Dictionary

All Word

93451 सोधाइनु क.क्रि. सोध्ने काम गराइनु, सोध्न लाइनु।
93452 सोधाउनु प्रे. क्रि. सोध्ने काम गराउनु; सोध्न लगाउनु।
93453 सोधिनु क.क्रि. सोध्ने काम गरिनु।
93454 सोपाधि वि. उपाधि वा दर्जासहितको उपाधि।
93455 सोपाधिक वि. उपाधिले सहित वा युक्त भएको; उपाधिसहितको।
93456 सोपान ना. भऱ्याङ; लिस्नो।
93457 सोप्य्राक्क क्रि.वि. हे. सुप्रुक्क।
93458 सोफा ना. कपास, फोम आदिका साथै स्प्रिडसमेत जडी बाहिरबाट कपडा आदिको आवरण हाली तयार पारिएको अडेसदार लामो बेन्च।
93459 सोफा सेट ना. सोफा र आवश्यक अन्य वस्तुको बाना (कुर्सी, टेबुल इ.)।
93460 सोभान ना. राम्रो आनीबानी, सुबान।
93461 सोभान साही ना. एकीकरणपूर्वको जुम्ला राज्यका अन्तिम कल्यालवंशी राजा।
93462 सोभिता ना. रछाया रङको एक प्रकारको निकेलजस्तो धातु।
93463 सोम वि. धेरै समयसम्म सुतिरहने; सुताहा।
93464 सोम वि. २. अल्सी, लोसो।
93465 सोम वि. ३. बितेबिग्रेको वास्तै नगर्ने, कुनै कुराको पर्वाह नभएको।
93466 सोम वि. ४. कृपण, किरन्टोकी।
93467 सोम ना. जून, चन्द्रमा।
93468 सोम ना. २. आइतबारका भोलिपल्टको बार; सौंबार।
93469 सोम ना. ३. देवताहरूले पान गर्ने अमृत, सोमरस।
93470 सोम ना. ४. सोमलता।
93471 सोमत ना. राम्रो किसिमको आनीबानी।
93472 सोमत ना. २. सभ्य आचरण, सभ्यपन, सदरियापन।
93473 सोमत ना. ३. शिष्टता, भद्रता।
93474 सोमतिलो वि. राम्रो स्वभाव र आचरण भएको; सोमती।
93475 सोमती वि. राम्रो सोमत भएको।
93476 सोमतीर्थ ना. भारतको काठियाबाड प्रदेशमा रहेको एक प्राचीन तीर्थस्थल; प्रभासतीर्।
93477 सोमनाथ ना. सोमतीर्थमा रहेका मन्दिरमा रहेको शिवको मूर्ति; बाह्रवटा ज्योतिर्लिङ्गमध्ये प्रसिद्ध एक लिङ्ग।
93478 सोमपान ना. सोमलताको रसपान गर्ने काम, सोमरसको पान।
93479 सोमपान ना. २. मदिरापान गर्ने काम।
93480 सोमपायी वि. सोमरस पान गर्ने (व्यक्ति)।
93481 सोमबार ना. सातोटा वारमध्ये दोस्रो वार, आइतवार र मङ्गलवारबिचको दिन; सौंबार।
93482 सोमबारे वि. सौंबारका दिनको; सौंबारसम्बन्धी; सोमबारे।
93483 सोमयज्ञ/सोमयाग ना. विधिपूर्वक संस्कार गरिएको सोमरस पान गरेर सम्पन्न गरिने प्रसिद्ध एक वैदिक याग।
93484 सोमरथ ना. सोमलता वा सोमरसलाई यज्ञस्थलमा ल्याउने र।
93485 सोमरस ना. सोमलता नामको लहराबाट निकालिने, देवताहरूले पान गर्ने रस।
93486 सोमरस ना. २. सोमरसले झैं मत्याउने पेय पदार्थ, भाङ।
93487 सोमलता ना. चन्द्रमाका कला वृद्धि र ह्रास भए झैँ शुक्लपक्षमा दिनहुँ पात पलाउँदै र कृष्णपक्षमा झर्दै गएर औंसीका दिन डाँठ मात्र बाँकी रहने, हिमालयतिर हुने एक लहरो।
93488 सोमवंश ना. अत्रि ऋषिका आँखाबाट जन्मिएका चन्द्रमाका सन्तान मानिने एक पौराणिक क्षत्रियवंश।
93489 सोमवंशी वि. सोमवंशको।
93490 सोमवंशीय वि. सोमवंशी; चन्द्रवंशी।
93491 सोमवती वि. सोमवार र औंसी तिथि मिलेको (दिन )।
93492 सोमवती वि. ना. २. सौबारे औंसी।
93493 सोमवल्लरी / सोमवल्ली ना. सोमलता।
93494 सोमवार ना. हे. सोमबार।
93495 सोयुज ना. सोभियत रुसले तयार गरेको चन्द्रलोक जाने रकेट वा विमान।
93496 सोर ना. आवाज; ध्वनि; स्वर।
93497 सोर ना. [फा. शोर) २. चर्को हल्ला, कोलाहल, खलबल।
93498 सोरगुल ना. धेरै मानिसको हल्ला; कोलाहल।
93499 सोर ना. हे. सोह्र।
93500 सोरठी ना. गुरुङ, मगर आदि जातिमा प्रचलित गीतिनाट्यको एक भेद।