Dictionary

All Word

6951 खापा ना. एक पटक नापिसकेको अन्नपात आदि फेरि पछि नापो लिँदा नपुग हुने भाग वा परिणाम; जर्ती।
6952 खापाखाप क्रि.वि. परस्परमा वा एकअर्कामाथि खाप्ने काम; खाताखात; पत्रैपत्र।
6953 खापिनु क.क्रि. एकमाथि अर्को थपिनु; खप्टिनु।
6954 खापी ना. नैनसुतजस्तो पातलो छाप्ने एक थरी कपडा।
6955 खापैखाप ना. एउटा खापमाथि अर्को खाप; एउटा तहमाथि अर्को तह; खापहरूको समूह; खातैखा।
6956 खाप्टा ना. मोटामोटा बाँसलाई तीनचार चिरा पारी प्याङ आदि बनाउन तयार पारिएको फराकिलो भाटा।
6957 खाप्रे ना. जस्ताको खानीबाट निस्कने धातुजस्तो पदार्थ; एक प्रकारको उपधातु।
6958 खाप्रो ना. कपडा (छारखाप्रो)।
6959 खाप्सियो ना. राडी, पाखी, धोक्रो, बोरा आदि सिउने ठुलो सियो; भोटेसियो।
6960 खाभाङ ना. राईलिम्बूका घरको कुनामा माटाको भाँडामा झुन्ड्याइने इष्टदेवता।
6961 खाम्नु स.क्रि. १. खामभित्र चिठीपत्र हालेर बन्द गर्नु।
6962 खाम्नु स.क्रि. २. पसाउनु, हुल्नु।
6963 खाम्नु स.क्रि. ३. थाम्नु थेग्नु।
6964 खाम्नु स.क्रि. अ.क्रि. ४. अटाउनु।
6965 खाम्नु स.क्रि. ५. पुग्ने हुनु, ठिक हुनु।
6966 खाम्नु स.क्रि. ६. कुनै काम गर्न सकिन्छ भन्ने ठान्नु।
6967 खाम्नु स.क्रि. (उदा.- मनले खाम्छ भने यो काम गर्नु मनासिब छ)।
6968 खाम ना. १. ठिक्क वा लाम्चो चारकुने आकारमा काटी चारैतिर दोब्य्राएर बनाइएको चिठीपत्र हाल्ने कागतको थैलो; लिफाफा।
6969 खाम ना. २. दुवै कुमका फेददेखि हातका माझी औंलासम्म कोप्रो पार्दा बन्ने आकार; फेरो; अँगालो।
6970 खाम कुरा ना. मगराँती भाषालाई भनिने शब्द; मगरभाषा; मगरकुरा।
6971 खामस वि. १. आपद् - विपत् परे पनि धैर्य लिन सक्ने; शान्त; सहनशील; चुप |
6972 खामस वि. ना. २. धैर्य; शान्ति।
6973 खामस वि. खामस खानु - टु. धैर्य लिनु।
6974 खामिनु अ.क्रि. १. अटाउनु भित्र पस्नु।
6975 खामिनु अ.क्रि. २. पुग्नु; ठिक हुनु।
6976 खामी ना. पोते, मोती, सिक्री आदि झुन्ड्याउनाका निम्ति स्वास्नीमानिसले कुममा लाउने सुनचाँदीको बाटुलो गहना।
6977 खामो ना. घरगोठ आदिको दलिन, छानो आदिलाई थाम्न बनाइएको कापे थाम; चोके परेको मोटो काठ; खाँभो।
6978 खामोस ना. १. धैर्य; सहनशीलता।
6979 खामोस ना. २. चुपचाप; मौन |
6980 खामोस ना. वि. ३. धैर्य भएको; सहनशील; चुप लागेको।
6981 खामोसी ना. खामोस रहने भाव वा अवस्था।
6982 खायल ना. १. कुनै घरले चर्चेको जमिनको कित्ता वा खण्ड; खेती गरिने जग्गा।
6983 खायल ना. २. किसिम; प्रकार।
6984 खायस ना. १. कुनै कुराको चाह; रुचि; चासो; वास्ता।
6985 खायस ना. २. प्रयोजन; आवश्यकता; जरुर।
6986 खायोजियो ना. १. खाइजीविका; गुजारा; निर्वाह।
6987 खार्नु स.क्रि. १. नौनी आदिलाई पकाएर कस फ्याँकी निक्खर पार्नु; शोधन गर्नु, परिष्कार गर्नु।
6988 खार्नु स.क्रि. २. नमिलेका कान्लाकान्ली वा ढिस्काढिस्की जमिनलाई खनेर, ताछेर सम्म्याउनु।
6989 खार्नु स.क्रि. ३. शिक्षा-शास्त्र, गुरु-उपदेश आदिद्वारा बुद्धिलाई प्रखर बनाउनु।
6990 खार्नु स.क्रि. ४. कुनै पुस्तक वा पुस्तकको कुनै विषयलाई दोहोऱ्याई - तेहऱ्याई पढेर नबिर्सने पार्नु।
6991 खार ना. १. कुनै वनस्पति आदिलाई जलाएर वा रासायनिक प्रक्रियाद्वारा निकालेर औषधी तथा औद्योगिक कार्यमा प्रयोग गरिने क्षार पदार्थ; क्षार।
6992 खार ना. २. वनस्पति वा खनिज पदार्थबाट प्राप्त हुने लवणांश वा नुनको भाग।
6993 खार ना. १. खोर्सानी आदि डढेर वा अन्य कुनै कारणले घाँटी, नाक, आँखा आदिमा जलन पैदा गर्ने कडा गन्ध वा पिरो राग।
6994 खार ना. २. शारीरिक तथा मानसिक जलन; डाहा।
6995 खारखेर ना. अभियुक्तलाई खार्ने र केर्ने काम; कारकेर।
6996 खारखोलो ना. पानीमा खारको स्वाद मिसिएको खोलो; खोलाको पानी वा वरिपरिको तट भागबाट खारको गन्ध आउने वा खारयुक्त खनिज पाइने खोलो।
6997 खारि ना. पहिले प्रचलित बिस पाथी बराबरको परिमाण; मुरी।
6998 खारिनु क.क्रि. १. खार्ने काम गरिनु, तिखारिनु।
6999 खारिनु क.क्रि. २. अग्लो जमिन खनेर सम्म पारिनु।
7000 खारिक ना. एक खारि वा बिस पाथी धानको बिउ लाग्ने खे।