Dictionary

All Word

7651 खेपुवा वि. २. खेप्ने स्वभावको; ओसार्ने।
7652 खेपुवा वि. ३. खेप गरेर जीविका चलाउने (व्यक्ति)।
7653 खेमा ना. अस्थायी तवरले बनाइने प्रायः बाक्लो कपडा आदिको झुप्रो; शिविर; पाल।
7654 खेर्नु क.क्रि. केरकार गर्नु, केर्नु।
7655 खेर क्रि.वि. बरबाद; बिगार; नाश; हानि (खेर जानु, खेर फाल्नु, खेर हाल्नु इ.)।
7656 खेर ना. यो. समयमा छिनमा; बेलामा; बखतमा।
7657 खेर ना. यो. (उदा.- ऊ कतिखेर गयो ?)।
7658 खेराइ ना. खेर्ने भाव, क्रिया वा प्रक्रिया।
7659 खेराइनु क.क्रि. खेर्न लाइनु, केराइनु।
7660 खेराउनु प्रे. क्रि. खेर्न लाउनु, केराउनु।
7661 खेरि क्रि.वि. समयमा बेलामा; बखतमा।
7662 खेरि क्रि.वि. (उदा.- उसले यहाँ आउँदाखेरि मलाई भेट्यो )।
7663 खेल्नु स.क्रि. १. धन लगाएर वा नलगाईकन हारजितको बाजीमा सम्मिलित हुनु; तासजुवा आदिको खेलमा सामेल हुनु।
7664 खेल्नु स.क्रि. २. मन बहलाउन, व्यायाम गर्न वा समय बिताउनका निम्ति कुनै खेलबाडमा भाग लिनु, राष्ट्रिय वा अन्तरराष्ट्रिय आदि खेलप्रतियोगितामा सामेल हुनु।
7665 खेल्नु स.क्रि. (उदा.- यस वर्षको फुटबल प्रतियोगितामा विदेशबाट पनि केही टिम फुटबल खेल्न आउँदै छन्)।
7666 खेल्नु स.क्रि. ३. नाटक आदिमा अभिनय गर्नु, नाचतमासा गर्नु।
7667 खेल्नु स.क्रि. ४. व्यापारमा पैसा लगाउनु, उद्योगव्यवसायमा धन खर्च गर्नु।
7668 खेल्नु स.क्रि. अ.क्रि. ५. मनमा शब्द, विचार आदिको तर्कवितर्क उब्जनु; भएनभएका कुरा मनमा उब्जनु।
7669 खेल्नु स.क्रि. ६. आफूभन्दा बलियोसँग जुध्नु।
7670 खेल्नु स.क्रि. (उदा.- ऊ बाघसँग खेलिरहेको छ)।
7671 खेल्नु स.क्रि. ७. हावाले हाँगा, पात आदि हल्लनु।
7672 खेल्नु स.क्रि. ८. हर्ष आदिले मन प्रसन्न हुनु।
7673 खेल्नु स.क्रि. ९. साना बालकहरू कुनै वस्तु, विचार वा चालमा एक्लै वा सामूहिक रूपमा अलमलिनु।
7674 खेल ना. १. मन बहलाउन वा दिन काट्नका निम्ति गरिने काम; मनोविनोद; खेलबाड, क्रीडा।
7675 खेल ना. २. व्यायामका लागि गरिने कामकुरो ( कपर्दीको खेल, भकुन्डोको खेल इ.)।
7676 खेल ना. ३. धन कमाउन गरिने मनोरञ्जनपूर्ण काम; तमासा ( जादुको खेल)।
7677 खेल ना. ४. लीला।
7678 खेल ना. ५. चालबाजी; पेच।
7679 खेल ना. ६. अति सजिलो वा तुच्छ काम।
7680 खेल ना. ७. विचित्र वा अद्भुत काम (भाग्यको खेल, दैवी खेल)।
7681 खेल ना. ८. जाल; झेल।
7682 खेलकुद ना. मन बहलाउन वा व्यायामका निम्ति खेल्ने वा कुद्ने काम; खेल; क्रीडा।
7683 खेलखाल ना. १. षड्यन्त्र; जालझेल; छलकपट।
7684 खेलखाल ना. २. तन्त्रमन्त्रपूर्वकको मारण, मोहन, उच्चाटन आदि अभिचारबाट हुने बाधा।
7685 खेलखाल ना. ३. चुक्लीचाक्ली; करनी; छेडपेच।
7686 खेलबहाड/बाड ना. १. सामान्य खेल वा क्रीडाका रूपमा गरिने काम; खेलाँची; ख्यालख्याल ख्यालठट्टा।
7687 खेलबहाड/बाड ना. २. दिल बहलाउने काम; मनोविनोद।
7688 खेलबहाड/बाड ना. ३. बेवास्ता; हेलचेक्य्राइँ।
7689 खेलबाडी ना. खेलबाड गर्ने; खेलाडी।
7690 खेलाँची ना. १. कुनै काम कुरो गम्भीरतासाथ नलिने चाल; ख्यालख्याल; ख्यालठट्टा।
7691 खेलाँची ना. २. हेलचेक्य्राइँ |
7692 खेला ना. १. क्रीडा; खेल।
7693 खेला ना. २. रङ्गमञ्चमा प्रदर्शित गरिने कुनै खेल (नाच, नाटक, चलचित्र इ.)।
7694 खेला ना. ३. जादु, टुना।
7695 खेलाइ ना. खेल्ने भाव, क्रिया वा प्रक्रिया।
7696 खेलाइनु क.क्रि. खेल्न लाइन, नचाइनु।
7697 खेलाउनु प्रे. क्रि. १. नाटक आदिमा अभिनय गराउनु; नचाउनु; नाच्न लाउनु।
7698 खेलाउनु प्रे. क्रि. २. खेल्न लाउनु।
7699 खेलाउनु प्रे. क्रि. ३. कसैलाई त्रस्त वा दुःखी पार्नु।
7700 खेलाडी वि . १. सधैँ वा बराबर खेलिरहने; खेलकुदमा रुचि भएको; खेल्ने बानी भएको।