Dictionary

All Word

13951 चौथी ना. १. शुक्ल एवं कृष्ण दुवै पक्षको चारौं तिथि ।
13952 चौथी ना. वि. २. चारौँ क्रममा गणना हुने (स्त्री) ।
13953 चौथी ना. ३. निम्न क्रममा परेकी निम्न सङ्ख्यामा गनिएकी चुत्थी ।
13954 चौथी ना. १. दुधे बालकलाई घोटीका साथमा मिसाएर खुवाइने मोथे, पिपला, मजिठो र कर्कटशृङ्गीको धुलो ।
13955 चौथी ना. २. यसरी तयार गरिएको एक थरी आयुर्वेदिक औषधी ।
13956 चौथो वि. १. तेस्रोपछिको चतुर्थ ।
13957 चौथो वि. २. गन्दा वा गन्ती गर्दा चारौंमा पर्ने; रोलक्रममा चारौंमा परेको ।
13958 चौदण्डी ना. हे चौदन्डी |
13959 चौदन्डी ना. १. चारैतिर दण्डले घेरिएको फराकिलो जग्गा, चारैतिर खुला रहेको ठाउँ ।
13960 चौदन्डी ना. २. उदयपुर जिल्लाको प्राचीन नाम ।
13961 चौदन्त / चौदन्ता वि. १. चार दाँत वा दाहा भएको ।
13962 चौदन्त / चौदन्ता वि. ना. २. चार दाँत वा दाहा भएको हात्ती ।
13963 चौध वि. १. दश अङ्क र चार अङ्कका योगसङ्ख्याको।
13964 चौध वि. ना. २. तेहपछिको सङ्ख्या; १४ को अङ्क।
13965 चौधराई ना. १. नेपाल तराईका जिल्ला, मौजामा आबादगुल्जार गराउने र सो मौजाको असुलतहसिल गरी सरकारमा बुझाउने चौधरीले गर्नुपर्ने काम - कर्तव्य ।
13966 चौधराई ना. २. सो काम गरेबापत खान पाउने दस्तुर ।
13967 चौधरी ना. १. चारै वर्ण वा आश्रममा रहने व्यक्तिहरूको देखभाल गर्ने व्यक्तिलाई दिइने पदविशेष |
13968 चौधरी ना. २. तराईवासी वा तराई मूलका थारूहरूलाई सम्मान गरी बोलाउँदा प्रयोग गरिने शब्द |
13969 चौधुन्द / चौधुन्न क्रि.वि. असाध्यै; चौपट्टै; बिछट्ट ।
13970 चौधौं वि. चौध सङ्ख्याको क्रममा आउने, चौध नम्बरमा गनिने, तेह्रपछिका सङ्ख्याको ।
13971 चौपट ना. १. कौडा खेलको एक दाउ, चार ठाडा ।
13972 चौपट ना. २. सत्यानाश।
13973 चौपट ना. ३. अन्याय, जुलुम ।
13974 चौपट ना. क्रि.वि. ४. धेरै, निकै; चौपट्टै ।
13975 चौपट ना. वि. ५. नष्ट, छारस्ट, स्वाहा ।
13976 चौपट ना. ६. चारैतिरबाट खुला वा छर्लङ ( जमिन आदि) ।
13977 चौपट ना. ७. चारपाटे ।
13978 चौपट्ट क्रि.वि. १. अत्यन्त बिछट्ट ।
13979 चौपट्ट क्रि.वि. वि. २. अति ज्यादा; धेर।
13980 चौपट्टी ना. १. चारैतर्फ सुर मिलेको जमिन ।
13981 चौपट्टी ना. २. जग्गाको चौहद्दी ।
13982 चौपर्खाल ना. जग्गा जमिन, घर, बगैंचा आदिलाई घेर्न चारैतिरबाट उठाइएको पर्खाल, चारैतिर घेरेर उठाइएको पर्खाल |
13983 चौपाई ना. १. चारोटा खुट्टा भएको काठ आदिको खाट ।
13984 चौपाई ना. २. चार पाटा परेको कुनै बिछ्याउना ।
13985 चौपाई ना. ३. एक पाउमा सोह मात्रा भएको अन्तिम दुई अक्षर गुरु हुने मात्रिक छन्द ।
13986 चौपाया वि. १. चारवटा खुट्टा हुने |
13987 चौपाया वि. ना. २. चारखुट्टे पशु ।
13988 चौपाला ना. १. हात्तीको हौदामाथि जडिएको चंदुवा भएको बस्न हुने साधन ।
13989 चौपाला ना. २. म्यानाका आकारको सवारीसाधन ।
13990 चौपाला २ ना. पूजाका विभिन्न सामान राख्ने, चार खण्ड भएको, धातुको भाँडो, पूजाको भाँडो ।