Dictionary

All Word

93301 सैनिक सेवा पदक ना. नेपाली सेनामा दश वर्षसम्म अविच्छिन्न रूपमा प्रशंसनीय सेवा गर्ने कर्मचारीलाई प्रदान गरिने पदक।
93302 सैनिक स्वास्थ्य केन्द्र ना. सेनाको उपचारका निम्ति बनेको अस्पताल।
93303 सैनिक स्वास्थ्य सेवा निर्देशक ना. सेनामा स्वास्थ्यसम्बन्धी कार्यक्रमको निर्देशन र सञ्चालन गर्ने उच्च पदाधिकारी।
93304 सैनिक हिरासत ना. सैनिकहरूद्वारा नियन्त्रित; थुनाघर।
93305 सैनिक हिरासत ना. २. उक्त घरमा थुन्ने वा थुना पर्ने कार्य।
93306 सैनिकीकरण ना. उमेर पुगेका बालिग नागरिकलाई अनिवार्य सैनिक शिक्षा दिई सेनामा प्रवेश गराउने नीति वा कार्यक्रम।
93307 सैन्धव वि. सिन्धु देशमा भएको; सिन्धुसम्बन्धी।
93308 सैन्धव वि. २. सिन्धु वा समुद्रसम्बन्धी।
93309 सैन्धव वि. ३. समुद्रमा हुने वा पाइने।
93310 सैन्धव वि. ना. ४. सिन्धुदेशमा हुने घोडाको एक जा।
93311 सैन्धव वि. ५. सिंधेनुन।
93312 सैन्धवी ना. ग्रीष्म ऋतुमा गाउँदा शोभनीय हुन्छ भनी बताइएको एक रागिनी।
93313 सैन्य वि. सेनासँग सम्बन्धित; सेनाको।
93314 सैन्य वि. ना. २. सिपाही; सैनिक।
93315 सैन्य वि. ३. पल्टन, सेना, फौज।
93316 सैन्यवास ना. सेनाको आवास, शिविर, छाउनी।
93317 सैन्य विनियोजन ना. देशका सङ्कटकालमा युद्धमा भर्ना गरिएका सेनालाई आवश्यकता पूरा भएपछि सेवाबाट छुट्टी दिने काम; सेनाको विघटन वा बर्खासी।
93318 सैन्यशक्ति ना. सेनाको भरमा चल्ने शक्ति।
93319 सैन्यशक्ति ना. २. फौजको शक्ति।
93320 सैन्यसज्जा ना. सेनालाई हतियारले सुसज्जित तुल्याई युद्धका वा सुरक्षाका निम्ति सधैं तयार राख्ने काम।
93321 सैर ना. मन बहलाउनका निमित्त गरिने पर्यटन; वरपरतिर घुमेर गरिने मनबहलाउ।
93322 सैर ना. २. पदयात्रा।
93323 सैर ना. ३. यात्रा।
93324 सैरन्ध्री / सैरिन्ध्री ना. अन्तःपुरमा वा नाटक आदिका मञ्चमा शृङ्गारको काम गरेर जीवनवृत्ति चलाउने महिला, रूपसज्जाको काममा खटिएकी सेविका।
93325 सैरन्ध्री / सैरिन्ध्री ना. २. द्रौपदी।
93326 सैल ना. सयल; सैर।
93327 सैलुङ ना. जनकपुर अञ्चलअन्तर्गत पूर्व दुई नम्बर क्षेत्रमा पर्ने एक अग्लो र प्रसिद्ध लेक।
93328 सैवाल ना. पानी जमेका ठाउँमा पलाउने हरियो रङको झ्याउ ; सिमाली; जलसिमाली।
93329 सैवाल समुद्र ना. झारहरूले घेरिएको समुद्र।
93330 सैसैला ना. रुखका लामा हाँगाबिंगामा वा लचिला वस्तुमा झुन्डिएर वा बसेर हल्लिँदै खेलिने खेल; बालक्रीडाको एक प्रकार; चच है।
93331 सो सर्व. पहिले उल्लेख भइसकेका वस्तुका नामको सट्टामा प्रयोग हुने सर्वनाम; त्यो।
93332 सो सर्व. वि. २ उक्त त्यही; निज।
93333 सो सर्व. (उदा. सो कुरो मैले बुझिनं )।
93334 सोंठो ना. मोटो लट्ठी, ठुलो घोचो, लाठो।
93335 सोंठो ना. २. लाठाको प्रहार, लट्ठीको हनाइ।
93336 सोंस ना. कालो वा खैरो रङको पिठिउँ, सेतो रङको छाती र लामो थुतुनु हुने एक जातको स्तनपायी जलचर, गुंज (डल्फिन माछो )।
93337 सोइपरी क्रि.वि. त्यसमा पनि; अझ; झन् अझ (उदा. ऊ मकहाँ आफैं आउनुपर्ने थियो, सोइपरी मैले त डाकेकै हुँ )।
93338 सोइला / सोइलो ना. गाडी वा हलामा लगाइने, गोरु वा राँगाका जुवामा ठोकिने काठको छोटाछोटा डन्डी, जुवामा गोरु वा राँगाको गर्दनलाई यताउति सर्न नदिन जडिएको सोही साधन।
93339 सोइला / सोइलो ना. २. काठको तिखो लामो कुनै पनि ठेडी वा सुइरो।
93340 सोकाउनु अ.क्रि. शोकमा पर्नु, शोकग्रस्त हुनु, सोगाउनु।
93341 सोकेस ना. कुनै वस्तुहरू प्रदर्शन गर्दा वा बेच्दा सुरक्षित राख्न सिसा ठोकेर बनाइएको दराज, प्रदर्शनी वा बिक्रीका नमुना सुरक्षित रूपमा राख्न बनाइएको पारदर्शक वस्तु जडिएको दराज वा कुनै पनि वास्तुशिल्प।
93342 सोक्पा ना. हिमालयका गुफातिर बस्ने र जङ्गली मान्छे भनी प्रसिद्ध एक पुराकथात्मक वा दन्त्यकथात्मक प्राणी, हिममानव, यती, याँठे।
93343 सोक्याहा वि. जतिखेर पनि शोकै मात्र गरिरहने; शोक गर्ने स्वभावको; चिन्तालु; सुर्तालु।
93344 सोख ना. आफूलाई मन परेको वस्तुको सङ्ग्रह, उपभोग आदि गर्ने प्रबल चाहना, इच्छा।
93345 सोख ना. २. सुख, ऐसआराम; आनन्द; अयस।
93346 सोखिन वि. सोखी (कलाकार, खेलाडी, शिल्पी आदि); सौखिन।
93347 सखिलो वि. सोख गर्ने स्वभाव भएको; सोखी; आमोदप्रेमी।
93348 सोखी वि. कुनै विषयमा चिन्ता नगर्ने।
93349 सोखी वि. २. कुनै व्यवसाय, शिल्प, कला वा क्रीडामा पेट पाल्ने उद्देश्यले नलागी केवल मन बहलाउने उद्देश्यले लागेको; सौखिन।
93350 सोख्ता ना. मसी आदि सोस्ने काममा प्रयोग हुने खस्रो किसिमको बाक्लो कागत; सोस्ता (ब्लटिङ पेपर)।