Dictionary

All Word

13851 चौकुना वि. ना. २. चार कुनाको समूह, चौकुनु ।
13852 चौकुने वि. चौकुना भएको; चारचोसे।
13853 चौके वि. चार गुना बराबर चार दोबर (जस्तो- दुई चौके आठ, चार चौके सोह इ.) ।
13854 चौको ना. १. चार पाटा गरी ढुङ्गोमाटोद्वारा उठाइएको सानो ढिस्को ।
13855 चौको ना. २. चारैतिर बराबर गरी बनाइएको काठको बस्ने साधन ।
13856 चौको ना. ३. खान बस्ने चुलामुनिको अलग्ग ठाउँ ।
13857 चौको ना. ४. वि. चौके (तीन चौको बाह्र, चार चौको सोह इ.) ।
13858 चौकोस ना. १. झ्याल, ढोका आदिमा काठ, ऐना आदि जनका निमित्त बनाइएको चारपाटे खापा, झ्याल, ढोका आदि जड्न वा लगाउनका निम्ति बनाइएको चार पाटा परेको काठको घेरो फ्रेम।
13859 चौकोस ना. २. चार सुर, चौकोण ।
13860 चौकोस ना. वि. ३. चारसुरे ।
13861 चौकोसी ना. १. चार कोसको समूह ।
13862 चौकोसी ना. २. चार कोसको गिर्दा |
13863 चौकोसे वि. चार सुर भएको, चारसुरे ।
13864 चौखण्ड ना. हे. चौखन्ड |
13865 चौखन्ड ना. १. चार खण्डको समूह ।
13866 चौखन्ड ना. २. अपहत्ते, ठुलो आग्रह |
13867 चौखन्ड ना. वि. ३. चार गुना बराबर, चार दोबर; चौबर ।
13868 चौखुँडा वि. १. चारैतिर कुना परेको; चारपाटे ।
13869 चौखुँडा वि. ना. २. चार कुनाको समूह ।
13870 चौखुँडे वि. चार खुँडा भएको; चौकुने, चारकुने ।
13871 चौखुट ना. १. चारैतिर बराबर गरी तयार पारिएको वस्तु; चारै कुना मिलेको वा भएको साधन ।
13872 चौखुट ना. २. भयाल, ढोका आदिका निम्ति बनाइएको द्वारमण्डल, चौकोस ।
13873 चौखुट ना. 3. बराबर अकलिएका चार अंशमध्ये कुनै एक ।
13874 चौखुट्टे वि. १. चार खुट्टा भएको (पशु वा खाट, खटिया, मेच आदि) ।
13875 चौखुट्टे वि. ना. २. पशु चौपाया ।
13876 चौखुर ना. चार खुरको समूह; चारवटा खुर ।
13877 चौखुरिनु ना. १. चार हातखुट्टा एकै ठाउँमा कसेर बाँधिनु ।
13878 चौखुरिनु ना. २. हातगोडा नचल्ने अवस्थामा पुग्नु ।
13879 चौखुरी ना. पशुका खुरनिर रहेको एक अवयव ।
13880 चौखुऱ्याइ ना. चौखुरिने क्रिया वा प्रक्रिया ।
13881 चौखुऱ्याइनु क.क्रि. चौखुरिने पारिनु, चौखुऱ्याउने काम गरिनु ।
13882 चौखुऱ्याउनु स.क्रि. / प्रे.क्रि. १. चार हातखुट्टा एकै ठाउँमा पारेर बाँध्नु ।
13883 चौखुऱ्याउनु स.क्रि. / प्रे.क्रि. २. चौखुरिने पार्नु ।
13884 चौखुऱ्याहट ना. चौखुऱ्याउने अवस्था वा क्रियाप्रक्रिया ।
13885 चौगडा ना. हे. चौघडा ।
13886 चौगरो ना. चारैतिर घुमेको आली भएको खेतको गरो खेतको ठुलो गरो ।
13887 चौगाराचौगारी ना. सानाठुला चौगाराहरूको समूह ।
13888 चौगारी ना. चौगाराको सानो रूप ।
13889 चौगारो ना. १. चार गाराहरूको समूह ।
13890 चौगारो ना. २. चारैपट्टिका गारामा टाँसेर बनाइएको पेटी ।
13891 चौगिर्द / चौगिर्दा ना. १. घर, जग्गा आदिको चारैतिर बेरिएको पर्खाल ।
13892 चौगिर्द / चौगिर्दा ना. क्रि.वि. २. वरिपरि चारैतिर ।
13893 चौगुना वि. १. चार गुना बराबरको, चारगुना, चारले गुनिएको, चार दोबर, चौबर ।
13894 चौगुना वि. क्रि.वि. २. चारको अनुपातमा (ठुलो वा सानो) ।
13895 चौगेडी ना. सुनको घेरा भएको, बिच बिचमा मोती, पन्ना आदि जडिएको ठुलो खालको मुन्द्रोजस्तो गहना ।
13896 चौगोडी ना. पलेंटी |
13897 चौघडा ना. राता आँखा र जिउ सेता वा कालो टाटा भएको, घाँस खाने, चारै गोडा उचालेर हिँड्ने, खरायोका जातको घरपाला जन्तु, घरखरायो; चौगडा |
13898 चौघडी ना. चार घडीको समय ।
13899 चौघडी ना. चारवटा घोडाद्वारा तानिने बग्गी, चौघोडी ।
13900 चौघडे वि. चारवटा घोडा भएको; चौघोडे ।