Dictionary

All Word

93401 सोठो ना. २. सोठाको प्रहार।
93402 सोडा ना. लुगाफाटा, भाँडाकुँडा आदि धुने काममा प्रयोग गरिने पाउडरजस्तो धुलो क्षार पदार्।
93403 सोडा ना. २. पानीमा मिलाएर वा रोटी आदि उकास्ने काममा प्रयोग गरेर खाइने वस्तु खाने सोडा।
93404 सोडातोडा ना. चर्सासँग लगाइने रकमको नाम।
93405 सोडापानी ना. सोडा र एस्कर्बिक एसिडसमेत मिलाई बोतलमा बन्द गरिएको पानी; सोडादार पानी।
93406 सोतर ना. पलुवा पशुहरूलाई थलो ओबानो राख्नका निम्ति ओछ्‌याइने सुक्खा पातपत्कर आदि।
93407 सोतर ना. २. बिछ्याइने काममा प्रयोग हुने एक जातको उन्युँ, सोत्रे उन्युँ।
93408 सोतर ना. वि. ३. बिरामी भई पसारो परेको, लम्पसार परेको।
93409 सोतर ना. ४. जथाभावी छरिएको।
93410 सोताङ्गी ना. सोताङ वर्गका किराती जातिहरूले बोल्ने भाषाको नाम।
93411 सोताङ्गी ना. वि. २. सोताङहरूको सोताङसम्बन्धी।
93412 सोताला ना. आदरका रूपमा लोग्नेमानिसलाई प्रयोग गरिने शब्द।
93413 सोती ना. तेर्सो परेको ठाउँमा सलल बगेर पानी जाने ठाउँ; सोतो परेको ठाउँ।
93414 सोती ना. २. पहाडको काखमा रहेको मसिना गरा भएको सानो खे।
93415 सोती ना. ३. नेपालका बाहुनछेत्रीको एक थर।
93416 सोती ना. ४. घरभित्रको एक कोठाबाट अर्को कोठामा जाने वा भित्रबाहिर गर्ने छेडो (कोराइडर )।
93417 सोते ना. बाँस काटेर बनाइएको (चिलिम जड्न हुने) हुक्का।
93418 सोते ना. २. बाँसको हुक्का।
93419 सोते ना. वि. ३. सोतो परेको।
93420 सोतो ना. सोझो, साँघुरो र लाम्चो परेको बाटो वा ठाउँ।
93421 सोतो ना. २. सुलुत्त परेको वस्तु।
93422 सोतो ना. ३. बादल, धुवाँ, ज्योति आदिको मुस्लो।
93423 सोतो ना. ४. पानीको मुल्को, जलप्रवाह स्रो।
93424 सोतो ना. ५. ससानो कुलो।
93425 सोत्रिनु अ.क्रि. सोतर झैँ जथाभाबी छरिनु; बग्रेलो हुनु।
93426 सोत्रिनु अ.क्रि. २. धराशयी भएर सामूहिक रूपमा ढल्नु।
93427 सोत्रे ना. रुघामर्कीको रोग।
93428 सोत्रे ना. २. मौरीका भन्दा केही साना बोट र अलि फुस्रा पात हुने एक वृक्ष।
93429 सोत्रे उन्यु ना. सोतर बनाउने काममा प्रयोग हुने एक जातको उन्यु; उन्युंको एक भेद।
93430 सोत्र्यान ना. सोतर झैँ जतासुकै छरिने काम; असरल्ल भई लम्पसार पर्ने काम।
93431 सोत्र्यान ना. २. सोतर बनेका वस्तुहरूको समूह।
93432 सोत्र्याम्म क्रि.वि. जथाभावी सुत्ने वा गन्द्रयाङ्ग लड्ने गरी।
93433 सोत्र्याम्म क्रि.वि. वि. २. सोत्तर परेको; सोत्रिएको।
93434 सोदर वि. एउटै गर्भबाट जन्मेको; आफ्नै आमाका गर्भबाट जन्मेको; सहोदर।
93435 सोदरा वि. एकै गर्भबाट जन्मिएकी ; सहोदरा।
93436 सोदरीय वि. एकै गर्भको; सहोदर।
93437 सोदाहरण वि. उदाहरणसहितको; प्रस्ट पार्नका निम्ति उदाहरणसमेत दिइएको।
93438 सोदाहरण वि. क्रि.वि. २. उदाहरणका साथमा।
93439 सोद्देश्य वि. उद्देश्यसहितको; उद्देश्यले युक्त भएको; उद्देश्य राखिएको।
93440 सोद्देश्य वि. क्रि.वि. २. उद्देश्यका साथमा।
93441 सोध्नु स.क्रि. कसैलाई कुनै कुराको प्रश्न गर्नु।
93442 सोध्नु स.क्रि. २. जवाफ माग्नु; निधो माग्नु।
93443 सोध्नु स.क्रि. ३ शुद्ध गर्नु; संशोधन गर्नु।
93444 सोध्नु स.क्रि. ४. खारखेर गर्नु, बयान लिनु।
93445 सोध्नु स.क्रि. ५. औषधीहरू परिशोधन गर्नु, दबाई बनाउनु।
93446 सोध ना. लिएको रकम फिर्ता गर्ने काम सट्टाभर्ना।
93447 सोधनी ना. सोध्ने काम सोधाइ प्रश्न, सबाल।
93448 सोधपुछ ना. प्रश्नगराइ; केरकार।
93449 सोधभर्ना ना. पहिले लिएको रकम वा जिन्सी आदि पछि भर्ना गर्ने काम लिएको बढी रकम तलब, भत्ता आदिबाट कट्टा गरी हिसाब मिलाउने काम सट्टाभर्ना।
93450 सोधाइ ना. सोध्ने भाव, क्रिया वा प्रक्रिया।