Dictionary

All Word

7001 खारिज वि. १. कुनै स्थान, सीमा, पद आदिबाट निकालिएको; निष्कासित; बहिष्कृ।
7002 खारिज वि. २. अस्वीकृत गरिएको ( फिराद, दाबी आदि)।
7003 खारिज वि. ३. फेरि क्रियान्वित वा लागु नहुने गरिएको ( नियम, कानुन इ.)।
7004 खारिजी ना. खारिज गर्ने काम निकाल्ने वा बरखास्त गर्ने काम; निष्कासन, सेवामुक्ति।
7005 खारिलो वि. १. खारको स्वाद वा गन्ध आउने; खारजस्तो नुनिलो।
7006 खारिलो वि. २. खुर्सानी डढ्दा आउने रागजस्तो; खार भएको।
7007 खारी वि. खार भएको; क्षारयुक्।
7008 खारी नुन ना. प्रायः ऊषर भूमिबाट झिकिने त्यस्तो नुन।
7009 खारेज वि. १. कुनै स्थान, सीमा, पद आदिबाट निकालिएको; निष्कासित; बहिष्कृ।
7010 खारेज वि. २. अस्वीकृत गरिएको ( फिराद, दाबी आदि)।
7011 खारेज वि. ३. फेरि क्रियान्वित वा लागु नहुने गरिएको ( नियम, कानुन इ.)।
7012 खारेजी ना. खारिज गर्ने काम निकाल्ने वा बरखास्त गर्ने काम; निष्कासन, सेवामुक्ति।
7013 खार्तोक ना. किराँत संस्कृतिअनुसार असोज महिनामा पृथ्वीको पूजा गरी मनाइने एक चाड।
7014 खार्पा ना. लबेदा सुरुवाल, भोटो, चौबन्दी चोलो आदि सिउँदा काखीमुनि पर्ने गरी गाँसिने तीनचोसे कपडाको लाम्चिलो टुक्रो।
7015 खार्पा ना. ओखलढुङ्गा जिल्लाको एक ठाउँ।
7016 खाल ना. १. पशु आदिको शरीरबाट निकालिएको छाला; त्वचा; चर्म।
7017 खाल ना. २. बोक्रो; आवरण।
7018 खाल ना. १. जुवा खेल्न जुट्ने ठाउँ, जुवा खेल्दा कौडा हान्ने ठाउँ।
7019 खाल ना. २. एक-अर्काका आआफ्ना विशेषता वा प्रकार; किसिम।
7020 खाल ना. ३. श्रेणी; स्तर।
7021 खाल ना. ४. पुरानो समयको इजलास।
7022 खाल थाप्नु टु. अवैध तरिकाले जुवा खेल्ने ठाउँ बनाउनु; जुवा खेल्ने खाल बनाउनु।
7023 खाल धनी ना. खाल थापेर जुवा खेलाउने मान्छे; जुवाडेलाई जम्मा पारी धन कमाउने व्यक्ति; खाले।
7024 खाला ना. १. छालाको बाहिरी तह; अत्तर छाला।
7025 खाला ना. २. बोक्रो; बाह्य आवरण।
7026 खालि क्रि.वि. केवल; मात्र।
7027 खालिसा ना. कुनै व्यक्तिको मोहियानी हक र बिर्ता नभएको जग्गा; सरकारकै अधिकारमा रहेको जमिन।
7028 खाली वि. १. भित्र केही नभएको, रित्तो (खाली भाँडो, खाली खल्ती इ.)।
7029 खाली वि. २. कोही नबसेको (खाली कुर्सी)।
7030 खाली वि. ३. खानेकुरा केही नपरेको (खाली पेट )।
7031 खाली वि. ४. गहना वा श्रीसम्पत्ति केही नभएको (खाली कान, खाली हात इ.)।
7032 खाली वि. ५. केही रोजगार वा कामधन्दा नभएको (खाली दिन; खाली समय इ.)।
7033 खाली खण्ड ना. खोसिएर वा मरेर रित्तो भएको पद वा ठाउँ; कसैको बहाली नभएको ठाउँ; खालीखाल्सा; खारिजी।
7034 खाली खाल्सा ना. अड्डाखानाका कुनै कर्मचारी अन्यत्र सरुवाबढुवा भई वा खोसुवामा परी अथवा मरेर खाली भएको ठाउँ वा त्यसरी रिक्त हुन आएको पद खालीखण्ड।
7035 खाले ना. १. जुवा खेलाउने वा जुवाको खाल थाप्ने व्यक्ति; खालको मालिक; खालधनी।
7036 खाले ना. २. जुवाको खालमा कुनै दाउ लिएर खेल्न बसेको व्यक्ति वा खेलाडी।
7037 खाल्टाखुल्टी ना. सानातिना धेरै खाल्टाको समूह।
7038 खाल्टो/खाल्डो ना. खनेर अथवा अन्य कुनै कारणबाट बनेको खाडल; भ्वाङ्; भड्खारो; भदालो।
7039 खाल्पा वि. बुढ्याइँले मासु झोलुङ्गिएको (मानिस); बेत बसेको वा काम नलाग्ने अवस्थामा पुगेको (गाई, भैंसी इ.)।
7040 खाल्वा ना. हिमाली भेगमा भारी बोकी ओहरदोहर गर्ने भेडा।
7041 खावा ना. १. किल्ला, सहर आदिको सुरक्षाका निमित्त हातावरिपरि खनेर बनाइएको जलपूर्ण खाडल, खाई।
7042 खावा ना. २. शत्रुले हमला गर्न नसक्ने उद्देश्यले गहिरो र नाघ्न नसकिने गरी किल्लामा बनाइएको खाल्टो वा सानो घाटी।
7043 खावा ना. कुनै काम गर्नाका लागि तोकिएको अवधि; भाका; म्याद।
7044 खावा ना. (उदा.- हरिलाई रुपियाँ तिर्न दश दिनको खावा दिइएको छ।
7045 खावा ना. बेसरी उमालेर बाक्लो पारी तताइएको दुध।
7046 खावा खिर ना. १. खावा र खिर।
7047 खावा खिर ना. २. खावा र खिर जस्तै मिठो भोजन।
7048 खास वि. १. जस्तो छ त्यस्तो; जस्ताको त्यस्तो।
7049 खास वि. २. प्रमुख; विशेष; मुख्य।
7050 खासखुस क्रि.वि. १. नजिकका व्यक्तिले पनि सुन्न नसक्ने गरी; गुप्त किसिमले (कुरा गर्ने ढङ्ग); खुसखुस।