Dictionary

All Word

7601 खुसुक्क क्रि.वि. १. थाहा नदिईकन (कुनै वस्तु लैजाने किसिम); खुसुक्क।
7602 खुसुक्क क्रि.वि. २. पिरिने वा हिम्मत हराउने गरी; मुख निन्याउरो हुने किसिमले खिसिक्क।
7603 खुसुक्क क्रि.वि. ३. घुसने गरी।
7604 खुसुक्क क्रि.वि. ४. कसैले पत्ता नपाईकन (मर्ने किसिम); घुस्रुक्क।
7605 खुस्स क्रि.वि. अरूले चाल नपाउने गरी; कानेखुसी वा साउती गर्ने चालले; खुसुक्क।
7606 खून ना. १. मानिस, पशु आदिका नाडी र नसाहरूमा रहेर शरीरभर फैलने रातो तरल पदार्थ; रग।
7607 खून ना. २. रगतले शरीर लतपतिने गरी भएको हत्या; हिंसा; काटमार, घा।
7608 खूब वि. १. धेरै; प्रशस्त; ज्यादा।
7609 खूब वि. २. सबै किसिमले राम्रो वा उत्तम; बढिया; खुब।
7610 खेचर वि. आकाशमा घुम्ने वा चहार्ने (ग्रह, देवता, बादल, चराचुरुङ्गी, विमान आदि); गगनविहारी; आकाशगामी; व्योमचर।
7611 खेचरी ना. आकाशमा चहार्ने वा घुम्ने (पोथी चराचुरुङ्गी आदि जीव वा देवी, राक्षसी आदि)।
7612 खेचरी गुटिका ना. मुखमा हाल्दा आकाशमार्गबाट जान सक्ने शक्ति पैदा हुने भनिएको गुटिका वा गोली।
7613 खेचरी मुद्रा ना. जिब्रो तालुमा लगी दृष्टि भ्रूमध्यमा केन्द्रित गर्ने एक मुद्रा।
7614 खेत ना. १. गरागरामा बाँडिएको र आली लगाई, पानी जमाएर धानको खेती गरिने जमिन; धान रोप्ने जग्गा।
7615 खेत ना. २. पच्चिस रोपनी बराबरको जग्गा वा त्यस्तो जग्गाको नापो।
7616 खेतबारी ना. धान रोप्ने खेत र मकै आदि रोप्ने पाखो बारी; खेत र बारी।
7617 खेतारी ना. धान वा कोदो रोप्ने आईमाई, रोपाहार; रोपार।
7618 खेताले वि. खेतालाका ढाँचाको; खेतालाको जस्तो; खेतालाको।
7619 खेतालो ना. ज्याला लिएर खेत, बारीमा काम गर्ने व्यक्ति; पारिश्रमिक लिएर अर्काको काम सघाउने व्यक्ति; ज्यालादार।
7620 खेती ना. १. खेतबारीमा अन्न आदि पैदा गर्ने काम; खनजोतदेखि बाली नभित्र्याएसम्म गरिने जमिनको सबै काम; कृषि; किसानी।
7621 खेती ना. २. बाली; उब्जा।
7622 खेतीकिसानी ना. खेतीपाती।
7623 खेतीपाती ना. खेतीसम्बन्धी काम; खेतीकिसानी; कृषि।
7624 खेतीवाल ना. खेतीको पेसा भएको व्यक्ति; कृषक, किसान।
7625 खेद्नु स.क्रि. १. धम्काएर वा तर्साएर कहीँबाट बलपूर्वक भगाउनु वा हटाउनु, लखेट्नु, लघार्नु, धपाउनु।
7626 खेद्नु स.क्रि. २. दपेट्नु; सताउनु।
7627 खेद्नु स.क्रि. ३. टोकस्तु।
7628 खेद ना. १. अदूरदर्शिताले गर्दा जानीजानी वा होस नपुगी कुनै राम्रो काम गर्न चुकेको परिणामस्वरूप मनमा उत्पन्न हुने पश्चात्ताप।
7629 खेद ना. २. कसैको अप्रिय बोलीवचन, व्यवहार आदिका विरुद्ध दर्साइने क्षोभ।
7630 खेद ना. ३. उक्त पश्चात्ताप, क्षोभ आदिका निम्ति निकालिने शब्द, गरिने इसारा वा देखाइने मुद्रा।
7631 खेद ना. ४. चिन्ता; मानसिक पीडा; मानसिक कष्ट।
7632 खेदा ना. १. हात्तीको सिकार ; जङ्गली हात्तीलाई पक्रने तरिका।
7633 खेदा ना. २. वन्य जन्तुलाई लखेटेर, खेदेर वा धपाएर चारैतिर बारले घेरिएको ठाउँमा फसाई वा लखतरान पारी वशमा ल्याउने काम (बाजखेदा, हात्तीखेदा, गैंडाखेदा इ.)।
7634 खेदाइ ना. खेद्ने भाव, क्रिया वा प्रक्रिया।
7635 खेदाइनु क.क्रि. खेद्न लाइनु, लखेटाइनु।
7636 खेदाउनु प्रे.क्रि. खेद्न लाउनु, लखेटाउनु।
7637 खेदिनु क.क्रि. खेद्ने काम गरिनु; लखेटिनु।
7638 खेदुवा वि. १. खेदिएको; लखेटिएको।
7639 खेदुवा वि. २. धपाइएको; लघारिएको।
7640 खेदेपाइलो ना. १. पाइलो पनि टिक्न नदिने खालको खेदो; पाइलापाइलामा खेदो खन्ने काम।
7641 खेदेपाइलो ना. २. बस्न वा टिक्न नहुने गरी पाइलैपिच्छे गरिने निन्दा वा अहित कार्य।
7642 खेदो ना. १. कुनै कारणले वा कारणविना पनि कसैको चियोचर्चो गर्दै बस्नटिक्न नदिने प्रयास; ईर्ष्या वा शत्रुतावश अरूको जरोकिलो मास्न खोज्ने कामकुरो ; खोइरो; उछित्तो ; टोकसो।
7643 खेदो ना. २. सिकार; अहिरो।
7644 खेप्नु स.क्रि. १. कुनै मालसामान पटक पटक गरी ओसारपसार गर्नु; खेप गर्नु।
7645 खेप्नु स.क्रि. २. निर्वाह गर्नु, गुजरान गर्नु, धान्नु थेग्नु।
7646 खेप ना. १. एक पटकमा खेपेर वा बोकेर लगिने मालसामान।
7647 खेप ना. २. त्यस्तो मालसामान ओसारपसार गर्दाको पटक।
7648 खेप ना. ३. व्यापार आदिको यात्रा।
7649 खेप ना. ४. पटक; पल्ट; बाजि; चोटि।
7650 खेपुवा वि. १. पटक पटक गर्दै ओसारिएको; खेप हालेको वा खेप हाल्ने।