Dictionary

All Word

92901 सूत्रधार ना. २. प्राचीन नेपालको न्याय- प्रशासनअन्तर्गत न्यायविभागको हालीमुहाली आफ्नै हातमा राख्ने मुख्य व्यक्ति; न्यायिक अधिकृ।
92902 सूत्रपात ना. कार्यको वा घटनाको प्रारम्भिक थालनी।
92903 सूत्रपात ना. २. घर, बङ्गला आदि बनाउँदा जग्गाको नापनक्सा तयार गर्नका निम्ति नाप्ने टेप, फित्ता वा डोरी जमिनमा फैलाउने काम।
92904 सूत्रपात ना. ३. प्रारम्भ; मूल।
92905 सूत्रपात ना. उठान।
92906 सूत्रपात ना. ४. प्रादुर्भाव।
92907 सूत्रपिटक ना. बुद्ध धर्मका दीर्घ, मध्यम, संयुक्त, एकोत्तर र क्षुद्रकसमेत पाँच निकायका सूत्रहरूको सङ्कलन; सूत्रहरूको पेटारो।
92908 सूत्र सञ्चालक ना. गुप्त रूपले घटना, कार्य आदिका सूत्र र युक्तिहरूको सञ्चालन गर्ने राजनीतिक व्यक्ति; दुरभिसन्धिक।
92909 सूत्री वि. सङ्ख्या, नाम, विशेषण आदि शब्दका सूत्रसम्बन्धी अर्थ जनाउने शब्द (जस्तै- दीर्घसूत्री, पञ्चसूत्री इ.)।
92910 सूत्रीय वि. सङ्ख्यावाचक शब्दका उत्तरपदस्वरूप प्रयोग भई विशेषण जनाउने शब्द; सूत्रसम्बन्धी (जस्तै- दश सूत्रीय, चौध सूत्रीय आदि)।
92911 सूत्रीय वि. २. कुनै विद्वान्‌ले प्रणयन गरेका सूत्रसँग सम्बन्धि।
92912 सूधो वि. हे. सुधो।
92913 सूनसान ना. हे. सुनसान।
92914 सूप ना. पकाएर खान तयार पारिएको दाल।
92915 सूप ना. २. दाल, तरकारी, मास, गेडागुडी आदि खानेकुराको झोल, रस।
92916 सूपकार ना. भान्छे; पाचक।
92917 सूपकारिता ना. पाकशिल्प; पकाउने गुण; भान्सेको विशेषता।
92918 सूपकारिता ना. २. सूप बनाउने शिल्प।
92919 सूपशास्त्र ना. पाकशास्त्र।
92920 सूपो ना. हे. सुपो।
92921 सूरो वि. हे. सुरो।
92922 सूर्य ना. दिनमा आकाशमा देखिएर प्रकाश र ताप दिने ज्योतिषशास्त्रले ग्रह तर ज्योतिषविज्ञानले तारा मानेको, बाह्य अन्तरिक्षको एक बल्दो लोक, घाम बेला, सुर्जे।
92923 सूर्य ना. २. ज्योतिषशास्त्रअनुसार नौवटा ग्रहमध्येको पहिलो ग्रह।
92924 सूर्य ना. ३. पृथ्वी,मङ्गल, बुध आदि ग्रहहरूद्वारा परिक्रमा गरिने एक विशाल तेजपुञ्ज।
92925 सूर्यकपाली ना. दिनमा घाम छउन्जेल दाहिनेपट्टिको आधा कपाल दुख्ने रोग; अधकपाली; अधाहा।
92926 सूर्यकान्त किरण छिर्दा एकै ठाउँमा केन्द्रीभूत हुन जाने हुनाले सो किरण कुनै वस्तुमा पर्दा आगोसमेत पैदा हुन सक्ने, काँचको साधन।
92927 सूर्यकान्त २. स्फटिक।
92928 सूर्यग्रह ना. ज्योतिषशास्त्रका अनुसार सूर्य।
92929 सूर्यग्रह ना. २. सूर्य अनिष्टकारी हुँदा लाग्ने ग्रहदशा।
92930 सूर्यग्रहण ना. औंसीका दिनमा सूर्यमा चन्द्रमाले ढाक्दा देखिने अँध्यारो टाटो; सूर्यकै रेखामनि चन्द्रमा र चन्द्रमाका मनि राहु (छाया वा टाटो) पर्न गई सूर्यमा सो छाया परेको समय सूर्यखग्रास।
92931 सूर्यग्रहण ना. २. उक्त समयमा गरिने धार्मिक विधि।
92932 सूर्यनारायण ना. घाम; घामदेउता; सूर्यदेव।
92933 सूर्यपथ ना. पृथ्वीको घुमाइले गर्दा सूर्य हिंडे झैं देखिने मकररेखाचिको मार्ग।
92934 सूर्यपाक वि. घाममा सुकाएर तयार पारिएको (औषधी इ.)।
92935 सूर्यपुराण ना. सूर्यको महात्म्यको वर्णन गर्ने पुस्तक।
92936 सूर्यफूल ना. घाम लाग्दा फुल्ने र घाम अस्ताउँदा लुत्रुक्क परेर खुम्चने, रातो डाँठ र अमलाका जत्रा मसिना पात हुने रातो, प्याजी, पहेँलो आदि रङको फूल।
92937 सूर्यमणि ना. ज्यादै टल्कने, एक पुराकथात्मक मणि।
92938 सूर्यमण्डल ना. सूर्यको वरिपरि देखिने तेजिलो बिम्ब वा घेरो।
92939 सूर्यमण्डल ना. २. सूर्य, तारा र ग्रहहरूको परिवार।
92940 सूर्यमुखी ना. सूर्यतिर फर्केर फुल्ने, सूर्य छेकिंदा ओइलाएजस्तो भई खुम्चिने एक जातको फूल; अजम्बरी।
92941 सूर्यमुखी ना. २. घामको किरणमा आगो पार्ने एक प्रकारको काँच।
92942 सूर्यमुखी ना. ३. सूर्यकान्त मणि।
92943 सूर्यवंश ना. पुराण आदिका अनुसार विवस्वान् नामका सूर्य र तिनकी पत्नी संज्ञाद्वारा उत्पन्न वैवस्वत मनुले पत्नी श्रद्धातिरबाट जन्माएका सन्तानको वंश, इक्ष्वाकु, निमि आदि राजकुल।
92944 सूर्यवंशी / वंशीय वि. सूर्यवंशसँग सम्बन्धित; सूर्यवंशको।
92945 सूर्यविनायक ना. काठमाडौं उपत्यकामा भक्तपुर नगरका दक्षिणतर्फ स्थित एक प्रसिद्ध गणेश, नेपाल खाल्टाका चार विनायकमध्ये एक।
92946 सूर्यशक्ति ना. सूर्यको तापबाट उत्पन्न हुने शक्ति, सौर इन्धनबाट प्राप्त हुने शक्ति; सौर मण्डलबाट उत्पन्न हुने बल; सौर शक्ति।
92947 सूर्यसुता ना. यमुना नदी।
92948 सूर्यस्नान ना. सूर्यका किरणले सम्पूर्ण शरीरमा छुने गरी खुला ठाउँमा बसेर घाम ताप्ने काम; आतपस्नान।
92949 सूर्यास्त ना. दिन समाप्त भएर सूर्य अस्ताउने काम; घाम डुब्ने काम; बेलबुडाइ; घाम डुबाइ।
92950 सूर्योदय ना. बिहान सूर्य उदाउने काम; घामझुल्को; घामझुल्काइ।