Dictionary

All Word

13901 चौघरा ना. १. बिचमा आँगन वा चोक राखी त्यसको चारैतिर बनाइएको घर |
13902 चौघरा ना. वि. २. चौघडे।
13903 चौघान ना. जिल्ला वा अञ्चल आदिका गाउँ, नगर आदिको बिचमा रहेको वा सरेक (पाहिक) पर्ने गरी तोकिएको मुख्य ठाउँ, सदर मुकाम |
13904 चौघेरा वि. १. चारैतिर घेरा भएको (घर, जमिन आदि) ।
13905 चौघेरा वि. ना. २. घरको चारैतिर बनाइएको पेटी ।
13906 चौघोडी ना. हे. चौघडी ।
13907 चौघोडे वि. चौघडे ।
13908 चौचौ ना. लगातारको चाह, उत्कट चाहना ।
13909 चौटा ना. हे. चौटो ।
13910 चौटामासु ना. हाड, बोसो आदि नभएको मासुको चौटो फलमासु, रातो मासु ।
13911 चौटाचौटी ना. १. मासुका सानाठुला चौटाहरूको समूह ।
13912 चौटाचौटी ना. २. चौटा र अरू त्यस्तै चिजहरूको समूह ।
13913 चौटाचौटी ना. ३. सानाठुला गराहरूको समूह ।
13914 चौटालाम्टा ना. १. चौटा र लाम्टाको समूह ।
13915 चौटालाम्टा ना. २. काम गर्दा ठुलो सास्ती पाएको स्थिति हैरानी, ठुलो श्रम ।
13916 चौटिनु अ.क्रि. चोक्टा हुनु, टुक्रिनु ।
13917 चौटो ना. १. मासु आदिको टुक्रो वा आलु, मुला, गुन्द्रुक, सिन्की आदिको तरकारी वा अचारको चपाइने अंश; चोक्टो ।
13918 चौटो ना. २. गुन्द्री, कपडा आदिको सानो हिस्सा ।
13919 चौटो ना. ३ खेतका गराको सानो फगटो |
13920 चौट्याइ ना. १. चौटिने क्रिया वा प्रक्रिया |
13921 चौट्याइ ना. [चौट्याउ + आइ] २. चौट्याउने क्रिया वा प्रक्रिया |
13922 चौट्याइनु क.क्रि. चौटा पार्ने काम गरिनु ।
13923 चौट्याउनु प्रे. क्रि. चौटा-चौटा पार्न, टुक्रा बनाउनु ।
13924 चौडा वि. चारैतिर मिलेको र फराक भएको, त्यस्तो आकारको (छाती, नाक इ.) ।
13925 चौडाइ ना. चौडापन; फराकिलोपन ।
13926 चौतरिया ना. १. चौताराको हेरचाहा गर्ने, राजाका सबैभन्दा नजिकका भाइबन्धु ।
13927 चौतरिया ना. २. राजाद्वारा राजकीय सम्मान पाएका बन्धुवर्ग, राजखलक ।
13928 चौतर्फ ना. १. चारैतर्फको भाग वा परिधि ।
13929 चौतर्फ ना. क्रि.वि. २. चारैतिर, चारैतर्फ ।
13930 चौतर्फी वि. चारैतिरका परिधिको; चारैतिरको चारैपट्टिको ।
13931 चौतारा ना. १. राजकाजमा विश्वासका साथ सहयोग गर्ने व्यक्ति, राजाको सहकारी ।
13932 चौतारा ना. २. प्राचीन कालमा राजसिंहासन राखिने मञ्च |
13933 चौतारा ना. ३. त्यसमा बस्न पाउने सम्मानित व्यक्ति ।
13934 चौतारा ना. १. वाग्मती अञ्चलको पूर्वोत्तर भागमा रहेको सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम ।
13935 चौतारा ना. २. चौतारो ।
13936 चौताराचौतारी ना. सानाठुला चौताराहरूको समूह, चौतारा र अरू त्यस्तै ठाउँको समूह ।
13937 चौतारिलो वि. चौतारो जस्तै परेको ।
13938 चौतारी ना. चौतारोको सानो रूप; सानो चौतारो ।
13939 चौतारो ना. १. चारैतिर ढुङ्गा वा इँटले चिनेको, अग्लो पेटीमा मानिसहरू बस्ने र सुस्ताउने समेत व्यवस्था भएको ठाउँ ।
13940 चौतारो ना. २. वर-पीपल आदिका छाहारीमुनि वरिपरि ढुङ्गा वा इँटले चिनेर त्यसमाथि पेटी बनाइएको ठाउँ ।
13941 चौताल ना. ताल-वादनको चार एकाइमा विशेष प्रकारको ध्वनन वा गुञ्जन निकाल्ने ताल, तबलाको एक खालको ताल।
13942 चौताले वि. अत्यन्त बाठो अि चतुर; बित्पाते।
13943 चौतिस ना. १. तिस र चार अङ्कको योग भएको सङ्ख्या ।
13944 चौतिस ना. २. तेत्तिसपछि आउने सङ्ख्या; ३४ को अङ्क ।
13945 चौतिसौं वि. चौतिस सङ्ख्यामा पर्ने तेत्तिसपछिको पहिलो |
13946 चौतीस ना. हे. चौतिस ।
13947 चौतीस वि. हे. चौतिसौं ।
13948 चौथाइ ना. १. कुनै वस्तु वा विषयका चार भागको एक भाग ।
13949 चौथाइ ना. २. एक मानाका चार भागमध्ये एक भाग भर्ने सानो भाँडो ।
13950 चौथाइ ना. ३. मानाको चतुर्थांश ( नाप ) ।