Dictionary

All Word

92601 सुल्ट्याइनु क.क्रि. सुल्टो पारिनु।
92602 सुल्ट्याउनु प्रे. क्रि. अनुकूल पार्नु।
92603 सुल्ट्याउनु प्रे. क्रि. २. सुल्टो वा सब्ल्याँटो पार्नु।
92604 सुल्पुङे वि. एक थरीको कुरा अर्का थरीलाई सुनाई प्रायः झगडा फैलाउने (व्यक्ति); मुसुमुन्द्रे; कनसुत्ले; नारद।
92605 सुल्फा ना. गाँजाको चोप; चरेस।
92606 सुल्फा ना. २. सानो चिलिममा भरिएको तमाखु वा कक्कड।
92607 सुल्याइ ना. सुल्याउने वा चुक्त्याउने क्रिया वा प्रक्रिया।
92608 सुल्याइ ना. २. सुल्याउने वा मैथुन गराउने क्रियाप्रक्रिया।
92609 सुल्याइनु क.क्रि. सुल गरिनु।
92610 सुल्याइनु क.क्रि. २. मैथुन गरिनु।
92611 सुल्याउनु स.क्रि. स्त्रीसमागम गर्नु; मैथुन वा सम्भोग गर्नु।
92612 सुल्याउनु स.क्रि. [सुल्+याउ+नु] २. लेनदेन चुक्ती वा फच्चे गर्नु; फच्च्याउनु।
92613 सुल्ल क्रि.वि. बिस्तारै पानी बग्ने गरी।
92614 सुल्ल क्रि.वि. २. सर्प, खजुरो, कन्सुत्लो आदि हिँड्ने वा बग्ने चालले।
92615 सुल्ल क्रि.वि. ३. पातलो दिसा, पिसाब आदि नरोकिई बग्ने गरी ४. धागो, डोरी आदि फुस्किएर वा तानिएर।
92616 सुल्ल क्रि.वि. सात) सुलुलुलु।
92617 सुवचन ना. राम्रो वा मिठो बोली; मधुर वचन।
92618 सुवदना ना. सुन्दर अनुहार भएकी स्त्री; सुन्दरी स्त्री।
92619 सुवदना ना. २. मगण, रगण, भगण, नगण, मगण र लघु-गुरु भएको, सातसात अक्षरमा विश्राम हुने एक वार्णिक छन्द।
92620 सुवर्ण ना. सुन, स्वर्ण।
92621 सुवर्णकार ना. सुनको गहना बनाउने कालिगड सुनार।
92622 सुवर्ण केतकी ना. पहेँला केवडा।
92623 सुवर्णमान जुनसुकै अवस्थामा पनि तोकिएको दरभाउअनुसार ब्याकको कागजी नोट सुनका रूपमा भुक्तान गर्न सकिने मुद्राप्रणाली, सुनको मान वा दर कायम गरिएको कागजी मुद्रा।
92624 सुवास ना. मिठो बास्ना, सुगन्ध, खुस्बू।
92625 सुवास ना. २. राम्रो निवासस्थान।
92626 सुवास ना. ३. असल नाम; सुकीर्ति।
92627 सुवासित वि. सुगन्धयुक्त मिठो बास्ना आउने गराइएको।
92628 सुवासिनी ना. युवती भइसकेपछि पनि आमाबाबुका घरमा रहने स्त्री।
92629 सुवासिनी ना. २. सधवा स्त्री।
92630 सुवासिनी ना. ३. स्वास्नी।
92631 सुविख्यात वि. ज्यादै प्रसिद्ध प्रायः धेरैले जाने-बुझेको।
92632 सुविचार ना. असल विचार; सद्विचार।
92633 सुविचार ना. २. मिहिन वा सूक्ष्म विचार।
92634 सुविधा ना. कुनै पनि काम सजिलैसित गर्न सकिने अवस्था; सुबिस्ता; सजिलोपना।
92635 सुविधाभोगी वि. हरतरहबाट सुविधा पाउने वा पाएको।
92636 सुविधि ना. राम्रो विधि, असल नियम।
92637 सुवीर ना. अत्यन्त वीर, महावीर।
92638 सुवीर पट्ट नेपाली सेनालाई प्रदान गर्ने गरिएको २०२० सालमा स्थापित एक पदक।
92639 सुवृत्त वि. असल चालचलन भएको, सदाचारी, सच्चरित्र।
92640 सुवृत्त वि. ना. २. उत्तम वृत्त वा आचरण।
92641 सुवृत्ति ना. उत्तम वृत्ति वा जीविका।
92642 सुवृत्ति ना. २ राम्रो आचरण, सदाचार।
92643 सुवेश / सुवेष ना. राम्रो वेशभूषा, असल पहिरन।
92644 सुव्यवस्था ना. राम्रो बन्दोबस्त; सुन्दर व्यवस्था।
92645 सुव्यवस्थित वि. राम्रोसँग बन्दोबस्त गरिएको, सुन्दर व्यवस्थाले युक्।
92646 सुशासन ना. उत्तम किसिमको शासन; असल राज्यव्यवस्था; कल्याणकारी शासनव्यवस्था।
92647 सुशासित वि. राम्रोसँग शासन चलाइएको; राम्ररी शासन गरिएको।
92648 सुशिक्षा ना. उत्तम खालको शिक्षा; असल शिक्षा।
92649 सुशिक्षित वि. राम्रो शिक्षा पाएको; असल शिक्षा दिइएको।
92650 सुशील वि. असल शीलस्वभावको; उत्तम चरित्र भएको; शीलवान्।