Dictionary

All Word

6801 खानु स.क्रि. १. खानेकुरा मुखमा हाली चपाई वा नचपाई निल्नु; भोजन गर्नु।
6802 खानु स.क्रि. २. गुतार्नु हसुर्नु, घिच्नु ( निन्दार्थमा )।
6803 खानु स.क्रि. ३. अर्काको रुपियाँपैसा वा मालसामान आदि लिएर नतिर्नु वा फिर्ता नदिनु; पचाउनु।
6804 खानु स.क्रि. ४. दुःख, कष्ट, हन्डर, गोता आदि भोग्नु बेहोर्नु।
6805 खानु स.क्रि. ५. कुनै काम बनाइदिने निहुँले घुस लिनु भ्रष्टाचार गर्नु।
6806 खाइ ना. खाने काम वा प्रक्रिया।
6807 खाइकुपथ ना. कुनै विकृत वा हानिकारक पदार्थ खाँदा शरीरमा पर्ने नजाती असर।
6808 खाइखर्च ना. १. खानका लागि लाग्ने खर्च।
6809 खाइखर्च ना. २. खाएर मात्र रित्तिने आम्दानी।
6810 खाइखुई वि. तल्लो तहको; साधारण हैसियतको; निम्छरो।
6811 खाइखेती ना. १. व्यवसायविहीन अवस्था; बेकार अवस्था।
6812 खाइखेती ना. २. पुगेस-पुगेसको स्थिति; टुमटुमको अवस्था; जिनतिनको गुज्रान; लिउँचिउँ।
6813 खाइजाडो ना. खाएपछि हुने जाडो।
6814 खाइजियो ना. खान मात्र पुग्ने कमाइ; खाइजीविका; पेटपालो।
6815 खाइजीविका ना. खान मात्र पुग्ने कमाइ जीवनवृत्ति; निर्वाह; खाइजियो।
6816 खाइद्यौ वि. कामकाज केही नगरेर खान मात्र खोज्ने वा खाइ मात्र रहने; खाइबा।
6817 खाइन ना. खाएभोगेको वस्तु, राम्रो भोजन।
6818 खाइनपाइन ना. १. राम्ररी खाएपाएको जग्गाजमिन।
6819 खाइनपाइन ना. २. भोजनअनुसारको बल।
6820 खाइनु क.क्रि. खाने काम गरिनु।
6821 खाइपाइ ना. पहिलेदेखि खाँदै, भोग्दै आएको कुरा; खाने र भोग्ने काम (तलब, भत्ता आदि )।
6822 खाइब ना. थाङ्क कपडामा बुट्टा भर्ने र चित्र लेख्ने लामा; थाङ्क चित्रकार।
6823 खाइबा वि. कामकाज केही नगरी खान मात्र खोज्ने; खाइ मात्र रहने; खाइद्यौ।
6824 खाइबिराम ना. कानुनअनुसार लिन, खान नहुने कुरा लिँदा वा खाँदा हुने अपराध वा कसुर।
6825 खाइलाग्दो वि. झलक्क हेर्दा रहरलाग्दो; खाएअनुसार जिउडाल भएको; भरभराउँदो; हेरिरहूँ जस्तो।
6826 खाइसार ना. कुनै कुरालाई खाएर प्रयोजनमा ल्याउने काम; कुनै कुरालाई खाएर वा उपभोग गरेर लिइने सार्थकता।
6827 खाइसार ना. खाइसार कि लाइसार मरेपछि लम्पसार (उखान)।
6828 खाइहाल्दो वि. १. घरगृहस्थी राम्रो भएको; खानेपिउने कुराको राम्रो बन्दोबस्त भएको हुँदोखाँदो।
6829 खाइहाल्दो वि. २. सुन्दर, हृष्टपुष्ट; खाइलाग्दो।
6830 खाई ना. १. चारैतिर अग्लो, बिचमा गहिरो भएको जमिन; खाल्डो; खाडल |
6831 खाई ना. २. किल्ला, सहर आदिको रक्षाका निमित्त वरिपरि खनेर पानी भरिएको खाडल ; खावा; खौलो।
6832 खाक ना. १. कुनै वस्तु बेस्करी बलिसकेपछि बाँकी रहने क्षार पदार्थ; खरानी; भस्म।
6833 खाक ना. २. माटो, धुलो।
6834 खाकर वि. खान नपाएर ज्यादै दुब्लाएको।
6835 खाका ना. १. रेखाहरूबाट निर्मित आकृति वा चित्रको प्रारम्भिक रूप; रङ भर्न बाँकी रहेको रेखाचित्र।
6836 खाका ना. २. त्यसै खालको रेखा वा ढाँचा बनाइने कागज; नक्सा; मानचित्र।
6837 खाका ना. ३. समयसमयमा हुने उतारचढाउ, परिवर्तन आदि सूचना गर्ने रेखात्मक अङ्कन; ग्राफ।
6838 खाका ना. ४. कुनै पत्र, लेख, धान आदिको आरम्भिक रूप; रूपरेखा; मसौदा (ड्राफ्ट)।
6839 खाकी वि. मट्याइलो खैरो रङको; खैरो (कपडा आदि)।
6840 खाक्सी ना. १. खस्रा पात हुने र झुप्पादार मसिना सेता फूल फुल्ने एक रुख वा त्यसैका ससाना हरिया फल; ठेकीभाँडा आदि गन्हाएमा मस्काएर सफा पार्ने काममा प्रयोग गरिने सोही रुखको पात; खाग्सी।
6841 खाक्सी ना. २. काठपात आदि चिल्ल्याउन र धातुका वस्तुहरूमा जमेको कस सफा गर्न कागत वा कपडामा काँचको धुलो टाँसी बनाइएको रगड्ने खस्रो काग।
6842 खाग ना. गैंडाको नाकमाथिको मूल्यवान् अङ्ग।
6843 खाग ना. १. एक प्रकारको बलियो काठ; अग्राख।
6844 खाग ना. वि. २. जान्नेसुन्ने; टाठोबाटो; खप्पिस; खग्गू; खग्गड।
6845 खागमौरो ना. रुखमा चाका लगाएर बस्ने, मौरीले जस्तै मह पार्ने, अरिङ्गालजत्रो एक प्रकारको ठुलो मौरी |
6846 खागी वि. १. हे खाकी।
6847 खागी वि. २. जोसमनी सन्तसम्प्रदायका खागी र त्यागी दुई भेदमध्ये एक।
6848 खागो ना. भिरमा चाका लगाएर बस्ने एक प्रकारको ठुलो मौरी; भिरमौरी; खागमौरो।
6849 खाग्सी ना. १. खस्रा पात हुने र झुप्पादार मसिना सेता फूल फुल्ने एक रुख वा त्यसैका ससाना हरिया फल; ठेकीभाँडा आदि गन्हाएमा मस्काएर सफा पार्ने काममा प्रयोग गरिने सोही रुखको पात; खाग्सी।
6850 खाग्सी ना. २. काठपात आदि चिल्ल्याउन र धातुका वस्तुहरूमा जमेको कस सफा गर्न कागत वा कपडामा काँचको धुलो टाँसी बनाइएको रगड्ने खस्रो काग।