Dictionary

All Word

6851 खाङ्ग्रे ना. १. ठुलो आकारको डोको; खाङ्ग्रो।
6852 खाङ्ग्रे ना. वि. २. खाङ्ग्रो बोकेर हिँड्ने।
6853 खाङ्ग्रे डोको ना. खोस्मेरा, पत्कर, घुसान आदि बोक्ने ठुलो डोको।
6854 खाङ्ग्रो ना. घाँस, पत्कर, खोस्मेरा आदि बोक्ने ठुलो आकारको डोको; खाङ्ग्रे।
6855 खाजा ना. १. पोते उन्दा धागामा नउनिई छिरलिएका दाना।
6856 खाजा ना. २. छाप्ने अक्षरका विभिन्न टाइप एकै ठाउँ मिसिएको रास वा थुप्रो।
6857 खाजा ना. १. मध्याह्न घर्केपछि खाइने खानेकुरो; दिउँसोको साधारण खाना; चमेना; अर्नी।
6858 खाजा ना. २. विवाह भएको वर्ष दिनपछि दुलाहाबाट दुलहीका माइतमा कोसेलीका रूपमा पठाइने सेलरोटी, फलफूल आदि खानेकुरो।
6859 खाट ना. मानिस सुत्ने वा बस्ने, काठ आदिबाट बनाइएको प्रायः चारखुट्टे, ठुलो, लामो खटिया; ठाउँ सार्न मिल्ने टाँड वा ओछ्यौटो।
6860 खाट तौली ना. आँगा र थापाचिनियाँ दुई थरी मिसिएको धान।
6861 खाटा ना. घाउखटिरा निको भएर छालामा बसेको पाप्रो; घाउको बाहिरी भाग सुकेको पाप्रो वा डोब।
6862 खाडल ना. खनेर वा भलबाढी आदिले जमिनमा परेको गहिरो ठाउँ; अग्लो जमिनका बिचमा परेको खाँद; खाल्टो; भड्खारो।
6863 खाडी ना. १. दलदले वा आहालजस्तो भएको जमिन वा ठाउँ; धाप।
6864 खाडी ना. २. सनपाट, छाला आदि कुहाएर धुनका लागि बनाइएको ससानो पोखरी।
6865 खाडी ना. ३. तीनतिर जमिनले घेरिएको समुद्रको सानो भाग; उपसागर।
6866 खात ना. १. एकमाथि अर्को गर्दै धेरै वस्तुको खप्ट्याइ; चाङ; तह; ठेली।
6867 खात ना. २. रास; थुप्रो।
6868 खाता ना. १. कुनै कार्य, विभाग वा व्यक्ति आदिको आयव्यय वा लेनदेनको लेखा।
6869 खाता ना. २. हरेक ग्राहक, असामी आदिको लेनदेन वा यस्तै हिसाब राख्ने किताब ; बही।
6870 खाता ना. ३. जमिनको नाप, आम्दानी आदिको बेहोरा लेख्ने सरकारी बही; क्षेत्रीय पुस्तिका।
6871 खाताखात ना. खातमाथि खात; अटाईनअटाई हुने काम।
6872 खाता जाँच ना. सरकारी अड्डाखाना वा कम्पनी, महाजन आदिको आम्दानीखर्चको हिसाबबही जाँच्ने काम।
6873 खातापाता ना. दुवैतिर गालामा बाक्लो गरी उम्रेको दाह्री।
6874 खाता बही ना. सरकारी तथा गैरसरकारी निकाय वा व्यक्तिविशेषको आम्दानी - खर्च, रकमकलम आदि हिसाब लेखिने बही; बहीखाता (लेजर)।
6875 खातिर ना. यो. १. निम्ति लागि।
6876 खातिर ना. यो. ना. २. आदर; सम्मान।
6877 खातिर ना. यो. ३. मनमा गडेको कुरा; खुट्को।
6878 खातिरजमा/जामा ना. १. सन्तोष; विश्वास।
6879 खातिरजमा/जामा ना. २. सान्त्वना; भरोसा।
6880 खातिरजमा/जामा ना. ३. भलो मनसुबा; आफ्नो कर्तव्य सम्झेर गरिने व्यवहार।
6881 खातिरदारी ना. आगन्तुक, अतिथि वा मान्य जनको आदरसत्कार गर्ने काम; आदरभाव।
6882 खातिरी ना. खातिरदारी।
6883 खाते ना. फोहोरको खातबाट चिजबिज बटुली त्यसैको बेचबिखन गरेर जीविका चलाउने मान्छे।
6884 खातैखात ना. एकमाथि अर्को खप्ट्याएर वा एकै ठाउँमा राखिएका वस्तुहरूको चाङ; रास; थुप्रो, धेरै तह।
6885 खात्तिनु अ.क्रि. एकमाथि अर्को हुँदै चाङ पर्नु, खात लाग्नु।
6886 खाद ना. १. खेत, बारी आदिलाई मलिलो बनाउने गोबर वा कुहिएको पातपतिङ्गर, मल।
6887 खाद ना. २. खेतबारीलाई उब्जाइलो बनाउनका निम्ति रासायनिक प्रक्रियाद्वारा तयार पारिएको पदार्थ, उर्वरक।
6888 खादक वि. कुनै वस्तुलाई खाने वा भोग्ने; भक्षक।
6889 खादन ना. खाने काम; भोजन; खवाइ।
6890 खादा ना. देवदेवीको पूजाआजामा चढाइने र विशिष्ट व्यक्तिका स्वागत तथा सम्मानमा मालाका रूपमा प्रदान गरिने सेतो वा अन्य रङको पातलो कपडाको उपहार।
6891 खादी ना. खद्दर; खाँडी।
6892 खाद्य वि. १. खाइने वा खान लायक |
6893 खाद्य वि. ना. २. खाइने पदार्थ (अन्न, फलफूल आदि)।
6894 खाद्य कृषि बजार सेवा विभाग ना. कृषिमन्त्रालयअन्तर्गत खाद्य, कृषि, हाटबजार आदिको विकास र निर्देशनसँग सम्बन्धित एक विभाग।
6895 खाद्यनली ना. श्वासनलीको समानान्तर रूपमा रहेको र खाएको पदार्थ पेटसम्म पुऱ्याउने नली; गोजेरो।
6896 खाद्य नियन्त्रण ना. खाद्य सामग्रीलाई कुनै स्थानमा बढी र कुनै स्थानमा घटी हुन नदिई सबै ठाउँमा समान रूपले उपलब्ध गराइने चाँजोपाँजो; खाद्य सामग्रीमाथिको नियन्त्रण।
6897 खाद्य पदार्थ ना. खाइने चिजबिज; अन्नपा।
6898 खाद्य सङ्कट ना. भोजन-सामग्रीको चर्को अभाव, भोज्य वस्तुको ठुलो कमी।
6899 खाद्य सञ्चय ना. अनिकाल, खडेरी आदि समयका निम्ति पहिलेदेखि नै सँगाली राखिएको अन्नपात; खाद्य वस्तुको सञ्चय।
6900 खाद्य स्थिति ना. खाद्यपदार्थ पुग्ने वा नपुग्ने अवस्था; खाइने वस्तुको कमबेसी आदि हेरिने व्यवस्था वा स्थिति।