थता; सारसौंदोपन।
92773 सुस्थित वि. सारसौंदो; स्वस्।
92774 सुस्थित वि. २ राम्ररी बसेको; राम्रोसँग रहेको।
92775 सुस्थिर वि. राम्ररी स्थायित्व प्राप्त गरेको; स्थिर भएको सुदृढ दिगो।
92776 सुस्वर ना. राम्रो किसिमको स्वर; सुमधुर आवाज।
92777 सुस्वर ना. वि. २. सुमधुर स्वर भएको मिठो आवाज भएको।
92778 सुस्वरता ना. स्वरको मधुरता, मधुर आवाजको उपस्थिति।
92779 सुस्वरता ना. २. ध्वनिमाधुर्य।
92780 सुस्वाद ना. मिठो स्वाद; राम्रो स्वाद।
92781 सुस्वादु वि. खाँदा वा सुन्दा अत्यन्त मिठो लाग्ने; अत्यन्त स्वादिलो।
92782 सुस्वास्थ्य ना. स्वास्थ्य (विनय तथा शिष्ट अर्थमा)।
92783 सुस्वास्थ्य केन्द्र ना. स्वास्थ्यनिवास।
92784 सुहाइ ना. सुहाउने भाव, क्रिया वा प्रक्रिया।
92785 सुहाइनु अ.क्रि. सुशोभित होइनु।
92786 सुहाउँदो वि. शोभनीय; शोभावर्धक।
92787 सुहाउनु अ.क्रि. कुनै आभूषण, परिधान आदिले सुशोभित हुनु।
92788 सुहाउनु अ.क्रि. २. एक अर्कासँग बस्दा वा मिल्दा राम्रो देखिनु।
92789 सुहाउनु अ.क्रि. ३. गरेको काम, बोलेको वचन, चलेको चाल, खाएको भोजन, लाएको लुगा आदि गर्ने, बोल्ने, चल्ने, खाने, लाउने क्रिया; सुहाउँदो; मिल्दो हुनु।
92790 सुहाउनु अ.क्रि. ४. शोभा बढाउने खालको हुनु।
92791 सुहाग ना. दाम्पत्यको दीर्घताका लागि लगाइने सिन्दूर; सौभाग्य; सिन्दूर; ऐंभात; स्वाग २. सुहागा; स्वाग।
92792 सुहागरात ना. सौभाग्यरात्रि मधुरात्रि पतिपत्नीले जीवनमा पहिलोपल्ट दाम्पत्यसुख प्राप्त गरेको रात; प्रेमीप्रेमिकाको प्रेमको उद्देश्य पूरा भएको प्रथम रा।
92793 सुहागा ना. सुन आदि धातु गलाउन प्रयोग गरिने एकथरी खनिज क्षार, स्वाग।
92794 सुहारी ना. घिउतेलमा पकाइएको, मैदाको अत्यन्त पातलो पुरी; हे. स्वारी।
92795 सुहृत ना. आफ्ना मनले खाएको मित्र शुद्ध र निष्कपट मनोभाव भएको आत्मीय जन।
92796 सुहृतसम्मति ना. मित्रको सल्लाह।
92797 सुहृतसम्मित वि. मित्रको वचन वा सल्लाहजस्तो हितकर (वचन)।
92798 सुहृदय ना. पवित्र हृदय; चोखो मन; निश्छल चित्।
92799 सुहृदय ना. वि. २. पवित्र हृदय भएको; चोखो मनको; निश्छल चित्तको।
92800 सू ना. पिसाप; सुसु।