Dictionary

All Word

8201 गँवार वि. २. शिष्टता नजानेको; असभ्य; मूर्ख।
8202 गँवैया वि. गाउँमा बस्ने; गाउँले; ग्रामीण।
8203 गँसाइ ना. गाँस्ने भाव, क्रिया वा प्रक्रिया।
8204 गँसाइनु क.क्रि. गाँस्न लाइनु।
8205 गँसाउनु प्रे.क्रि. गाँस्न लाउनु।
8206 गँसुवा वि. दुइटा जोडिएको; गाँसिएको।
8207 गँसोट ना. १. गाँसिएको स्थिति वा अवस्था; गाँस।
8208 गँसोट ना. २. गाँस्ने प्रक्रिया।
8209 गँसोट ना. ३. गाँसिएको ठाउँ।
8210 गइँनेनी ना. गाएर जीवन निर्वाह गर्ने जातकी आइमाई; गाइने जातकी स्त्री; गाइनेकी पत्नी।
8211 गइनु अ.क्रि. काम हुनु, जाइनु।
8212 गउँत ना. १. गाईको मूत, गोमूत्र।
8213 गउँत ना. २. चोखीनितीका निम्ति खाइने गाईको मु।
8214 गउँते वि. १. गउँतको जस्तै रङ भएको; गउँतका स्वादको।
8215 गउँते वि. २.सड्न थालेको।
8216 गउँत्याइ ना. गउँत्याउने काम वा किसिम।
8217 गउँत्याइनु क.क्रि. गाईबाछीद्वारा मूत्रत्याग गरिनु।
8218 गउँत्याउनु स.क्रि. गाईले गउँत दिनु, गाईले मुत्नु।
8219 गकार ना. देवनागरी वर्णमालाको तेस्रो व्यञ्जनवर्ण; 'ग' अक्षर।
8220 गगन ना. १. आकाश, नभ, अन्तरिक्ष।
8221 गगन ना. २. शून्य।
8222 गगनचर ना. १. आकाशमार्गबाट आवतजावत गर्ने देवता।
8223 गगनचर ना. २. ग्रह (तारा, नक्षत्र इ.)।
8224 गगनचर ना. ३. पक्षी |
8225 गगनचर ना. वि. ४. आकाशमा विचरण गर्ने; आकाशमार्गले हिँड्ने।
8226 गगनचारी वि. आकाशमा हिँड्ने; गगनचर।
8227 गगनचुम्बी वि. आकाशसम्म पुगे झैँ देखिने; अति अग्लो; आकाश छुने।
8228 गगनधूलि ना. १. आकाशमा उड्ने वा तुवाँलोका रूपमा व्याप्त हुने मसिनु धुलो।
8229 गगनधूलि ना. २. केतकीको फूल फक्रिँदा परागको रूपमा उड्ने धुलो; केतकी पराग।
8230 गगनभेदी वि. आकाशलाई भेदन गर्ने वा चिर्ने; आकाशभेदी; ठुलो र चर्को (शब्द वा स्वर)।
8231 गगनविहारी वि. गगनचारी (चन्द्र, सूर्य, पक्षी)।
8232 गगनसिंह ना. वि. सं. १९०३ मा रहस्यमय ढङ्गले हत्या गरिएका एक भारदार।
8233 गगनस्पर्शी वि. आकाशमा छुन पुग्ने; आकाश छुने; गगनचुम्बी।
8234 गगल ना. धुलोमैलो, घामको प्रखर किरण आदिबाट आँखा जोगाउन लगाइने कालो, निलो आदि रङको चस्मा।
8235 गग्रेटो ना. पानीका भरी गाग्रा राख्न बनाइएको ठाउँ; गाग्रो राख्ने आट वा टाँड।
8236 गङटो ना. हिँड्नका लागि आठवटा खुट्टा हुने र च्याप्न र आफ्नो रक्षा गर्नका लागि दुईवटा सुँडजस्ता काँडादार अङ्ग हुने, पानीका छेउछाउका काप र ढाँडहरूमा बस्ने जलजीवी प्राणी।
8237 गङ्गा ना. १. हिमालय (गङ्गोत्री) - बाट निस्की दक्षिण-पूर्वी कोणतिर बग्दै गएर बगोपसागरमा मिल्ने, हिन्दूहरूको पवित्र जलाशय र पितृमुक्तिको प्रतीक मानिएको भारतवर्षको प्रसिद्ध एक नदी; पुराणअनुसार सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथ राजाले तपस्याद्वारा पृथ्वीमा ल्याइएको भनी प्रख्यात भएको नदी; भागीरथी; जाह्नवी।
8238 गङ्गा ना. २. षड्चक्रको अभ्यास गर्ने योगसाधकको समाधि अवस्थामा प्रयोग हुने नाडी; ईडानाडी।
8239 गङ्गाजमुना ना. १. महाभारत वा अन्य पुराणले र भारतवर्षको प्राचीन इतिहासले चर्चा गर्दै आएका, पुण्यका स्रोत मानिने, प्रयागमा मिलेका दुई नदी; गङ्गा र जमुना नदी; पाण्डवहरूको तीर्थयात्रामा चर्चित गङ्गा र कृष्णको कालीयदमनमा चर्चित नदी।
8240 गङ्गाजमुना ना. २. कुनै पनि जुम्ल्याही दिदीबहिनी (नाम राख्ने चलनअनुसार)।
8241 गङ्गाजमुनी ना. १. नित्यकर्म तथा पूजाआजामा पानी चढाउन प्रयोग गरिने, तामो, पित्तल आदि धातु मिसाएर बनाइएको (जलपात्र)।
8242 गङ्गाजमुनी ना. २. पित्तल वा ढलोट र फलाम गाँसी सितारमा जड्नका लागि बनाइएको पर्दा।
8243 गङ्गाजल ना. गङ्गा नदीको पानी; भागीरथीको जल (प्रायः देव-पितृकार्यमा प्रयोग गरिने वा स्वच्छता, पवित्रता र निर्मलताको सङ्केत दिने अर्थमा, उदा.- गङ्गाजलले सूर्यलाई अर्घ। - उखान)।
8244 गङ्गा दशहरा ना. ज्येष्ठ शुक्ल प्रतिपदादेखि आरम्भ भई नियमित रूपमा स्नान गरी दशमीका दिन पापविमोचनका निम्ति हुने उत्सव ; दशहरास्नानको समापन समारोह; दशहरा।
8245 गङ्गाद्वार ना. गङ्गा नदीले पहाडको बाटो छिचोली तराई प्रवेश गर्न लागेका ठाउँमा पर्ने तीर्थ; हरिद्वार।
8246 गङ्गाधर ना. शिरमा गङ्गाको वेग वहन गर्ने महादेव, शिव।
8247 गङ्गापुत्र ना. १. शन्तनु तथा गङ्गाका छोरा ; भीष्म।
8248 गङ्गापुत्र ना. २. गङ्गातटमा बसेर दान-दक्षिणा लिने ब्राह्मण; पण्डा।
8249 गङ्गामाटी ना. गङ्गा नदीका स्पर्शले बराबर पखालेर पवित्र बनाइएको माटो; नदीका तटको माटो।
8250 गङ्गायात्रा ना. १. मरण निश्चय भइसकेपछि बिरामीलाई जिउँदै घाटमा लैजाने काम।