Dictionary

All Word

13801 चोसेमोसे वि. १. चोसाचोसी परेको ।
13802 चोसेमोसे वि. २. हे. चोचेमोचे ।
13803 चोसो ना. १. दुई ओठ जोडेर आगाडि तन्काइएको मुख, चुस्स परेको थुतुनु ।
13804 चोसो ना. २. त्यस्तो कोण वा कुनु।
13805 चोसोमोसो ना. हे. चोचोमोचो।
13806 चोस्याइ ना. चोसिने भाव, क्रिया वा प्रक्रिया |
13807 चोस्याइनु क.क्रि. चोसो पारिनु ।
13808 चोस्याउनु प्रे. क्रि. चोसो पार्नु, चुच्चो तुल्याउनु।
13809 चौ ना. चारको समुदाय बुझाउने गरी समस्त शब्दका अगाडि रहने शब्द, चउ (जस्तै- चौको, चौतारो, चौबन्दी, चौघेरो इ.)।
13810 चौंठाचौठी ना. सानाठुला चौंठाहरूको समूह, चौठा र चौंठी ।
13811 चौंठी ना. सानो खालको चौंठो; चौंठाको सानो रूप ।
13812 चौंठो ना. तलतिरबाट मास्तिर साँगुरिंदै गई सानो ठेकीको जस्तो मुख हुने, काठ कुँदेर बनाइएको तेल हाल्ने ठेकी, चौथाइ बराबरको परिमाणमा तेल आदि अटाउने भाँडो ।
13813 चौडिलो ना. चारैतिर होचो भई बिचमा अग्लो भएर फुकेको सानो ठाउँ वा चौर, ढिस्को, थुम्को ।
13814 चौंतिस ना. तेत्तिस र एकको योगबाट बनेको सङ्ख्या; ३४ को अङ्क ।
13815 चौंतिस वि. चौतिस सङ्ख्याको ।
13816 चौंतीस ना. हे. चौतिस ।
13817 चौंतीस वि. हे. चौतिसौं ।
13818 चौंरी ना. पुच्छरको फुर्को रौं नै रौंले ढाकिई झुप्प परेको, ठुला, लामा लामा र तिखा सिङ भएको, होचा खुट्टा र ठुलो शरीर भएको र दुधचाहिँ सामान्य गाईको भन्दा विशेष पहेँलो हुने एक जातको हिमाली गाई, चम्री ।
13819 चौंरीगाई ना. चौंरी |
13820 चौंरीपाटा ना. पशुहरूका पिठिउँमा सामान राख्ने कामका लागि चौंरीको ऊनबाट तयार भएको थैलो ।
13821 चौंरीपाते ना. भेडाका ऊनमा चौंरीको ऊन मिलाई पाटैपाटाजस्तो पारेर बुनेको कम्बल।
13822 चौंरे वि. १. पुच्छर चँवरजस्तो झुप्प परेको हुने (गाईबस्तु) ।
13823 चौंरे वि. २. पाखे, कोकली, असभ्य।
13824 चौरे कोदो ना. मर जस्तै झुप्पा बाला लाग्ने एक जातको कोदो ।
13825 चौरो ना. १. चौंरीगाईका पुच्छरको झुप्पो, चँवर ।
13826 चौरो ना. २. पुच्छरका टुप्पामा वा फुर्कामा हुने सेतो रौंको झुप्पो ।
13827 चौक ना. हे. चोक ।
13828 चौकडा ना. १. चार युगको समूह, चतुर्युग ।
13829 चौकडा ना. २. चारै खुट्टा उफार्दै बुर्कुसी मार्ने खालको दौडाइ |
13830 चौका ना. छोटाछोटा सिङ र खैरो वर्ण हुने एक जातको मृग ।
13831 चौका२ ना. १. जुवाका खेलमा कौडा हान्दा पर्ने एक दाउ (चार चित, चार घोप्टो, आठ चित आदि) ।
13832 चौका२ ना. २. चारैतिर बराबर गरी माटो वा काठद्वारा बनाइएको, बस्ने ठाउँ वा साधन ।
13833 चौका२ ना. ३. भान्साका चुलाको र मझेरीका बिचको अग्लो खण्ड |
13834 चौका२ ना. ४. धर्मकार्यका लागि बनाएको मण्डप ।
13835 चौकाचँदुवा ना. यज्ञका वेदीवरिपरि गाडिएका सबै लिङ्गाहरूका बिच भुइँमा उठाइने चौको र त्यसदेखि सीधै माथि टाँगिने चँदुवा ।
13836 चौकाचौकी ना. सानाठुला चौकाहरूको समूह, चौका र त्यससमानका अरू वस्तुहरूको समूह।
13837 चौकिल्ला ना. १. चार किल्लाको समूह ।
13838 चौकिल्ला ना. २. जग्गाजमिनका चारैतिरको सिमाना साँधसिमाना; चौहद्दी |
13839 चौकी ना. १. सानो खालको वेदी, चौकाको सानो रूप।
13840 चौकी ना. २. सुरक्षा गर्ने प्रहरीहरू बस्ने ठाउँ वा अफिस ।
13841 चौकी ना. ३. छोटी अड्डा ।
13842 चौकी ना. ४. बस्नका निम्ति बनाइएको चार खुट्टा भएको फलैँचा |
13843 चौकी ना. ५. सुरक्षाका निम्ति बसेका मान्छे ।
13844 चौकी ना. (उदा. सकल वन उखेल्दै चौकि सम्पूर्ण मार्या )।
13845 चौकी ना. ६. चुलावरिपरिको बस्ने ठाउँदेखि तलतिरको खान बस्ने ठाउँ ।
13846 चौकी ना. ७. साधारण खाट ।
13847 चौकीदार ना. १. चौकीमा बसेर पालोपहरा दिने व्यक्ति; पाले; पहरादार ।
13848 चौकीदार ना. २ अघिअघिको ग्रामरक्षक |
13849 चौकीदारी ना. चौकीदारको काम वा पद ।
13850 चौकुना वि. १. चारैतिर कुना भएको, चारकुने, चतुष्कोण |