Dictionary

All Word

6901 खाद्यान्न ना. खाइने अन्न ( धान, मकै, गहुँ आदि)।
6902 खाद्यान्न कोश ना. अनिकाल, भोकमरी आदि प्रकोपका निम्ति छुट्ट्याएर राखिने खाद्यान्नको भँडार, खाद्यान्न थुपार्ने गोदाम।
6903 खाद्योज ना. खाद्य पदार्थमा पाइने पौष्टिक तत्त्व; भिटामिन।
6904 खान ना. नेपालका शाहवंशीय राजाका पुर्खाले धारण गरेको पदवी।
6905 खानखवास ना. १. जातभात केही पनि थाहा नभएको व्यक्ति; सरकारद्वारा पालिएको, जातभात पत्ता नलागेको मानिस।
6906 खानखवास ना. वि. २. घरबार, सम्पत्ति आदि नष्ट भएको; निराश्रित, अभागी।
6907 खानगी ना. १. निश्चित समयमा पाउने गरी ठेकिएको रकम वा वस्तु; तलब; बेतन; महिनावारी।
6908 खानगी ना. २. खानका लागि ठेकिएको वस्तु।
6909 खानगी ना. ३ अघि नेपालमा कुनैकुनै खातै कर्मचारीले तलबबापत खान पाउने जग्गाजमिनको उठतीपुठती।
6910 खानज्यादा ना. १. शासकको सन्तान; राजकुलको व्यक्ति (दिव्य . )।
6911 खानज्यादा ना. २. भित्रेनीबाट जन्मेको सन्तान।
6912 खानतलासी ना. १. सरकारवादी मुद्दाका सिलसिलामा अपराधसम्बन्धी दसीप्रमाण वा मालसामान रहेको शङ्का वा सन्देह लागेका ठाउँमा गई तत्सम्बन्धी खोजतलास वा छानबिन गर्ने काम; चोरीछिपाई राखिएको चिजका लागि कुनै घरमा गरिने खोजतलास।
6913 खानतलासी ना. २. कुनै घरमा अभियुक्त लुकेको वा अवैध मालसामान लुकाइएको शङ्का लागेमा वा सर्वस्व गर्नुपरेमा सरकारबाट लिइने तलासी।
6914 खानदान ना. १. खानेकुरा हालेर लगिने तहतह परेको कचौरा आकारका भाँडाको बट्टा।
6915 खानदान ना. २. कुलघरान; उच्च कुल; घराना।
6916 खानदानी वि. १. उच्च खानदान वा कुलघरानको; घरानियाँ; कुलीन।
6917 खानदानी वि. २. वंशपरम्पराबाट आएको; पैतृक।
6918 खानपान ना. १. खाने र पिउने काम; खुवाइ र पियाइ।
6919 खानपान ना. २. खाइने र पिइने वस्तु, अन्नपानी।
6920 खानपान ना. ३. खाने र पिउने व्यवहारसँग सम्बन्धित कामकुरो।
6921 खानसा ना. तरकारी, अचार आदि खानेकुरो बनाइने ठाउँ; अगेनु।
6922 खानसामाँ ना. खाइने सामग्री तयार गर्ने भान्छे ; खाना पकाउने मानिस।
6923 खाना ना. १. खानेकुरो; खाद्य वस्तु; भोज्य पदार्।
6924 खाना ना. २. खाने वा भोजन गर्ने काम।
6925 खाना ना. १. घर वा कुनै ठाउँको खण्ड; तह; कोठा।
6926 खाना ना. २. घर (कोरीखाना, पागलखाना इ.)।
6927 खाना ना. ३. सरसामान राख्नका लागि गाह्रो, आलमारी, टेबुल आदिमा बनाइने खण्ड वा विभाग।
6928 खाना ना. ४. सानो डिब्बा।
6929 खानाबदोस वि. कुनै एउटा निश्चित ठाउँमा घरबार नभई गृहस्थीका सबै मालसामान लिएर ठाउँठाउँ घुमी गुजारा गर्ने; घुमन्ते; यायावर।
6930 खानाबदोस वि. (उदा.- आर्यहरू प्रारम्भमा खानाबदोस जीवन बिताउँथे)।
6931 खानि ना. १. पृथ्वीभित्र धातु, पत्थर, कोइला, तेल आदि प्राकृतिक सम्पत्ति रहेको ठाउँ, खनिज पदार्थ पाइने भूगर्भ (ढुङ्गाखानी, तामाखानी, कोइलाखानी इ. )।
6932 खानि ना. २. धेरै चिजबिज उत्पन्न हुने वा पाइने ठाउँ; खानि।
6933 खानी ना. १. पृथ्वीभित्र धातु, पत्थर, कोइला, तेल आदि प्राकृतिक सम्पत्ति रहेको ठाउँ, खनिज पदार्थ पाइने भूगर्भ (ढुङ्गाखानी, तामाखानी, कोइलाखानी इ. )।
6934 खानी ना. २. धेरै चिजबिज उत्पन्न हुने वा पाइने ठाउँ; खानि।
6935 खानी क्षेत्र ना. खानी भएको क्षेत्र वा ठाउँ।
6936 खानी ठेक्का ना. ठेक्कासम्बन्धी ऐनमा बताएका नियमबमोजिम खानी खोल्ने कामको ठेक्का |
6937 खाने वि. १. खाने काम गर्ने; खाएको।
6938 खाने वि. २. सिद्ध्याउने।
6939 खानेकुरो ना. खाने वस्तु वा सामलतुमल।
6940 खानेचुन ना. पान आदिमा राखेर खाइने सिपीबाट बनेको चुन।
6941 खानेसोडा ना. पानीमा मिसाएर त्यसै वा पेट दुख्ता औषधीका रूपमा खाइने र रोटी फुलाउन पिठामा मिसाउने आदि काममा प्रयोग गरिने सेतो नुनिलो पदार्।
6942 खान्की/खान्गी ना. १. निश्चित समयमा पाउने गरी ठेकिएको रकम वा वस्तु; तलब; बेतन; महिनावारी।
6943 खान्की/खान्गी ना. २. खानका लागि ठेकिएको वस्तु।
6944 खान्की/खान्गी ना. ३ अघि नेपालमा कुनैकुनै खातै कर्मचारीले तलबबापत खान पाउने जग्गाजमिनको उठतीपुठती।
6945 खान्सा ना. तरकारी, अचार आदि खानेकुरो बनाइने ठाउँ; अगेनु।
6946 खान्से ना. खान्साको काम गर्ने व्यक्ति; अचार, तरकारी, खानेकुरा आदि बनाउने व्यक्ति; खानसामाँ।
6947 खाप्नु स.क्रि. एउटा वस्तुमाथि अर्को वस्तु राख्नु; एउटा कुरामाथि अर्को कुरा थप्नु खप्टनु।
6948 खाप ना. एउटामाथि अर्को खप्टने काम; खात; पत्र; तह।
6949 खापा ना. १. झ्यालढोकामा जडिएको लगाउने र खोल्ने फग्ल्याँटो; कपाट।
6950 खापा ना. २. काठमा ठाडा मेसा पार्ने काम।