Dictionary

All Word

93351 सोगाउनु अ.क्रि. हे. सोकाउनु।
93352 सोघा ना. लिम्बू संस्कृतिमा मान्छेलाई अकाल मृत्युको सिकार बनाउँछ भनी विश्वास गरिने एक प्रे।
93353 सोच्नु स.क्रि. विचारमा डुबेर चिन्तन गर्नु; मनन गर्नु।
93354 सोच्नु स.क्रि. २. शोकसुर्ता गर्नु; अपशोच गर्नु।
93355 सोच ना. कुनै विषयमा विचारमग्न हुने काम; मनन; सोच्ने काम।
93356 सोच ना. २. सङ्ग्रह; जोरजाम; सञ्चय; साँच ३. मनमा पर्ने चिन्ता; मनको पिर।
93357 सोचना ना. चिन्तन गर्ने काम; विचार गराइ।
93358 सोचना ना. २. चिन्तन; सोचविचार गरेर मात्रै गरिने कुनै निर्णय।
93359 सोचना ना. ३. विवेक दृष्टि; बुद्धिको सदुपयोग।
93360 सोचना ना. ४. सोचाइ वा विचार गराइ।
93361 सोचाइ ना. सोच्ने भाव, क्रिया वा प्रक्रिया।
93362 सोचाइनु क.क्रि. सोच्न लाइनु।
93363 सोचाउनु प्रे. क्रि. सोच्ने गराउनु, विचार गराउनु।
93364 सोचिनु क.क्रि. सोच्ने काम गरिनु, विचार गरिनु।
93365 सोज ना. सोचविचार गर्ने काम, सोझ।
93366 सोज ना. २. कुनै वस्तु जोरजाम गरेर जोगार गर्ने काम, जोहो; जगेडा।
93367 सोज ना. ३. सुझ।
93368 सोजा ना. गोडामा मोजाभन्दा बाहिरपट्टि लगाइने जुत्ताका आकारको कपडा आदिको वस्तु।
93369 सोझ ना. हे. सोज।
93370 सोझासोझी ना. आमुन्नेसामुन्ने, आम्नेसाम्ने।
93371 सोझासोझी ना. क्रि.वि. २. विना छलकपट, इमानदारीसाथ, हाक्काहाक्की।
93372 सोझिनु अ.क्रि. सिधा हुनु, बाङ्गोको विपरीत हुनु।
93373 सोझिनु अ.क्रि. २. भनेको मान्ने हुनु, नबटारिनु।
93374 सोझिनु अ.क्रि. ३. उद्देश्यतिर उन्मुख भई अघि बढ्नु।
93375 सोझिनु अ.क्रि. क.क्रि. ४. सोझो पारिनु।
93376 सोझी क्रि.वि सामुन्ने एकदमै सीधै; सामु पारेर; सोझै।
93377 सोझी क्रि.वि २. कतै वा कहीं पनि नरोकिईकन; सरासर; कतै अलमलिई।
93378 सोझेटो ना. सोझो बाटो; चोर बाटो; पियालो।
93379 सोझेरी क्रि.वि. सिधासाधा हिसाबले; बाङ्गोटिङ्गो नगरी; सोझै।
93380 सोझेरी क्रि.वि. २. छलकपटविना।
93381 सोझेरी क्रि.वि. ना. २. सोझो मति; सोझो कार्य; सोझो वचन।
93382 सोझै क्रि.वि. सीधै; सरासर; सोझी।
93383 सोझो वि. बाङ्गोको विपरीत; सिधा।
93384 सोझो वि. २. छलकपट नगर्ने; इमानदार; सरल स्वभावको।
93385 सोझो कुरा ना. भएको साँचो कुरा, खसोखास।
93386 सोझो मन ना. शुद्ध चित्त; असल निय।
93387 सोझो मुख ना. झर्कोफर्को नगरेको वा नरिसाएको मुख।
93388 सोझो हात ना. आफूले ताकेको ठाउँमा लाग्ने हा।
93389 सोझ्याइ ना. सोझिने क्रिया वा प्रक्रिया।
93390 सोझ्याइनु क.क्रि. सोझो पारिनु; सिधा बनाइनु।
93391 सोझ्याउनु प्रे. क्रि./स.क्रि. सोझो पार्नु; सिधा गर्नु; सोझो वा सिधा पार्न लगाउनु।
93392 सोँट्ठा ना. कसैलाई पिट्ने काममा प्रयोग गरिने लट्ठी; डन्डा; सोँट्ठा।
93393 सोँट्ठा ना. २. सिर्कनु, छडी।
93394 सोँट्ठा ना. ३. सन्ठी।
93395 सोट्ठिनु अ.क्रि. डन्डाद्वारा लाग्नु; पिटाइ हुनु; कुटिनु।
93396 सोट्ठ्याइ ना. सोट्ठ्याउने भाव, क्रिया वा प्रक्रिया।
93397 सोट्ठ्याइनु क.क्रि. सोट्ठैसोट्ठाले पिटिनु; गोदाइनु।
93398 सोट्ठ्याउनु स.क्रि./प्रे.क्रि. लट्ठीले मार गोद्नु वा गोदाउनु; चुट्नु वा चुटाउनु।
93399 सोठा ना. कपडा सिउने मेसिनको धागो बेर्ने कागतको टोक्रो।
93400 सोठो ना. मोटो लट्ठी; लामो घोचो; सोंठो।