Dictionary

All Word

92651 सुशील वि. २. सज्जन तथा सरल।
92652 सुशीलता ना. सुशील हुनाको भाव, गुण वा अवस्था; राम्रो बानीबेहोरा; सच्चरित्रता।
92653 सुशीला वि. असल आचरण वा स्वभाव भएकी सच्चरित्रा (नारी)।
92654 सुशीला वि. ना. २. राधाकी एक सखी।
92655 सुशोभन वि. उत्तम शोभाले युक्त; अति राम्रो।
92656 सुशोभन समारोह ना. श्री ५ बाट विशेष उपाधि, पदक आदि वितरण गरिने समारोह वा उत्सव।
92657 सुशोभित वि. साह्रै सुहाएको, अत्यन्त शोभायमान।
92658 सुशोभित वि. २. राम्रोसँग सजाइएको, सजिसजाउ।
92659 सुश्री ना. अविवाहिता नारीहरूका नामको अगाडि लेखिने आदरसूचक शब्द।
92660 सुश्री ना. २. राम्रो शोभा, कमनीय ऐश्वर्य।
92661 सुश्री ना. वि. ३. शोभाले युक्त; अति सुन्दर।
92662 सुश्रुत ना. आयुर्वेदको प्रसिद्ध ग्रन्थ 'सुश्रुतसंहिता' का रचयिता सुविख्यात महर्षि।
92663 सुश्रुत ना. वि. २ राम्ररी सुनिएको; राम्ररी पढिएको।
92664 सुश्रुत ना. ३. सुविख्यात; प्रसिद्ध।
92665 सुश्रुत संहिता ना. सुश्रुत महर्षिद्वारा रचित एक प्रसिद्ध वैद्यक ग्रन्।
92666 सुषमा ना. परम शोभा; अत्यन्त सुन्दरता।
92667 सुषमा ना. २. माथिल्लो तहको विशेषतः प्राकृतिक सौन्दर्य।
92668 सुषमा ना. ३. तगण, यगण, भगण र गुरु भएको एक वार्णिक छन्द।
92669 सुषमित वि. सुषमाले युक्।
92670 सुषुप्त वि. गाढा निद्रामा परेको; मस्तसँग निदाएको।
92671 सुषुप्त वि. २. निष्क्रिय अवस्थामा कुनै चिजमा अडेको (गुण वा तत्त्व)।
92672 सुषुप्त ज्वालामुखी ना. अहिलेसम्म विस्फोटन नभएको र पछि पनि छिटै विस्फोटन नहुने खालको ज्वालामुखी।
92673 सुषुप्ति ना. मस्तसँगको निदाइ; गाढा निद्रा।
92674 सुषुप्ति ना. २. वेदान्तअनुसार ब्रह्मको प्राप्ति हुँदा पनि जीवलाई ज्ञान नहुने अवस्था।
92675 सुषुप्ति ना. ३. जीवका तीन अवस्था जाग्रत, स्वप्न, सुषुप्तिमध्ये एक।
92676 सुषुम्ना ना. योगशास्त्रअनुसार, इडा र पिङ्गला नाडीका बिचमा रहेको नाडी इडा, पिङ्गला र सुषुम्ना तीन प्रकारका नाडीमध्ये तेस्रो नाडी।
92677 सुषुम्ना ना. २. शरीरविज्ञानका अनुसार नाभिबाट आरम्भ भई मेरुदण्ड हुँदै ब्रह्मरन्ध्रसम्म पुग्ने नाडी।
92678 सुषुम्ना ना. ३. आयुर्वेदअनुसार अरु नाडीहरूले बेरिएको, नाभिस्थलका माझमा रहेको केन्द्रीय नाडी।
92679 सुषुम्ना शीर्ष ना. सुषुम्ना नाडीको मुख्य वा शीर्षभाग।
92680 सुष्ठु क्रि.वि. राम्ररी; काइदासा।
92681 सुष्ठु क्रि.वि. वि. २. राम्रो; सुन्दर; काइदाको।
92682 सुष्ठुता ना. सुन्दरता, सौष्ठव।
92683 सुसंस्कृत वि. राम्रो तबरबाट तयार पारिएको; राम्ररी संस्कार गरिएको।
92684 सुसंस्कृत वि. २ शिक्षादीक्षा, नैतिक मर्यादा, सत्सङ्ग आदि पाएर सुसभ्य भएको।
92685 सुसङ्गठित वि. अङ्ग-प्रत्यङ्गहरू राम्ररी मिलेको।
92686 सुसङ्गठित वि. २. राम्रो प्रकारले एकत्रित वा सुगठित भएको।
92687 सुसङ्गठित वि. ३. राम्ररी सङ्गठित तुल्याइएको।
92688 सुसङ्गत वि. पूर्वापर आधार मिली राम्रो सङ्गति देखिने; जुनसुकै दृष्टिले पनि युक्तिसङ्ग।
92689 सुसङ्गत वि. २. राम्रो सङ्गत, सम्पर्क आदि भएको।
92690 सुसङ्गत वि. ना ३. राम्रो सङ्गत; सत्सङ्ग।
92691 सुसङ्गति ना. राम्रा र असल मानिसहरूसितको बसउठ; राम्रो सङ्गत; सज्जनहरूसितको घनिष्ठता।
92692 सुसज्जित वि. हरेक दृष्टिबाट सजिसजाउ राम्रो हिसाबले तयार।
92693 सुसज्जित वि. २. हरेक दृष्टिबाट तत्पर।
92694 सुसञ्चालन ना. जुनसुकै कार्यको पनि राम्रो प्रकारले हुने सञ्चालन; राम्रो बन्दोबस्।
92695 सुसञ्चालित वि. राम्रो तरिकाबाट सञ्चालन गरिएको; सुचारु ढङ्गले चलाइएको।
92696 सुसमय ना. राम्रो वेला; सुअवसर।
92697 सुसमाचार ना. राम्रो समाचार, असल हालखबर, शुभ समाचार।
92698 सुसम्पन्न वि. आवश्यक वस्तुहरूले परिपूर्ण, सबै कुराले पूर्ण।
92699 सुसम्पन्न वि. २. राम्रो खानदानको पुगीसरी आएको।
92700 सुसम्पन्न वि. ३. धनी, समृद्ध।