Dictionary

All Word

7701 खेलाडी वि . २. भकुन्डो, बुद्धिचाल आदि खेलमा पोख्त; खेल्न सिपालु |
7702 खेलाडी वि . ना. ३. खेलकुदमा सक्रिय तथा निपुण व्यक्ति।
7703 खेलिनु क.क्रि. खेल्ने काम गरिनु।
7704 खेली खेली १. सजिलोसित; हेलैले; विनापरिश्रम; अनायासै।
7705 खेली खेली ना. २. खेल्ने काम; खेल (बालबोलीमा)।
7706 खेलुवा वि. १. धेरै खेल्ने; खेलबाड गर्ने।
7707 खेलुवा वि. २. फस्को; खुकुलो; फुको।
7708 खेलो ना. व्यापार-व्यवसाय आदिमा नाफा कमाउने उद्देश्यले पुँजी लगाउने काम; व्यवसाय, उद्यम, बेपार।
7709 खेलो फर्को/फुर्को ना. खरिद-बिक्रीको पेसा; बन्दबेपार; खेलो।
7710 खेलौना ना. १. केटाकेटीले खेल्ने पुतली आदि सामान।
7711 खेलौना ना. २. खेलबाडको सामग्री।
7712 खेलौना ना. ३. अर्काको इसारामा नाच्ने मानिस; कठपुतली।
7713 खेवरा ना. कुनै कामकुराको थालनी; प्रारम्भ, सुरु।
7714 खेवरा ना. (उदा.- तिम्रो रोपाइँ सकिएछ, आफ्नो त खेवरा पनि भएको छैन)।
7715 खेवरा ना. विप. मैझारो।
7716 खेवा ना. १. व्यापार आदिका मालसामान एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउने काम; खेप; ओसारपसार।
7717 खेवा ना. २. उक्त खेपको सामग्रीका रूपमा प्रयोग गरिने मालसामान।
7718 खेवा ना. १. नाउ वा डुङ्गाबाट नदी पार गर्दा लिइने महसुल, नाउबाट नदी तारेको ज्याला।
7719 खेवा ना. २. नदी तर्ने वा तार्ने काम।
7720 खेवैया ना. १. नाउ, डुङ्गा आदि खियाएर नदी तार्ने व्यक्ति; माझी; बोटे; मल्लाह।
7721 खेवैया ना. २. कुनै दुःख, सङ्कटबाट पार लगाउने व्यक्ति।
7722 खेस ना. ज्यादै मोटो धागाले बुनेको एक प्रकारको कपडा।
7723 खेसरी/खेसारी ना. हिउँदमा तराईतिर भुईंलहरामा फल्ने दाल जातिको एक थरी अन्न।
7724 खेस्रा ना. कुनै कागतपत्र, लेखरचना आदिको सरसरती लेखिएको रूप; मसौदा; प्रारूप।
7725 खेस्रो ना. सानोतिनो कागत; साधारण किसिमको वा खास महत्त्व नभएको कागतको टुक्रो।
7726 खै ना. १. कुनै कुरा थाहा पाउन गरिने खोजीनिती; चियोचर्चो।
7727 खै ना. २. कुनै विषयको सोधपुछ; केरकार।
7728 खै ना. फलाम, पित्तल, दाँत आदिमा लाग्ने कस; खिया; खई; काई।
7729 खै निपा. विस्मय, दिक्दारी, अनिश्चय, बेवास्ता, गाली आदि बुझाउने अव्यय।
7730 खै निपा. (उदा.- खै, मलाई त थाहा छैन। खै, तेरो चाला त निको छैन है ! )।
7731 खैँचनु स.क्रि. १. कुनै वस्तुलाई बलपूर्वक आफूतिर खिच्नु वा तान्नु।
7732 खैँचनु स.क्रि. २. कसैको ध्यान आफूतिर आकर्षित गर्नु।
7733 खैँचनु स.क्रि. ३. खर्च कम गर्नु; किफायत गर्नु।
7734 खैँचनु स.क्रि. ४. शक्ति वा प्रभावले आफ्नो पक्षमा मिलाउनु; काबुमा राख्नु, एँचमा ल्याउनु।
7735 खैँचाइ ना. खैँचने भाव, क्रिया वा प्रक्रिया।
7736 खैँचाउनु प्रे. क्रि. खैँचन लाउनु; तान्न लाउनु।
7737 खैँचिनु अ.क्रि. तानिनु; कसिनु।
7738 खैँजडी ना. डम्फुजस्तो तर डम्फुभन्दा केही सानो हुने, घेरामा प्रायः मुजुरा जडिएको, एकातिर मात्र छालाले मढिएको, भजनकीर्तन आदिमा बजाइने प्रसिद्ध एक तालबाजा।
7739 खैँजडे वि. १. कुनै पर्व, उत्सव वा भोजभतेरमा नडाकीकन आउने; निम्तोविना पनि सम्मिलित हुने।
7740 खैँजडे वि. २. निम्त्याइएका व्यक्तिका साथ पछि लागेर आउने; कसैको पुच्छर भएर हिँड्ने।
7741 खैँजडे वि. ३. खैँजडी बजाएर हिँड्ने।
7742 खैखबर ना. १. खोजखबर; हालखबर |
7743 खैखबर ना. २. अवस्थाविशेषको कुरो वा घटनाक्रम।
7744 खैनी ना. चुन मिलाएर खाइने सुर्तीका पातको नशादार धुलो।
7745 खैमल ना. ढोकामा ताल्चा मार्नाका निम्ति जडिने साधन; खल्मा।
7746 खैर ना. १. कुशल; क्षेम; कुशलमङ्गल।
7747 खैर ना. अव्य. २. 'जे भयो भयो, केही फिक्री छैन' भन्ने जनाउन प्रयोग गरिने उद्गार; अस्तु।
7748 खैराँते वि. १. निम्न तहको; तल्लो कक्षाको।
7749 खैराँते वि. २. असभ्य; अशिष्ट; नसुहाउँदो।
7750 खैराँते वि. ३. माग्ने स्वभावको र झुत्रे झाम्रे।